मातृभूमि फर्कन चाहने नेपालीलाई नेपाल सरकारले पहल गराेस्

-माया उपाध्याय
‘मातृभूमि फर्कन चाहने नागरिकलाई सुरक्षित तरिकाले देश प्रवेश गराउने कुरामा ढिलाई नगरी सरकारले पहल गर्नुपर्ने देखिन्छ ।
कोभिड-१९ का कारणले विश्वभर गरिएको लकडाउनले विदेशमा रहेका नेपालीको अवस्था संकटमा पर्दै गएकाे छ ।
विश्वका विभिन्न देशमा अलपत्र कैयौं नेपालीको अवस्था नाजुक बन्दै गएको,कतिपयले अकालमै ज्यान गुमाउँनु परेको छ त कतिपयले आफ्नो मातृभूमि फर्कन नपाएकोमा पिडाले गर्दा आत्महत्या गरि संसार छोड्न बाध्य भएका छन्।
विदेशमा छरिएर रहेका धेरै नेपालीको अवस्था दयनीय रहेको र उनिहरु नेपाल आउँन चाहेको कुरा विभिन्न पत्रपत्रिका,अनलाईन खवर,उनीहरूले लेखेका स्टाटस र उनिहरुका चित्कारहरुबाट स्पष्ट देख्न सकिन्छ।भनिन्छ दु:ख पर्दा त हो मानिसलाई सहयोग तथा आफ्नाको साथ चाहिने।हो यतिबेला साथ नेपाल सरकारको चाहिएको छ।यस्तो परिस्थितिमा सबैलाई आफ्नो माटोमा टेक्ने इच्छा हुनु स्वभाविकै हो। समस्या परेको बेलामा समस्याको समाधान खोजेर नागरिकको साथमा सहकार्य गर्नको लागि सरकसरी पहल हुन सकेको खण्डमा धेरै नेपाल आमाका सन्तानको आशु पुछिने छ।
यसमा सरकारले मात्रै गर्नुपर्छ होइन।सरकारको साथमा नागरिकको भुमिका पक्कै पनि अमूल्य रहनेछ। कोभिड-१९ को बारेमा भइरहेका विभिन्न खोज तथा अनुसन्धानलाई हेर्ने हो भने कोरोना भाईरस:संक्रमणको दोस्रो लहर झन खतरनाक हुनसक्ने अमेरीकि विज्ञको चेतावनी रहेको छ।उनका अनुसार” आगामी जाडो याममा भाईरसले गर्ने आक्रमण हालै हामीले बेहोरेको भन्दा अझ चुनौतीपूर्ण हुनसक्छ।”(साभार usnepalpost)
नेपालले पनि आफ्नो देशलाई कसरी सुरक्षित राख्ने भन्ने कुरामा ध्यान दिई गरिब,असहाय तथा निमुखा वर्गका जनताको समस्यालाई अग्रपंक्तिमा राखि आउँने दिन तथा महिनाहरुका चुनौतीसँग सामना गर्ने तयारी गरि राख्ने पो होकि।
यस्ता कुराहरुमा उच्च पदस्थ व्यक्तिहरुको ध्यान जान सकेको खण्डमा चुनौतीहरुको सामना गर्न केही सहज हुनसक्ने देखिन्छ। केही राहत बाँडेर फोटो खिची हाइलाइट हुनेको कमि छैन् यहाँ। म त चाहान्छु विश्भर छरिएर रहेका देश वासीको चित्कारलाई सुनी व्यवस्थित तरिकाले तिव्र गतिमा फर्काई देऊ सरकार! अब यो भन्दा बढी संकटमा पर्नुबाट बचाई देऊ सरकार। केही छैन् आधा-आधा पेट खाएर बसौंला,जे छ बाँडेर खाँउला,मिलेर बसौंला।ती पनि त नेपाल आमाकै सन्तान हुन्।अब देशभरका प्रत्येक वाडमा विदेश हुनेको डाटा संकलन गरि टोल-टोलमा क्वारेन्टाइनको व्यवस्था गरि त्यहीँ ठाँउको नागरिकको जिम्मामा रेखदेखको व्यवस्था मिलाई फर्कन चाहाने नागरिकलाई सुरक्षित तरिकाले देश प्रवेश गराउने कुरामा सरकारले ढिलाई नगरी पहल गर्नुपर्ने देखिन्छ।यो महामारी अझ बढ्दै जाँदाको स्थिति झन भन्दा झन जटिल बन्न सक्छ।त्यसैले समयमै सोचविचार गरेर काम गर्नुपर्ने देखिन्छ।हुन त समय धेरै धर्कि सकेको छ।अझै पनि लागि परेमा धेरै नेपाल आमाका सन्तानले आफ्नो माटोमा टेक्न पाउँने छन्। आफ्नो माटोमा पाईला टेक्ने साथ आधा बिमारी त्यसै ठीक हुनेछन्। भीत्रि ऊर्जाले धेरैलाई शकति दिनेछ।
त्यसैले प्रत्येक गाँउगाँउमा क्वारेन्टाइन,स्वच्छ प्राकृतिक वातावरण,आफ्नै ठाँउका जडिबुटी,आफ्नो भुमिको ममता र परिवारको समिप।यति भएपछि सजिलै कोरोनालाई जित्नेछन् ती हाम्रा दाजुभाइ तथा दिदीबहिनीले ।