भिजेका यी परेली’ (कविता)
-माया उपाध्याय
बाध्यता हो विदेशीनु माया आफ्नै देशको, झल्को सधैं यी नयनमा आफ्नै भाषा भेषको।
अन्तिम स्वासको पर्खाइसम्म आमाको नै यादमा, प्रत्येक पलमा मुर्छित हुन्छु कोही छैनन् साथमा।
विश्वभरी लाखौं जनता लगिसक्यो आमा, बढीराछन बिरामी यहाँ छैन केही काम।
गर्न पाईन तिम्लाई केही पछुतो भो सधैं, भिजेका यी परेलीलाई पुछ्दै हिड्छु अझै।
विषै सरी किन यस्तो झनझन बढ्दै गाछ, सदगुणको विनाशसँगै अनेक द:ख आछ।
गनिएका राष्ट्र पनि निराश हुँदै चुप छन्, विनाशका हुँदा रैछन अनेक थरी रुप झन्।
आउँन मन छ मातृभूमि बिचलित हुन्छौं, लास हेर्दै टाढैबाट डाको छोड्दै रुन्छौं।
अस्तव्यस्त बन्यो जीवन पोलि रहन्छ छाती, खुशि हुन्थ्यौँ टेक्न पाए आफ्नै माटो माथि।
विदेशीको मर्म बुझ्ने कहिले होला सरकार, स्वदेशमा टेक्न पाए गर्थौँ अनेक प्रकार।
चाहिदैन भो सुखसयल मिठा-मिठा पक्वान, भिजेका यी परेलीलाई सुकाउन पाऊ भगवान।