-सपना अधिकारी

 

-निराश भएको मान्छेलाई कस्तो व्यवहार गर्ने त ?…………. तपाईंको जीवनमा उसको महत्वपूर्ण स्थान छ भन्ने आभास दिलाउनुहोस् ।

-उसले आफ्नो मनको कुरा तपाईंसंग खोल्न सक्छ र तपाईंले उसका निजी कुराहरुलाई बाहिर आउन दिनुहुनेछैन भन्नेमा उसलाई विश्वस्त पार्नुहोस्।

-उसले गरेका कुराहरुलाई मन नपरे पनि सुनिदिनुपर्छ र उसले कुरा सकेपछि मात्र सम्झाउनुपर्छ ।

-ऊ जुन कुरा लिएर तनावमा छ, त्योसंग मिल्दो जुल्दो आफ्नो अथवा आफ्नो साथीको अनुभव सुनाउनुपर्छ ।

-त्यो समस्याबाट आफू वा आफ्नो साथी कसरि निस्किएको थियो भन्ने कुरालाई लिएर सुझाव दिनुपर्छ ।

-उसको भविष्य उज्ज्वल छ भन्ने आभाष दिलाउन उसका प्रतिभा वा क्षमताहरुको चर्चा गर्नुपर्छ ।

-राम्रा चलचित्र हेर्न सुझाव दिन सकिन्छ , त्यसमा हाँस्यव्यंग विधा भयो भने अझ राम्रो हुन्छ ।

-सफल व्यक्तिहरुका असफलता र संघर्षका कथाहरु भएको स्रोत पढ्नको लागि दिन सक्नुहुन्छ ।

-उसलाई यदि रुन मन लागिरहेको छ भने धक फुकाएर तपाईंको अगाडी रुन दिनुहोस् ।

-उसलाई समस्या पर्दा तपाईं उसको साथमा हुनुहुनेछ भन्ने कुरामा उसलाई विश्वस्त पार्नुहोस् ।

-उसलाई एक्लै नछोड्नुहोस् । भेटघाट या कुनै कार्यक्रममा लैजानुहोस् । घुम्न लैजाने, खेल्ने आदि गर्नुहोस् ।

-समय मिल्छ भने कुनै वृद्धाश्रम, अनाथ बालबालिका भएको ठाउँमा उसलाई लिएर जानुहोस् ।

-यदि ऊ निराशाबाट निस्किएन भने मनोवैज्ञानिककहाँ परामर्शको लागि लैजानुहोस् ।

खुसी हुने काईदा

हामीहरु आफुलाई अरु भन्दा गरिब, दुखि, दिनहिन तथा रोगी सम्झन्छौ । आफु संग केही छैन भनेर सधैं चिन्तित हुन्छौ । यो जिवनलाई बोझ सम्झन्छौं । कतिपयलाई समय बिताउन पनि गारो परि रहेको हुन्छ । तर बास्तबिकता यो भन्दा अलि भिन्दै छ ।हामी कति धनी र शक्तिसाली छौं भने हामीसंग संसार हेर्ने दुईवटा आंखा छन् । के यि आंखाहरु कुनै मान्छेले पांच पांच करोड तिरेर  माग्न आयो भने दिन तयार हुन्छौ त हामी ? पक्कै पनि दिदैनौ । भनेपछि हामी त करोडौं मुल्य यानी अमुल्य बस्तुको मालिक बनिसकेछौं। यसमा हामी कीन खुसी नहुने ?त्यस्तै हाम्रf दुई हात, दुई खुट्टा ,दुई कान ,  हाम्रो बोल्न सक्ने क्षमता  प्रत्येक चिजहरु भगवानका अमुल्य देन हुन  । हाम्रो शरीरनै अमुल्य छ । यस्तो अमुल्य चिज पाएका हामी किन दुखी भएर बस्नु । यही चिजमा खुसी भएर बसियो भने हामी सन्सारका सबैभन्दा धनी ब्यक्ति बन्न सक्छौं !!

आत्महत्या   ——जब कसैको दिमागमा युरो केमिकलNorepinephrine, dopamine  र serotonin , glutamate, Asparate, GABA, Glycine, Acetylcholine लगायत अन्य धेरै Neurotransmitters हरु कम छन् वा कहिलेकाँही धेरै आवस्यकता भएको बेलामा यी केमिकलहरु उत्पादन नहुने र उत्पादन भएपनि भनेको जस्तो काम गरेनन् भने यतिबेला उसलाई भावनात्मक सर्पोट गर्ने र बाटो देखाउने कोही भएनन भने, मानसिक पीडा यति हुन्छ कि, उसले थेग्नै सक्तैन । अनि आफ्नो ज्यान अन्त्य गरिदिए आफूलाई पनि पीडा नहुने र अनि अरुले पनि सुख पाउने जस्तो लाग्छ अनि आफ्नो जीवन अन्त गरिदिन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected