राष्ट्रियता , मनिषा कोइराला, र गैर आवासीय नेपालीहरु

कुमार जंग कार्की ,
अमेरिका-भारत द्वारा अतिक्रमित भू -भाग समेटेर तयार पारिएको नया नक्सा सार्बजनिक गरे संगै नेपाल लगायत बिस्वभर छरिएर रहेका नेपालीहरु माझ एक प्रकारको तरंग फैलिएको छ । अधिकांस नेपालीहरुले यसलाई सरकारको साकारात्मक तथा साहसी कदमको रुपमा लिएका छन् भने केहिले यसको ब्यबहारिकता माथि प्रस्न समेत उठाएका छन् । प्रस्न उठ्नु जायज पनि छ किनकि देश भित्रै नक्सा जारी गर्नु र जारी गरिएको नक्सालाइ विश्व भर मान्य बनाउनु वा भनौ छिमेकिहरुलाई समेत स्वीकार गर्न लगाई यसको ब्यबहारिक पुस्टि गर्नु यी नितान्त फरक कुराहरु हुन् । सरकार पहिलो चरणमा खरो उत्रिएको छ अब हेरौ बाकी चरण कसरि पुरा गर्दछ । यो मामालामा नेपालीहरु औधी हौसिनु को अर्को मुख्य कारण यस भन्दा अगाडीका प्राय जसो सबै सरकारहरु अतिक्रमित भूभागका सन्दर्भमा भारत सामु लाचार र लम्पसार पर्दै आइरहेका थिए तर एति बेला दृश्य फेरिएको छ, नेपाल सरकार देखिने गरि त्यस बिरुद्ध आगाडी आएको छ।
नेपालले नया नक्सा जारी गरे संगै सबै भन्दा बढी तनाबमा छ भारत । त्यसको प्रभाब स्वरुप भारतीय मिडिया हरु एकोहोरो रुपमा नेपाल विरुद्ध मोर्चा कसेर लागि परेका छन् । भारतीय मिडिया हरुको एउटा बिशेषता छ , विदेश नीतिमा यिनी हरु सधै सरकारको साथ रहन्छन । यति बेला प्राय सबै जसो भारतीय मिडिया हरुको ध्यान खिचेको छ नेपाली मुलकी बलिवूड अभिनेत्री मनीषा कोइरालाको एउटा ट्युइट्ले । गत सोमबार नेपाल सरकारका परराष्ट्र मन्त्रि प्रदिप ग्यावलीले एक ट्युइट् गरि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय गरिएको तथा आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्ने जनाएका थिए । सोहि ट्युइट् लाइ सेयर गर्दै अभिनेत्री मनीषा कोइरालाले नेपाल जस्तो सानो राष्ट्रको गरिमा लाइ कायम राखेकोमा नेपाल सरकार लाई धन्यबाद दिदै तिन राष्ट्र बीच सम्मानित र सान्तिपूर्ण बार्ता को अपेक्षा गरेको बताएकी थिइन् । उनले चिन को नाम उल्लेख नगरिकनै तिन महान देश भनेर नेपाल भारत संगै चिन लाई पनि जोडेकी थिइन् ।
मनीषा कोइरालाको यो ट्युइट्ले आहिले पुरा भारत हल्लाई रहेको छ । भारतका अधिकांस ठुला मिडिया हाउस हरुले यसलाई कभर न्युज बनएका छन् । भारतका मिडिया हरुमा मनीषा कोइराला खोइरो खनिएको छ । भारत को खाएर चिन को गित गाएको जस्ता तुच्छ शब्द हरु प्रयोग गरि मान मर्दन गर्ने कार्य गरिएको छ । उनले आफ्नो रास्ट्रियताका लागि दसकौको मेहनतले आर्जेको स्टारडमलाई दाउमा राखी दिएकी छन् । यी तिनै मनीषा कोइराला हुन् जो लामो समय देखि प्रबाशमा वा भनौ भारतमा रहेर आफ्नो कलाको माध्यमबाट नेपाल र नेपालीको शिर उचो बनाउदै आएकी थिइन् । लामो समय देश बाहिर रहेका कारण धेरै नेपाली हरु उनि नेपाली हुन् भन्ने कुरा नै बिर्सिसकेका थिए वा सम्झिन चाहेका थिएनन । तर उनले एतिबेला आफु नेपाली रहेको र नेपाललाई अझै माया गर्ने प्रमाण यसरी प्रस्तुत गरिन कि नेपालको इतिहासमा अब कसैले उनको राष्ट्रियता माथि प्रश्न उठाउने ठाउँ भेट्ने छैनन् ।
नेपालले जारि गरेको नया नक्सा संगै विदेशमा रहेका लाखौ नेपालीहरुमा पनि एक प्रकारको तरंग छाएको छ । अतिक्रमित नेपाली भुमि तत्काल फिर्ता नआए पनि यसलाई नेपालले अन्तरास्ट्रिय सरोकारको बिषय बनाएकोमा नेपाली हरु धेरै खुसि छन् । आज नभए भोलि अबश्य नेपाली जमिन फिर्ता आउछ भन्ने कुरामा उनीहरु बिस्वस्त छन्। यो प्रक्रियामा नेपाल सरकारलाई सहयोग गर्न विदेशमा रहेका लाखौ गैर आवासीय नेपाली हरु तम्तयार अबस्थामा छन् । भोलि अन्तरास्ट्रिय नियोग हरुमा दबाब दिन होस् वा आफु हरु बसोबाश गरिरहेको देश को समर्थन लिन तत तत देशमा रहेका नेपाली हरु हर हालत मा चुक्ने छैनन् । जसरी चाहे भुकम्प को बेला गैर आवासीय नेपाली हरुले देखाएको सक्रियता र सहयोग होस् वा नाकाबन्दीको बेला अन्तरास्ट्रिय स्तरमा उठाएको आवाज होस् त्येसरीनै नेपालका लागि आवाज उठाउन वा भनौ आवश्यकपरे नेपालको राष्ट्रियताका खातिर आफ्ना उपलब्धिहरुलाई समेत दाउमा राखी आवाज उठाउन लाखौ मनीषा कोइरालाहरु तयार छन् । किनकी यी छातीमा देश त्यति नै दुख्छ जति नेपालमा रहेका नेपालीका छातीमा दुख्छ । इति