‘ईतिहासमा पहिलो नाम लेखायो’
-माया उपाध्याय
त्यहाँको जस्तो बस्ती होइन छुट्टै छ यहाँ तर, नौ दिनको बच्चा एक्लै छोडि रुँदैछु धरधर। कहाँ आए,कुन ठाँउ आए देख्दिन कोही पनि, छट्पटीन्छु खोज्दै हिड्छु खोई त बच्चा भनी। नौ महिना कोखमा कोपिला फुल फुलाउँने रहरमा, लक डाउनको प्रभा नगरी बस्यौं खुशिले शहरमा। अमूल्य चिनो मुटुको टुक्रा चुटाई टाढा बनयो मलाई, रहेनन् मलामी थिएनन् आफ्ना सर्छ रोग भनि टाढीन्छन डराई। युद्ध त्यो कठिन सुत्केरी शरीर सामर्थ्य गलेको, रोइ रहे म हस्पिटल भित्र कस्ले देख्यो यो मुटु जलेको। भौतिक जगतमा विशाल सृष्टि ईश्वरकै हातमा, आध्यात्मिक बन्नु ठुलो भई तिमी लिन हुनु बाबाको साथमा। थियोकि कतै प्रभुकै इच्छा बनाउने टाढा मुटुलाई छुटाइ, कोपिला फुल्छ कसरी अब स्तनपान लुटाइ। जन्म जननी ममताको घाउ स्तनपान बिनाको, सृष्टिको निजी नियतकाल पनि छ दोष त्यहीँ दिनको। चेतना भो जब आँखा खुल्दा सुन्दर कोपिला देखायो, कोरोनाले मृत्यु नौ दिने सुत्केरी नेपालको इतिहासमै पहिलो नाम लेखायो।