कुमार जंग कार्की

जनसंख्याको हिसाबले विश्वको दोस्रो ठुलो राष्ट्र अनि भौगोलिक मापनमा विश्वको सातौ ठुलो देश भारत, आज एउटा ठुलो तनाब र हिनता बाट गुज्री रहेको छ । चिन पछि विश्वको सबैभन्दा धेरै सैन्य शक्ति भएको आणविक हतियारले सुसज्जित मंगल ग्रह ताक्ने बिशाल मुलुक एउटा क्षेत्रफल को हिसाबले विश्व को ९२ औ स्थानमा रहेको सानो तर स्वतन्त्र छिमेकि देशका कारण विश्वमा नै लज्जित र लाचारको अबस्थामा छ । विश्व सक्त्तिराष्ट्रको होड मा अगाडी बढिरहेको भारतलाइ यति बेला नेपालीको स्वाभिमानले नराम्रो संग हल्लाई दिएको छ ।

नेपालले भारत द्वारा अतिक्रमित लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको आफ्नो भुमि समेटी नया नक्सा जारी गरे संगै ब्रिटिस हेराल्ड पत्रिकाद्वारा २०१९ मा विश्वको सक्तिशाली नेता घोसित भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी उर्फ नरेन्द्र मोदीको हैसियत विश्व सामु उदांगिएको छ । अमेरिकाका रास्ट्रपति डोनाल्ड ट्रंप संग काध मा काध मिलाएर हिड्ने हैसियत राख्ने मोदी लाई छिमेकि नेपालका प्रधानमन्त्रि के पी शर्मा वली ले भने पिठ्यु फर्काएर देखाई दिएका छन् । यतिबेला उनि न त नेपालले मेरो भुमि मिच्यो वा अतिक्रमण गर्यो भनेर अन्तरास्ट्रिय स्तरमा आवाज उठाउन सक्ने अवस्थामा नै छन न त बर्सौ देखि अतिक्रमण गरेर राखेको नेपालको भू भाग सजिलै फिर्ता दिन सक्ने अबस्थामा नै छन् । यसो गर्दा नेपाल जस्तो भूगोलको हिसाबले आफु भन्दा करिब २२ गुना सानो राज्यले आफुलाई चुनौती दिएको बिषय महाशक्त्ति राष्ट्रको होडमा अगाडी बढीरहेको भारतका लागि घोर लज्जा को बिषय बन्नेछ ।

त्येसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला आफ्नो लाचारपन र कुटनैतिक असफलतालाई लुकाउन जबर्जस्ति चिन को नाम यो मामला मा घुसाई रहेका छन् । आफ्ना पकेट का केहि उदण्ड पत्रकार र मिडिया हरुको आडमा चीनको उक्साहटमा नेपालले यो सब गरिरहेको, नेपाल एक्लैले यो आट गर्न नसक्ने , नेपालले मात्र आफुहरुलाई चुनौती दिन नसक्ने , चीनले नेपालको काँध मा बन्दुक राखेर आफुहरु माथि प्रहार गरेको जस्ता कपोकल्पित तथा मनगडन्ते रिपोर्ट हरु बजाउन लगाई एका तर्फ भारतीय जनता को आँखामा छारो हाल्न खोजि रहेका छन् भने अर्का तर्फ उनीहरु माझ नेपाल र नेपाली प्रति घृणा पैदा गराई आफ्नो कुटनैतिक असफलतालाई छोप्न खोज्दै छन् । भारतीय मिडिया हरुपनि उनैको इसारामा तथ्य र प्रमाणका आधारमा भन्दा पनि भारतीयहरुको चिन बिरोधि फ्याक्टर लाई क्याच गरि बिषयलाई स्थानान्तरण गर्न खोज्दै छन् , त्येसैले त कहिले कलाकार हरुका ट्वीट् त कहिले नेपाली प्रधानमन्त्रिले संसद मा गरेको कोरोना सम्बन्धि टिप्पणीलाई मुख्य बिषय बस्तु बनाएर घन्टौ बहस चलाई रहेका छन् । यति मात्र होइन मोदी कहिले भारतीय मिडिया हरुमा सैनिक बल र क्षमता को तुलना गर्न लगाई नेपाली जनतामा डर पैदा गराउने असफल प्रयाश गरिरहेका छन् भने कहिले आफ्ना तलुवा चाट्ने नेपाली भेषका केहि भारतीय एजेन्ट हरु मार्फत नेपाल मा पनि सदन र सडक बाट नेपालको साहसिक कदमको बिरोध गर्न लगाई रहेका छन् । तर ढिलो चाडो दुवै देशका जनता हरुले मोदी को यो चतुर्येता लाई अबस्य बुज्ने छन् ।

नरेन्द्र मोदी साच्चिकै आफुलाई विश्वकै सबैभन्दा कुशल नेता प्रमाणित गर्न चाहन्छन र भारतलाई विश्व मानचित्रमा आगाडी देख्न चाहन्छन भने उनको लागि नेपालले एउटा सुनौलो अवसर दिएको छ । यदी यो सिमा विवादलाई मोदी कुटनैतिक रुपमा समाधान गर्न सफल भए भने उनलाई विश्वले मान्ने छ । नेपालले नया नक्सामा समेटेको भू भाग नेपालकै हो भन्ने कुरा मोदी लाई राम्रो संग थाहा छ किनकी विश्व इतिहासको ज्ञान राख्ने मोदी नेपाल भारत सिमा को इतिहास बाट अनबिज्ञ होलान यो कल्पना गर्न सकिदैन । नेपालले आफ्नो नया नक्सा जारी गरिसकेको छ अब स्वाभिमानी नेपाली जनताका माझ जो कुनै प्रधानमन्त्रि आए पनि यो नक्सा परिबर्तन गरि आफ्नो सम्पूर्ण राजनैतिक बभिश्य दाउ मा लगाउन सक्ने आट गर्ने देखिदैन । र यो बिबादलाई अन्तराष्ट्रिय स्तरमा लागे पनि पल्ला नेपालकै भारी देखिने हुदा अब दुवै देशले विन विन को महसुश गर्ने गरि समाधान निकाल्ने चुनौती मोदी सामु छ हेरौ यसमा उनि कत्तिको सफल हुनेछन अन्यथा यस घटना क्रमले उनको कार्यकालमा उनले गरेका राम्रा कार्य हरुलाई पनि ओझेलमा पारिदिनेछ । आगे मोदिजी कि इछ्या । इति

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected