शनिबार बिहानै उठेर तिमीलाई भेट्ने समय कुरेर बसि रहे।                   तर पहिला तिमीलाई लिन जाँदा मरणासन्न हुने गरी कुटिएका ति पलहरु सम्झे!  मनमा एक किसिमका उतार चढाव हुरी बतास जस्तै तिम्रै यादमा वर्षिय नयनबाट झरी। तिम्रो प्रेममा अन्धो भएको म एक प्रकारको साहास बटुल्ने प्रयास गरें।तिमीलाई मेरी बेहुली बनाउने,मेरी आमाकि बुहारी बनाउने।                                        तिमीलाई बेहुली बनाउने रहर मनमा बोकि फेरी त्यहीँ कोरोनाको कहरले म बस्ने गरेको क्वारेन्टाइनमा पुगे र मनमनै सोंचे क्वारेन्टाइनमा सारा मानवजाती मात्रै कहाँ हो र?   कोरोनाकै कारण भएको अघोषित लक डाउनले मेरो प्रेम पनि त क्वारेन्टाइनमै छ।                             क्वारेन्टाइनबाटै तिमीलाई खोजि रहनु मेरो बानी भई सकेको थियो।       हरेक पलपलमा। दिनहरू उस्तै थिए लकडाउन। तर जे सुकै होस् भनी तिमीलाई फोन गरी तिम्रो अनुमतिमा आमासँग झुट बोली काफल खान जान्छु भनी शनिबार थाहा थियो मलाई तिम्रो घरमा पहिला-पहिला जाँदा पाएको यातना।

त्यसैले यो पाली एक्लै नजाने निर्णय गरी साथीहरूको साथ लिई तिम्रो घर तर्फ लम्किए। धेरै पटक सुनेको,देखेको र भोगेका ति यातनाहरू!बिडम्बना तिम्रो घरको आँगन टेक्न नपाउँदै मेरो अस्मिता माथी खेलवाड गरियो,मेरो जातको धज्जी उडाईयो,म र मेरा साथीहरू माथी एउटा पशुलाई गर्ने भन्दा पनि क्रुर र अमानवीय व्यवहार गरियो।म र मेरो निश्चल प्रेमलाई मृत्युको मुखमा उभ्याइयो।तर म मेरो प्रेमको लागि आफ्नो भौतिक शरीरलाई बलिदान दिँदासम्म तिमी आउने बाटो हेरी रहे! म मेरो साँचो मायामा कायर पनि बन्न सकिन।  हुन त तिम्रो पनि बाध्यता थियो होला।तिमीलाई मेरो नजिक आउन नदिन घर भित्रै बन्दी बनाएर सबैले घेरेर राखेका थिए होलान्। तिमीलाई अझै पनि  अन्तिम प्रश्न छोडेर जान चाहे त्यो बन्धनलाई तोडेर मेरो मुख हेर्न किन आईनौं,मेरो साँचो मायालाई  किन बुझ्ने कोसिस गरीनौं सदा सदाको लागि तिमीलाई यहीँ गुनासो छोडेर अस्ताउन बाध्य यदि तिमीले साँचो माया गरेकि थियौं भने किन मसँग मर्न राजि भइनौँ कि कतै तिमी पनि …………………        

मेरो भेटमा सधैं मुस्कुराउने तिम्रो नजर एक पटक पनि मेरो अगाडि देखाइनौंकिन?तिमीले त माया गर्छेउ गर्दिनौँ मलाई थाहा छैन।                                     आखिर हाम्रो प्रेमको बिन्दु कहि न कहि मिल्न गएको थियो होलार त हामी यति लामो समयसम्म हाम्रो प्रेमको डोरि कसिलो बनाएर राख्न सफल भएका थियौं।हो हामी दुई जनाको गल्ती थियो होला।हामी बुझेर वा नबुझेर सानै उमेरमा प्रेममा बाँधिन पुग्यौं।                                 यदि हाम्रो उमेर परिपक्व हुँदो हो त आज मेरी आमाले आफ्नो काख सदाका लागि रित्याउँनु पर्ने थिएन,मेरा बाबाको साहारा गुम्ने थिएन,मेरा बहिनीहरुको माइती सकिने थिएन,तिम्रो मुस्कान रोकिने थिएन र हाम्रो हुर्कदै गरेको चिनो गर्भे टुहुरो पक्कै  हुने थिएन्।                     बिधीको बिडम्बना पनि बिचीत्रको हँदो रहेछ।तिमीलाई माया गर्ने हुँदा आमासँग सधैं टाढिने प्रयास गरें! आमाले दिएका ति अमृत रुपि अर्तिलाई सधैं तितो माने।कति सम्झाउने गर्नुहुन्थ्यो मेरी आमाले उमेर भएको छैन,सानै छौं,राम्रोसँग पढेर ठूलो मान्छे बन्नुपर्छ।

उस्को र हाम्रो जात मिल्दैन।यदि बिबाह नै गर्ने भए पनि दुई परिवार  आमाको बचनको पालना गरेको भए सबै कुरा बिस्तारै ठीक पनि हुने थियो होला। हो मैले कहिल्यै आमा-बाबाको मर्यादाको ख्याल गरीन।सधैं आमा-बाबाको चित्त मात्रै दुखाइ दिए।आखिर कस्को लागि?   आमा-बाबाको मर्यादा राखेर सल्लाह अनुसार अगाडि बढेको भए।किन म संसार बुझ्न नपाउँदै यश धर्तिबाट कहिल्यै नफर्कने गरी बिदाई  मेरो कारणले गर्दा ति निर्दोष साथीहरूले समेत अकालमा ज्यान गुमाउन पर्ने थिएन होला। बाँचेका पनि घाईते!                                    आखिर साथीले भनेको नमानी एक पटक आफ्नो परिवारसँग सल्लाह गरेर अगाडि बढेका भए।पक्कै म पनि एक्लै जाने आँट गर्ने थिएन होला।मैले पनि आमासँग एकपटक सहि बोलेर सोधेको भए।केही बुद्धिले काम गरेको भए।यो जन्म यत्तिकै सकिने थिएन होला।              एकातिर कोरोनाको महामारीको कारण विश्व नै आकुलव्याकुल भएको बेला।दुई महिना देखीको लक डाउन।अनुशासनको ख्याल नगरी।अर्कातिर नियमको उल्लंघन।  

आवेसमा आँउदाको परिणाम मेरी आमाको आँखामा जीवनभर नटुट्ने गरी आशु उपहार दिएर सदाको लागि यस् धर्तिबाट बिदाई भएकोछु।  बिचरा साथीहरुले साथ दिनु पनि अनर्थ देखियो यहाँ।मैले सहयोग नमागेको भए ति निर्दोष साथीहरू त गुम्ने थिएनन्।गुमे पनि म एक्लै गुम्ने थिए।  हाम्रो चढ्दो उमेर,उम्लिएको रगत यो उमेरै यस्तै।तर तिम्रा आमा-बाबा त उमेरले हामी भन्दा धेरै परिपक्व अनि ठूलो जात भनिने माथिल्लो वर्गका,शिक्षित मान्छे।उहाँहरुसँग त ज्ञान हुनु पर्ने।राम्रो तरिकाले सम्झाउन पनि त सक्नु हुन्थ्यो होला नि! आखिर तिम्रो माया लाग्ने तिम्रा आमा-बाबालाई म पनि कसैको सन्तान हुँ,मलाई पनि नौ महिना गर्भमा राखेर आमाले नै जन्माएकि हुन भन्ने कुरा किन थाहा भएन उहाँहरुलाई?                          

के मेरी आमाले आफ्नो सन्तानलाई कसैले मारेर फालेको हेर्ने हिम्मत गर्न सक्लिन त!    ठूलो मान्छे बन्ने आमालाई सुखि बनाउने,तिमीलाई सजाउँने मेरा सारा सपनाहरू जातीय अपमानसँगै मानवीय संवेदनाला नदिमा बगाईएको छ।    

निष्पक्ष मायामा तड्पि-तड्पि प्राण त्याग्नुपर्ने कस्तो निष्कपट मायामा फस्न पुगेछु।जस्को लागि प्राण त्याग्नु पर्यो उसैलाई एक नजरसम्म अन्तिंममा देख्न सकिन। मेरो साँचो मायाको बदलामा धेरै गिध्दहरुले शिकार गरेका छन्।चिथोरेर रक्ताम्य भएको घाउ,ढुङ्गाका चोटले छिया-छिया बनेको शरीर लास बनी पाप पखाल्ने बहानामा भेरी नदिमा फालिएकोछु म। हावासँगै ठीङ्ग उभिएर मन्द मुस्कान सहित त्यतै कतै टोलाई रहेको भेटेर मनमनै प्रश्न गरें प्रिय तिमी किन मेरो काल बनेर आयौं?  तिमीले त याद गर्छेउ गर्दिनौँ!मलाई थाहा छैन ।तर म त तिम्रै यादमा छट्पटी-छट्पटी अस्ताई सके! चिताको त्यो धुवाकाे  मूस्लोसँगै आकाशतिर तिमी भन्दा माथिल्लो जातको भईसकेकोछु।अब त मलाई सानो जात भन्नेहरुले चाहेर पनि छुन सक्ने छैनन्।   दाउराको थुप्रोले पुरेर जलाउँदैछन मलाई । आगोको कालो मूस्लो बनेर आकाशमा उडिरहेको छु।तिमी भन्दा धेरै माथी उडिरहेको छु म।अब ताराहरुको बिचबाट चिहाउँनेछु सधैं तिमीलाई।अँध्यरी रातमा पनि तिम्रै वरिपरि हुनेछु।सुटुक्क बाहिर निस्केर हेर्नु ल प्रिय।                                   अब त ठूलो मान्छे बनी सकेको छु।बिबाह गर्न जाँदा जातीय छुवाछूतको कारण मारिने सच्चा प्रेमि भनेर इतिहासमा नाम लेखाउने भएको छु।हाम्रो प्रेमको प्रकाश सधैं उज्यालो राख्ने मेरो अनुभूति सलामा सजिएको आज।           

   सुनेको थिए मदन भण्डारीलाई गाडिबाट खोलामा फालिएको थियो,मेरो देशका प्यारा राजारानीको वंश एकै रातमा सखाप पारिएको थियो र देखेको थिए निर्मला बहिनीलाई बलत्कार गरी मारेको।   खै तिनीहरूले त अहिलेसम्म न्याय पाएका छैनन्।मेरो नाम अब भेरी नदिसँगै जोडिएर आँउने भएको छ।के अब मलाई न्याय दिलाई मेरी आमाको आशुमा थोरै भए पनि सितलता प्रदान मेरो चिता नजिकै वेहोसिमा ढलेकि मेरी आमालाई उठाउँला त सरकारले!  मेरो चिता नजिकै रोएका ती बहिनीहरुका आशुले   उठेर सम्हालिने कोसिस गर्नुस मेरी आमा हजूरले भनेको नमान्दा दाउराको भिडमा थिचीएकोछु।म आएर हजुरलाई उठाउन नसक्ने भएकोछु।आफै उठ्ने प्रयास गर्नुस मेरी आमा!     आखिर जस्को लागि यो चितामा पुगे उस्लाई अन्तिममा एकपटक देख्ने धोको सदाका लागि अधुरो राखि।    हजुरलाई धेरै चोट दिएर बिदाई हुँदै छु आमा।हजुरले भनेको मानेको भए आज न म यो अबस्थामा हुन्थे न त हजुरलाई यसरी छिनछिनमा छोराको यादमा,छोरो खोज्दै मुर्छित हुँदै छोराको यादमा अलापविलाप गर्नु पर्थ्यो।न त पलपलमा छोराको पिडाले छट्पटाउनु पर्थ्यो।  मलाई माफ गरी दिनुस आमा चाहेर पनि म बाँच्न सकिन।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected