अमेरिकामा रंगभेद र सय बर्षपछि ब्युतिएको आन्दोलन

जुलाई २७ , १९१९ सिकागोमा एक १७ बर्षिय अस्वेत किशोरलाइ नदि तटमा कथित गोरा जतिको क्षेत्रमा प्रवेश गरि नियम उलंघन गरेको आरोपमा गोरा युवाहरुको समुहले ढुंगा मुढा प्रहार गरेपछि उनको मिचिगन ताल मा डुबेर मृत्यु भएको थियो । प्रतक्ष्यदर्शी हरुको बयानका बाबजुद घटनामा संलग्न गोरा जातिका युवाहरुलाई प्रहरीले पक्रन अस्विकार गरे पछि सो को बिरोधमा जुलाई २७ देखि सुरुभएको आन्दोलन अगस्त ३ सम्म चलेको थियो । करिब साता ब्यापी चलेको आन्दोलनमा १५ जना गोरा तथा २३ जना अस्वेत नागरिकको ज्यान गएको थियो । करिब ५०० भन्दा बढी घाइते भएको आन्दोलनमा करिब १००० अस्वेत नागरिकहरुले आफ्नो घरबार समेत गुमाएका थिय । अमेरिकी इतिहासमा सो आन्दोलनलाई सिकागो जातीय दंगा १९१९ (Chicago race riot of 1919 ) भनेर चिनिन्छ । त्यस लगत्तै देशका विभिन्न भाग हरुमा फैलेको आन्दोलनमा परी सयौ मानिस हरुको मृत्यु भयो भने हजारौ घाइते भए । तत्कालिन अबस्थामा बिशेष गरि गोरा जतिको समुहले अस्वेत जातिहरु माथि सांघातिक आक्रमण गरेका थिए भने केहि स्थान हरुमा अस्वेतहरुले पनि त्यसको प्रतिकार गरेका थिए । उक्त्त रक्त्तपात पूर्ण घटना लाई अमेरिकामा “रेड समर ओफ १९१९” ( “Red Summer” of 1919 ) भनिन्छ ।
सो घटनाको १०१ बर्ष पछि अमेरिका पुन उस्तै प्रकारको आन्दोलनमा जलिरहेको छ । अस्वेत नागरिकहरु माथि रंगका आधारमा गरिएको विभेदको ज्वालामुखी यति खेर आएर पुन एक पटक बिस्फोट भएको छ । गत मे २५ मा अमेरिकाको मिनोसोटा राज्यको मिनेयापोलिसमा पुलिसले पक्राउ गर्ने क्रममा प्रहरी नियेंत्रणमा ४६ बर्षिय अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु भए पछि सुरु भएको रंगभेद बिरुद्धको आन्दोलन पुन उत्कर्षमा पुगेको छ । भिडियो हरुमा देखिए अनुसार पक्राउ गर्ने क्रममा दुइ जना प्रहरीले उनको सरिरमा र एक जना प्रहरीले उनको घाटीमा आफ्नो घुडाले थिचेको देख्न सकिन्छ भने उनले पटक पटक आफुले स्वास फेर्न नसकेको र आफुलाई छोडी दिन याचना गरिरहेका छन् । पर्दशनकारी उनि अश्वेत नागरिक भएकै कारण प्रहरी ज्यादतीमा मारिएको र घटनाका दोषी लाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने र यस्ता विभेद जन्य क्रियाकलाप सदाको लागि अन्त्य हुनु पर्ने उनीहरुको माग छ ।
घटना लगत्तै मिनेयापोलिस प्रहरी विभागले घटनामा संलग्न सबै चार जना प्रहरी लाई निलम्बन गरेको थियो भने पछि पर्दशन बढे संगै घटनाका मुख्य ओरोपी डेरेक चाउवीन लाई तेस्रो तहको हत्या अभियोगमा मुद्दा दर्ता गरि अन्य तिन प्रहरीको निलम्बनलाई यथाबत राखेको थियो । तर पछि आन्दोलन झन् चर्किदै गए पछि पर्दशनकारी हरुको माग बमोजिम मुख्य ओरोपी डेरेक चाउवीन लाई दोस्रो तहको हत्या र सहयोगी जे एलेक्जेन्डर, तो थायो र थोमस लेनलाई तेस्रो तहको हत्या अभियोगमा मुद्दा दर्ता गरिएको छ । तथापी पर्दशनकारी हरुले दैनिक रुपमा अमेरिकाका प्राय जसो सबै जसो साना ठुला सहरहरुमा पर्दशन जारी राखेका छन् । बिरोधमा उत्रिने अस्वेत नागरिकहरुलाई भोलि आफ्नो हालत जर्ज फ्लोयडको को जस्तै हुने हो कि भन्ने चिन्ता छ भने केहीलाई आज आफु हरु चुप लगेर बसे भोलि आफ्ना सन्तति हरुले यसको चर्को मुल्य चुकाउनु पर्ने बिश्वास छ त्यस्तै समानता मुलक अमेरिकाको पक्षमा रहेका हजारौ गैर अस्वेत हरु पनि आन्दोलनमा प्रतक्ष्य सरिक छन् भने करोडौले उनीहरुलाई नैतिक समर्थक गरि रहेका छन् । तर हालैका दिन हरुमा पर्दशनले हिंसात्मक रुप समेत लिन थालेको छ । कति पय सहर हरुमा बिरोध संगै आगजनी तथा लुटपाट समेत सुरु भएका छन् जुन राम्रो संकेत हैन ।
१७७६ मा स्वतन्त्र अमेरिका घोषणा हुनु भन्दा आगाडी नै अर्थात् अगष्ट १६१९ (जेम्स टाउन; भर्जिनिया तत्कालिन ब्रिटिश कोलोनी ) मा नै अमेरिकी माटोमा आएका / ल्याईएका अस्वेत अमेरिकन नागरिक हरुलाई आज ४०० बर्ष पछि पनि उनीहरुको रंग को आधारमा विभेद हुनु त्यो पनि विश्वमा मानब अधिकारको वकालत गर्ने अमेरिकी माटोमा , यो पक्कै सामान्य र स्वीकार्य हुनै सक्तैन । ४२ मिलियन जनसंख्या सहित देशको १३ प्रतिसत हिस्सा ओगटेका नागरिक हरुलाई अझै पनि १७ औ सताब्दी कै झैँ गरि दास कै रुपमा हेरिनु २१ औ सताब्दीमा सोभनीय छैन । तथांक अनुसार २०१३ देखि २०१९ सम्म ७६६६ मानिस हरुको प्रहरी धरपकडमा मृत्यु भएको थियो भने त्यसमा गोरा जातीको तुलनामा अस्वेतको संख्या २.५ प्रतिसत ले बढी रहेको देखाएको छ । फेब्रुवरी २०१२ मा मारिएका जर्ज जिम्मरम्यान देखि सुरु भएको The Black Lives Matter आन्दोलन मे २०२० मा जर्ज फ्लोयड सम्म आइपुगेको छ । यो बिच मा पनि दर्जनौ पटक उस्तै प्रकारका घटना र आन्दोलन दोहोरि सकेका छन् तर पनि घटना घट्न रोकिएको छैन । आशा गरौ यो अन्तिम लडाई हुनेछ सबै खाले विभेदका बिरुद्ध । किनकी “इनफ इज इनफ” । इति