सिमा सुरक्षा र नेपाली सेनाको आधुनिकीकरण
यतिबेला हाम्रो सिमा अतिक्रमणको विषय सामाजिक संजाल, सडक र सदन सबै तिर एकै पटक उठिरहेको छ यो सिमा विवाद नयाँ भने होइन सुगौली संन्धी देखी यता विभिन्न चरणमा इन्डियाले नेपाली भुमि ७१ ठाउँमा अतिक्रमण गरेको छ भने मुख्य चर्चामा यतिबेला लिम्पियाधुरा, कालापानी, लिपुलेक रहेको छ । भारतले हाम्रो ६० हजार ६ सय ६२ हेक्टर जमिन अतिक्रमणमा गरिसकेको तथ्यांक सिमाविदहरुले सार्वजनिक गर्दै आउनु भएको छ तसर्थ अब हामीले वास्तविक रूपमा कुटनैतिक रूपमा सिमा विवादलाइ अन्तिम टुंगो लगाएर सिमानामा काडेतार नलगाउदा सम्म सिमानामा सैन्य क्याम्प खडा गरेर हाम्रो भुमिको रक्षा गर्नुपर्दछ र यसको निम्ति सबैभन्दा पहिलो नेपाली सेनाको आधुनिकीकरण गर्न आवश्यक छ । भारतले बिस्तारवादी निति बमोजिम एक पछि अर्को गर्दै सिमानामा नेपाली भुमी चेपिरहेको छ । त्यो एकदमै गलत छ पंचसिल सिधान्त र अन्तर्राष्ट्रिय मान्यता विपरीत छ आम नेपालीको माग र चाहाना छ अब सिमानामा पर्खाल लगाइनु पर्छ। सेना सुरक्षा तैनाथ गरिनु पर्छ। हो हामी नेपालीले चाहयो भने जे पनि गर्न सक्छौ । तर पनि सरकारको कमि कमजोरीका कारण हामी नेपालीहरु यस्ता कुरामा पछि परिरहेका छौ । हो हामी भनी रहेका छौ, हरेक सिमानामा सेनाको सुरक्षा बल तैनाथ गरेर सुरक्षा दिनु पर्छ भनेर । तर हाम्रो सरकार यति स्वार्थी छ कि गर्न सक्ने काम नगरी टुलुतटुलु हेर्दै मौन बस्न रुचाउछ । कानमा तेल हालेर बस्न रुचाउछ । यसैले यो हाम्रो लागी विडम्बनाको कुरा हो ।
अहिले नेपालमा नेपाली सेना जुन अवस्थामा हिडिराखेका छन् त्यो तरिकाले कहिले पनि नेपालको सिमा सुरक्षा यति सजिलै गर्न सक्दैन । पहिलेको बाइसे चौबीसे राज्यको पालाको सिपाही जस्तो अहिले पनि लगभग त्यहि अवस्थामा रहिरहेको नेपाल सेनाले कसरी हरेक परिस्थिति सँग लडेर अघि बढ्न सक्छ ? यो गम्भीर विषय हो सेनालाई हरेक कुरामा मजबुत बनाउन समयको बिकास क्रम सगै सेना र त्यस भित्रका नियमलाई पनि परिवर्तन गर्न अति जरुरी देखिन्छ। किन भने पहिला पहिला हाम्रा पुर्खाहरुले खुकुरी, तरबार, भाला, बन्दुक को भरमा इतिहास रचेका थिए । किनकि त्यो बेला अंग्रेज़हरुको पनि आधुनिक हतियार विकसित भएको थिएन । त्यसैले हामीले अङ्ग्रेजहरुलाई सजिलै परास्त गर्न सक्थेउ तर अहिले त्यो युगको अन्त भइ सक्दा पनि हामी अझै त्यहि पुराना उपकरण प्रयोग गर्दै आइरहेका छौ । उता नेपाल बाहेक लगभग सबै देशहरू पहिले नै धेरै शक्तिशाली भइसकेको छ। उनीहरुले पहिले नै अत्याधिक आधुनिककरण आणबिक हात हतियार निर्माण गरिसकेका छन् । देशको सेवा र सुरक्षाको लागि उनीहरु सँग चाहिने सबै आधुनिकी उपकरण प्रसस्त रुपमा निर्माण गरिसकेका छन् । जस्तै एटम बम, अणु बम, फाइटर जेट, फाइटर विमान, फाइटर रोबर्ट, फाइटर रकेट, फाइटर मिसाइल, विभिन्न टेक्नोलोजि कम्प्युटर बाट युद्ध गर्छन् । उनिहरु आफ्नो देशमा जस्तो सुकै अवस्था आइपरे पनि परिस्थिति सङै लड्न सक्छन् । त्यसैले नेपालमा पनि यस्ता चिजहरुको आधुनिकीकरण हुन अति आवश्यक छ । अब ति पहिलाको चिजलाइ परिमार्जन गरि नयाँ युग सँँग संगै आधुनिकीकरण अनिवार्य सर्त हुन आउछ । किनकि हाम्रो सानो देशलाई अँखा लागाउने धेरै छन् । कतिखेर नेपालमा के आइपर्छ थाहै हुँदैन ।
अब नेपाली सेनामा पनि विभिन्न किसिमको हातहतियार जस्तै आधुनिकीकरण फाइटर जेट, फाइटर विमान, फाइटर रकेट, फाइटर मिसाइल जस्ता आणविक हतियार खरिद गरिनु पर्छ । सानो देश भएनी बिश्वमा तहल्का मच्चाउने गरि शक्तिशाली बनाउनु पर्छ । जस्तै उत्तर कोरिया, पाकिस्तान, इजरायल, इटाली जस्ता साना देशले पनि बिश्वलाई च्यालेन्ज गरिरहेको छ । त्यसैले हाम्रो देश पनि तेस्तै किसिमको हुन जरुरी देखिन्छ । नेपाली सेनाहरु पनि त्यस्तै खालको हरेक उपकरणहरु बाट हरेक कुरामा पोख्त हुन जरुरी छ । नेपाली सेनालाई पनि अरु देशको सेनालाई जस्तो सुबिधा दिई ब्यवसायीक बनाउनु पर्दछ । नेपाली सेना आर्थिक हिसाबले कमजोरी भएकाले सर्बप्रथम उनीहरुलाई आर्थिक रूपमा बलियो बनाउनु पर्दछ । विभिन्न मात्रामा आधुनिक उपकरणहरुमा पोख्त गराउनु पर्दछ । उनीहरुको परिवारलाई उचित सम्मानको साथ सेवा सुबिधा दिनु पर्दछ । आधुनिक सैन्य तालीम लाइ प्राथमिकता दिनुपर्छ ।नेपाली सेनालाई पहिला आफू सक्षम हुन अति जरुरी छ । जस्तै अरु देशको सेनाको तुलनामा नेपाली सेना अत्यन्त कमजोर छ। उनीहरु सँग न आधुनिक हतियार छ न उनीहरुलाई पुग्ने गरि सेवा सुबिधा तलब छ । जसको कारण उनीहरुले आफ्नो सानो तिनो समस्याहरु पनि समाधान गर्न सकिरहेको हुदैन । हाम्रो देशको तुलनामा अन्य देशमा आर्मी सेनाहरुलाई त्यहाँका सरकारले राम्रो तलब देखि लिएर हरेक कुरामा सुबिधा सम्पन्न गराउछ। जसको कारण उनिहरु पनि अर्थिक र मानसिक रुपमा मजबुत हुन्छन् । तर नेपाली सेना आर्मीहरुको थोरै तलब अनि सुबिधा केही नपाउदा उनीहरुको मनोबलमा कसरी बिकास हुन्छ ? यी विविध कारणले गर्दा नेपाली सेनाले चाहेर पनि केही राम्रो गर्न सकिरहेको छैन। त्यसकारण नेपाली सेना बिश्वमा शक्तिशाली हुन यी सबै समस्या समाधान गर्न अत्यावश्यक भएको छ । यस्को कार्यान्वयन हुन अति जरुरी छ ।
अहिलेको अवस्था अरु देशले दिएको पुरानो एस एल आर, इन्सास, एल एम जि, एस एम जि, मेसिनगन र एके फोट्टी सेभेनकाे भरमा सिमानामा गएर दुश्मन सँग लड्नु पर्ने अवस्था छ तर यस्तो पुरानो हतियारको भरमा हाम्रो सिमा सुरक्षा गर्न असम्भव छ । अब हामीले चाइना, अमेरिका, बेल्जियम, रुस, उत्तर कोरिया जस्ता देशहरू बाट आधुनिक हातहतियार खरिद गरि जुन सुकै बेला पनि हाम्रो भुमिको रक्षाको निम्ति जस्तो पनि अवस्थाको सामना गर्न तयार हुने अवस्थामा आफू सक्षम हुनु पर्छ । त्यसैले सरकारले यता तिर ध्यान दिन अति आवश्यक छ । अब सरकारले सेनाको आधुनिकीकरण गर्न पर्याप्त मात्रामा बजेट विनियोजन गर्नु पर्छ । सधै अरुको भर परेर हुदैन। नेपाली सधै कहिले अरुको सामु नझुक्ने वीर स्वाभिमानी हुनु पर्छ । यसको निम्ति आर्थिक, राजनीतिक, कुटनैतिक, सैन्य हिसाबले मजबुत हुन अनिवार्य छ । यो नेपाल सरकार र नेपाली सेनाले यो बारेमा ध्यान केन्द्रित हुन अती आवश्यक छ ।