अहिले म,
फोटो अल्बम पल्टाईरहेको छु
अतित तिर हेरिरहेको छु
प्रत्येक पाना संगै
स्मृतिका पानाहरु पल्टिन्छन
एउटा फुच्चे उभिन्छ
एउटा पानामा
सर्ट-प्यान्ट लगाएर स्कूल जान लागेको छ
अनुहारमा डर मंडारिरहेको छ
अनि त्यो तस्विर संगै
मानस पटलमा राखिएका
अर्को अल्बमका पानाहरु पल्टिन थाल्छन
हेड सर अनि
गणित, अंग्रेजी, चित्रकला, पि.टि सरहरू
पाले दाइ र ढोकामा नून-खुर्सानी लगाएको काँक्रो बेच्ने दिदी
उनीहरुका अनुहार र व्यवहारहरु
सोध्छु आफैंलाई
कहाँ होलान ती अनुहारहरु ?
म संग जवाफ छैन
भन्लान अरुहरु-
“धेरै त् मरिसके होलान ”
“त्यस्तो सोचेर कोहि बस्छ ?”
“तिनीहरुलाई सम्झेर काम चल्छ ?”
जव म अतितमा हराउन खोज्छु
अल्बम र स्मृतिका पन्नाहरुमा
हराउन खोज्छु एउटा महासागरमा
बिताउन खोज्छु समय
हराएकाआफ्ना प्रियजनको संगतमा
चर्का चर्का आवाजहरु आउँछ बर्तमानमा
“न जा त्यहाँ, डुब्छस, फर्कि हाल”
“जिन्दगी पछि हेरेर चल्दैन”
बिर्सिदे अतित, बर्तमानमा बाँच”
“जिन्दगी त्यसरि चल्छ? मनस्थिति ठिक छ ?”
आजका यी बर्तमान र भविष्य
मलाई थाहा छ
फर्केर अतितमा गईहाल्छन
अतित संग तर्सिएर भाग्नेहरु
आफैं एक दिन अतित हुन्छन
अतितका आफ्ना प्रियजनहरु संग भाग्न खोज्ने हरु
अतित तिर हेरेर रमाउन नसक्ने, सिक्न नसक्ने हरु
शाहस गर आफ्नो अतित संग साक्षात्कार गर्न
सिकेर अतीतबाट
माया-दया, करुणा, सहृदयता
सुन्दर बनाउ आफ्नो बर्तमान र भविस्य
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...