के को राष्ट्रवाद किन राष्ट्रबादी !

अब त मलाई राष्ट्र भक्तिको कुनै शब्द उच्चारण गर्न पनि जागर मरेर आउछ।
म राष्ट्रबादी हु भन्न पनि संकोच नै लाग्छ।
के को राष्ट्रवाद? अनि हामी किन राष्ट्रवादी हुने?
खाली यहि दलेहरुलाइ देशको ढुकुटीमा हालीमुहाली गर्न मेरो रास्ट्र- मेरो राष्ट्र भन्दै पागल जस्तो भएर पूरा जिन्दगी बैरागी बनेर सिध्याउनु पर्ने?
एउटा दुइटा मात्रै होला भनेको त सबै दलेहरु उस्तै रहेछन्। सबै उस्तै स्वार्थी अनि अपराधी संस्कारि भएका दलेहरु। यिनिहरुमा मानवता र देश प्रेम भन्ने कुरा त एकरत्ति पनि रहेनछ। यिनिहरुको राष्ट्रवाद भन्ने हुइया त फगत हामीलाई भावनामा डुवाएर उनीहरुको ब्याभिचारी राजनैतिक संस्कारको अन्धभक्त बनाउने निति पो रहेछ। यदि यिनिहरु साच्चिकै राष्ट्रवादी नै थिए भने यिनिहरुले देखाउने कयौ व्यबहारबाट हामी किन कन्भिन्स हुन सकेनौं त? के तपाई कन्भिन्स हुनु भयो र? म त पटक्कै छैन। यिनिहरुको केही काम गराइमा पनि चित्त बुझ्ने अवस्था कहिँ भेटिएको छैन।
अनि यतिबेला केको जिमखाना? के को कार्पेट चेन्ज? अनि के के के के……
लकडाउनको निहुमा जनतालाई गाउबाट गाडिको डिकिमा हालेर काठमाडौ ल्याएको खसीकुखुरालाइ जस्तो सकस गराइ गराइ ढोका थुनेर आत्महत्या गराउन बाध्य पार्ने? यस्ता पागल राजनितिग्य तथा दिमाग र मानवता भन्ने कत्ति पनि नभएका यी निकम्मा तथा पुतली सरकारलाई के भन्ने? र यिनिहरुबाट हामीले के चै आशा गर्ने? तपाईहरु अझै यी फटाहाहरुको भावनामा डुबेर जन्जिर जिवनलाइ रमाइलो मान्नु हुन्छ भने मेरो भन्नू केही छैन।
त्यसैले साथीहरू! अझै पनि मेरो देश, मेरो देश भनेर प्राण त्यतिकै फ्याक्ने काम नगरौ। यस्ता निकम्मा, अपराधी अनि पुतलीहरुलाइ साथ दिएर आफ्नो जिन्दगीलाई दिशाविहिन नपारौ। यिनिहरुले त देशलाई ठेग्दारी गरे जसरी चलाइरहेछ। जनताको अवस्था कति दयनीय भएको छ। अनि खान नपाएर दैनिक कति नागरिकले भटाभट आत्महत्या गर्दैछ। यस्तो बिकराल अवस्थामा पहिला जनताको जिउधनको सुरक्षामा विशेष ध्यान दिने हो की आफ्नै मनमौजिका काम र नक्कली बिकासका ठुलो ठुलो सपना देखाएर रोग र भोकले ठाडै सुकाएर मार्ने? अब यस्ता दिमाग नभएको, अपराधी मनोवृत्तिका निकम्मा तथा पुतली सरकार तथा नेताहरुलाइ हामीले नबुझुन्जेल सम्म त साथ दियौ तर अब पटक्कै नदिउ। यिनिहरुको राजनीतिमा कुसंस्कार देख्दा त बरु हामी र हाम्रा सन्ततिको भबिस्य शान्त, समृद्धि र उज्ज्वल हुन्छ भने जुनसुकै राष्ट्रका जुनसुकै ठेग्दार भए पनि केहि फरक नपर्ने पो देखियो। आखिर यिनिहरु पनि त राष्ट्रवादको बिल्ला भिरेका ठेग्दार नै त रहेछन्। यिनिहरुलाइ जनताको भन्दा आफ्नो, आफ्नाको र आशेपासे, झोले, बलेहरुको मनमौजिमा देश देखि बिदेशसम्मका नागरिकले आफ्नो खुन, पसिना सुकाएर तिरेका राजस्व र रेमिटेन्स मात्र हैन विभिन्न राष्ट्रबाट पाएको रिनको समेत दुरुपयोग हुँदैछ।
अनि अझै पनि हामी मुख थुनेर ट्वाल्ल हेरि मात्र रहने? कि उठेर एक्सनमा पनि जाने?
त्यसैले, अव यो देशमा राष्ट्रवादी मात्र कहलिएर हामीले अझै कतिऔ युगसम्म यस्तै अन्यौल, अत्याचार, गरिबी र लाचारमा बाच्नु पर्ने हो भबिस्यबाणीको आन्कलन गर्न पनि सकिन्न।
यदि साच्चै तपाइँलाई राष्ट्रको अत्ति माया लाग्छ भने उठौ अब नया राजनीतिक संस्कार बनाऔं वा रुढी संस्कारको अपरेसन गरौ। नत्र तपाइँको त जिन्दगी यस्तैमा चल्यो मित्र, तर तपाइको सन्ततिहरुको भविस्य झन झन बिकराल बिकराल हुनेछ….
आजकाल त जय देश पनि भन्न मन लाग्न छोड्यो।