आशाको किरण (अनुभूति)

हरेक दिन बिहानपख सुर्य उदाउँछ । सुर्य उदाँएसँगै घामका किरणहरु झुल्किन थाल्छन । पिपलले जमिन फटाएर आफ्नो अस्तित्व देखाएझैँ अनि पानीले मुल फुटाएर बाहिर निस्किएझैँ हो त्यसैगरि झुल्किन्छन आशाको किरणहरु ।
जीन्दगी असलमा चलचित्रको कहानी जस्तो हुँदोरहेछ । जतिनै शृंखला बनाउन चाह्यो बनाइरहन सक्ने, यता तान्यो उता तान्यो लम्बाईरहन सक्ने या भनु आँखालाई नै धोका दिन सक्ने । साच्चै जीन्दगी आँखामा भ्रम छर्दै अन्योलता छर्न सिपालु हुने रैछ । खै कसरी परिभाषित गरु यसलाई म ।
विदेशबाट फर्किएपछि हरेक छुट्टीमा म पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने गरेको छु । मेरो आँखा अगाडी एउटा तस्विर आयो । उनि हुन् आशा । असारको ११ गते, उनको जन्मदिन हो । मलाई त सम्झना छ । संयोग नै मान्नुपर्छ, धेरै वर्षपछि उनको र मेरो भेट भयो । मन्दिरमा फुल र प्रसादी किन्ने बेला देखा देख भयो । मैले चिनेको आशा, मैले देखेको आशा, सबैको आशा हुन् । यो कुरा चाँही म ठोकुवाका साथ भन्न सक्छु । नाम जस्तै उनको पहिचान पनि सबैको लागि सम्झनलायक छन । उनको गुनगान न गाउने सायद कोहि भेटिदैनन होला । हल्का काली होची कदकि, कालो कपाल अनि सर्लक्क मिलेको शरीर । रुपको मात्र होइन उनको खुबि पनि प्रसंशालायक छन । बच्चादेखि नाच्न सिपालु , कथा कविता लेखिरहने । म त बच्चैदेखि परिचित थिए । हाम्रो भेटघाट नभएको पनि धेरै धेरै वर्ष भएको रहेछ । विद्यालयमा पढ्दा चिनेको देखेको मान्छे फेरि विचमा हामी देखिएनौ । अकल झुकल क्याम्पस पढ्दा ताका उनलाई देखेको थिए । हामी विच प्रत्यक्ष भेटघाट हुन चाँहि पाएको थिएन । पछि म विदेश लागे । हामी देखिन छोडेउ । बच्चामा धेरै लुकिमारी खेल खेलियो । सायद सजिलो खेल भएर होला या रमाइलो भएर नै हो मलाई यो खेल खुब मनपर्थ्यो । ठुलो हुँदासम्म पनि लुकिमारी खेलेकोझैँ भान परिरहन्छ । को कोसँग भागेको हो, को कोसँग लुकिरहेको हो ? वास्तवमा यो एउटा शंकास्पद चलचित्रको काहानी भन्दा फरक नहोला ।
सम्बन्धहरु पनि कस्ता कस्ता हुन्छन है । कुनै सम्बन्धहरु सजिलै बन्छन अनि सजिलै टुट्छन । कतिपय सम्बन्धरु भुल्नको लागि बन्दोरहेनछ । मैले चाहेको भए उनलाई भुल्थे होला तर, खै मैले त भुलेको रैनछु । किन ? मसँग यसको जवाफ नै छैन । उनको बोल्ने तरिका, उनको हिड्ने चाला, उनको आनिबानी खै उस्तै छन केहि परिवर्तन पाउँदिन म । उनले पनि मलाई सम्झिरहेको रहेछिन । मैले त मैले मात्र चिन्छु होला भन्ने सोचिरहेको थिए ।
एकचोटी मलाई बाल्यकाल फर्किन मन लाग्यो । म हिडेर विद्यालय जान्थे अनि हिडेर घर फर्किन्थे । झोला भिरेर लुखुर लुकुर गयो आयो । वैशाखको अन्ततिर एकजना केटि मैले मेरो विद्यालयमा देखे । उनि नयाँ भर्ना भएकी रैछिन । लुकिमारी खेलिरहेकी रैछिन । खेल्दा खेल्दै अल्झेर लड्न पुगिन । पिन्से पारामा रोएकी थिईन । पहिलो चोटि मैले उनलाई त्यसरी देखेको थिए । पछि हामी बढ्दै गयौ, पढ्दै गयौ । जब जब उनको र मेरो भेट हुन्थ्यो । म आफ्नो मिलिरहेको कपाल मिलाउन खोज्थे । टिसर्टको कलर मिलाउन्थे । आफ्नो हिड्ने चाल परिवर्तन गर्थे मानौ हामीले देखिरहने चलचित्रमा हिरोले हिडिरहेको छ । उनि मेरो घर हुदै विद्यालय जान्थिन । उ आउने समय हुने बित्तिकै मपनि गेटबाट निस्कन्थे अनि उनको पछि पछि लाग्ने गर्थे । यसरी कयौ दिन म उनिसँग नजिकिने प्रयासमा थिए । सायद समयले हामीलाई नजिक गराउन चाहन्थ्यो होला । असार ताका हुनुपर्छ, एकदिन उ घरबाट निस्केपछि मेरो घर छेउ आइपुगेपछि झरि पर्न थाल्यो । उनले छाता ल्याउन बिर्सिएकी रहेछ । मैले उनलाई नाम लिएर बोलाए । उनि एकछिन टक्क अढिइन । कसले बोलाएछ भन्ने लाग्यो होला उनलाई । मपनि विद्यालय जादै हो, छाता ओढ्छौ भने । उनले हस भनि । साच्चिकै खुशी थिए म । हामी विचको सम्बन्धको टुसारो पलाएको दिन थियो । उनि मसँग विद्यालय गईन त्यो दिन । त्यो दिन साच्चिकै अविस्मरनिय बन्यो ।
नियमित जसाे हाम्रो बोलि चालि हुन थाल्यो । विद्यालय जाँदा होस या फर्किदा उनि मसँग बोल्न थालिन । मैले नदेखे पनि उनले बोलाउन गरिन । हामी विच सम्बन्ध प्रगाढ हुदै गयो । उनि नाच्न एकदम सिपालु थिइन । विद्यालयमा हुने हरेक सानो सानो कार्यक्रममा उनको नाच देख्न पाइन्थ्यो । उनको नाच विना कार्यक्रम खल्लो हुन्थ्यो । त्यसैले सबैजसो कार्यक्रममा उनको चर्या नाच राखिन्थ्यो । यो नाच कुमारीसँग सम्बन्धित हुन्छ । गैरी खेतको सिरै हान्यो । मलाई उनले यो गीतमा नाचेको खुब मनपर्थ्यो । अरुले बजाउन या नबजाउन मचाहिं सधै थपडी बजाइहाल्थे । मसँगै अरुले नि थपडी बजाउन थाल्थे । अरु त बेला बेलामा वादविवाद कार्यक्रममा भाग लिएको देखेको थिए । एकदिन एउटा रमाइलो वातावरण बन्यो । उनलाई गीत पनि गाउन आउने रहेछ । मलाई त थाहा थिएन । एकदिन सीता मिसले विद्यालयको नियमित पार्थना गरेर सकाउने बितिकै उनलाई अगाडि बोलाउनु भयो । किन बोलाउनु भयो भन्ने भयो मलाई । सायद उनलाई पनि भयो होला । आशा, हिजो तिमीले कक्षा कोठामा गाएको गीत गाइदेउ त । रामकृष्ण ढकालको “तिमी जुन हौ ” भन्ने गीत गाउन बोलाउनु भएको रैछ । मिसलाई उनले गाएको एकदम मन परेको रहेछ । उनले केहि लजाएझैँ गरि गीत गाउन थालिन । तीन चार सयले भरिएको विद्यालय परिसर शान्त थियो । उनको गीतमा सबै मन्त्र मुग्ध थिए । गीत सक्कियो । तालि बजाए सबैले । प्रिन्सिपल सरले एकदम प्रशंसा गर्नुभयो । कथा कविता पनि रुचि रहेछ उनलाई । एकदिन विद्यालयबाट फर्किदा उनले मलाई सुनाएकी थिइन । मरो एस.सल.सी परिक्षा सकियो । क्याम्पस मरो अलि टाढा थियो । विद्यालयको ठिक उल्टो बाटो पर्थ्यो । घरको एक्लो छोरो जिम्मेवारी काधमा आइसकेको थियो । बिहान क्याम्पसको पढाइ सकेर काममा जानुपर्ने हुन्थ्यो । त्यसपछि दैनिक व्यस्तताले हाम्रो भेट नियमित हुन पाएन । एउटा प्रतिष्ठित कम्पनीमा मरो नाम निस्कियो । त्यसपछि म विदेश लागे ।
एकदिनको कुरो हो, कामबाट फर्केर कोठामा आएको थिए । साथीले फेसबुकमा एउटा गीत सेयर गरेको थियो । मैले के रहेछ भनेर खोलेर हेरेको त गीत रहेछ । गीत सुरु भयो ” मेटिन्न तिम्रो तस्बिर दिलमा छ मेरो दिलमा ” म अचम्मित भए, त्यहाँ त आशा रहेछिन । मैले त्यो गीत धेरै पल्ट हेरे । जति नै पल्ट हेरु चित्त बुझ्ने कुरो भएन । सोचे प्रगति गरेकी रैछिन । बच्चामै नाच्ने गरेको देखेकों थिए, गीतको भिडियोमा देख्दा औधि राम्रो लागेको थियो । समयक्रम चल्दै गयो । उनको समाचार पत्रपत्रिका आउन थाले । टिभी रेडियोमा उनको समाचार आउन थाले । उनको गुनगान सबैबाट सुन्न पाइयो । खुशी लाग्दो रहेछ सबैले उनको नाम लिदाँ । धेरै समय विदेश बसियो । नेपाल जादाँ बखत थुप्रै चोटि उनलाई भेट्न चाहे तर, भेटघाट हुन सकेन । उनि बसेको पहिलेको घर त बेचिसकेको रैछ । खै वसन्तपुरतिर बसाँई सरेको सुनेको थिए । फेसबुकमा उनलाई धेरै चोटि खोजे, भेट्न सकेको थिईन ।
आज जन्मदिनको दिन विशेष रह्यो भन्छिन उनि । मैले मात्र होइन उनले पनि खोजिरहेकी थिईन रे । कता हराउनु भएको हजुर ? मैले खोज्न धेरै खोज्ने प्रयास गरेको थिए । खुशी लाग्यो आज, मैले खोजेको मान्छे भेटे । कतिपय कुराहरु आँखाले बोलिदिँदा रहेछन । मानौं हराएको खुशी भेटियो । उनको आँखाबाट त्यो कुरा महशुस गरे । पुजा पाठ गरियो । भगवानलाई भेट गराई दिएकोमा धन्यवाद दिए । सायद उनले पनि दिईन होला । त्यँहाबाट हामी नास्ता खान गयौ । उनलाई पुरी र आलु गेडागुडीको तरकारी मनपर्ने रैछ । मलाई पुरी भित्र जेरी हालेर खान एकदम मन पर्छ । मैले दुइवटा पुरीमा जेरी हालेर खाउ भने । उनले त्यसै गरिन । गफ चल्दै गयो । उनलाई अफिस जानुपर्ने रहेछ । साँझ जन्मदिनको सानो कार्यक्रम छ, मलाई आउनको लागि आग्रह गरिन । गफगाफकै क्रममा फेसबुकमा पनि साथि बनियो । उनको मोबाईल नम्बर पनि नोट गरे । नास्ता खाइसकेपछि भरे भेट्ने बाचा सहित हामी छुट्टीयौ । साँझपख म उनको घरतिर गए । छुट्टिने बेला उनले मलाई घर भएको ठाउँ बताए कि थिईन । सहि ठाउँमा पुगेको रैछु । बहिनी आए कि थिईन मलाई लिन । लगभग सबै तयारी भएको रैछ । गन्य मान्य सबैलाई बालाईएको रहेछ । सबै जनासँग परिचय भयो । केक काट्ने सुरुवात भयो । उनले सबैभन्दा पहिले आमालाई केक खुवाईन । विदेशबाट आउँदा ल्याएको घडी र अत्तर थियो मसँग, मैले त्यहि उपहार दिए । त्यँहा उनलाई मन पर्ने गीतमा नाच्न लगाईयो । उनले नचिन । फेरि एकचोटि मलाई विद्यालयको ति पुराना दिनहरुमा फर्कायो । खानपिन भयो । सबैसँग विदा मागेर घरतिर फर्किए ।
सपना जो कसले देख्न सक्छ । कुनै रोकतोक छैन देख्न । सपना देख्न जान्नु पर्छ । कति सपना आफैले देखिन्छ त कहिँ सपना अरुले देखाइन्छ । सपनाको रुप, रंग र आकार हुन्छन । त्यसलाई महसुस गर्न सक्नुपर्छ । जो जसले आफुले देखेको सपना बुझ्नसक्छ, उसले कहिले जीवनमा फर्केर हेर्नुपर्दैन । हामी सधै अरुले देखाएको सपना देखि प्रति धेरै सजक हुनुपर्छ । आफ्ना बाबाआमाले आफ्ना छोरा छोरीलाई आफैले देखाएको बाटोमा हिडोस भन्ने चाहनुहुन्छ, आफैले देखेको सपना अपनत्व गरोस भन्ने चाहना गर्छन । उनले देखेको सपना अनि आफ्नो बाबाआमाले देखेको सपना अलि फरक थिए । बुबाआमा डाक्टर बनोस भन्ने चाहनुहुन्थ्यो तर, उनि स्वतन्त्र, निष्पक्ष र निडर पत्रकार बन्न चाहन्थिन । पत्रकारिता बिषयनै लिएर पढिन पनि, तर विभिन्न कारणबस उनले आफ्नो सपनालाई बिचमै रोकिन । सानैबाट नाच्न सिपालु उनि घरमा खेल्दा पनि नाच्दै खेल्ने उनिलाई त्यँही एकजना गुरुले देख्नुभयो र आफ्नो चेलि बनाउनुभयो । भगवानसँग सम्बन्धित चर्या नृत्य गर्ने उनि त्यहाँ सबैको तारिफको योग्य बनिन तर परिवारले त्यति सजिलै साथ दिनुभएन । विस्तारै उनले आफ्नो परिवारलाई सम्झाएर यसलाईनै कर्म बनाई अगाडि बढिरहिन । नाच्ने भन्दा त्यति ईज्जत नमिल्ने समयमा उनले आफ्नो परिवारलाई आफ्नो नाचलेनै छोरी माथि गर्व गर्ने वातावरण सृजना गराइन । आज उनि विगत ३० वर्षदेखि अनवरत रुपमा नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै आइरहेको र हजारौं कलाकार जन्माउने नेपालकै उत्कृष्ट संस्था साधना कला केन्द्रमा प्रबन्ध निर्देशकको रुपमा काम गर्दै आईरहेकी छिन । वास्तवमा उनको एउटा नाम छ, पहिचान छ अनि प्रतिष्ठा छ ।
अहिलेको समय निकै प्रतिस्पर्धामक रहेको छ । यँहा अरुको प्रगतिमा जल्नेहरु पनि प्रशस्तै भेटिन्छन । खुट्टा तानेर माथि जान तम्सिरहेको हुन्छन । भनसुन गरेर नाम ओहदा हत्ताउन खोजेकाहरु पनि देख्न सकिन्छ । भन्छिन, यो भिडभन्दा विल्कुलै अलग रहेर उनि अगाडि बढिरहे कि छिन । उनको आफ्ना सपना पुरा गर्न, बाबाआमाको विश्वासलाई पूर्णता दिन अनि हामिले देखेको आशाको किरणलाई चम्काउन आशा, सबैको आशा बनेर अगाडि बढिरहेकी छिन । खै कहाँसम्म कसरी उनको यात्रा चल्नेछ, त्यो त समयले देखाउनेछ । जे जहाँ र जस्तो भए पनि सुखी, खुसी र साहसिक रहनु, जन्मदिनको अनेकौं शुभकामना प्रिय साथी आशा ।