सुनसान सडक
सुनसान गल्ली
कडा लकडाउन
अनि रमाइलो साँझ
गल्लीमा उनी उभिएकिथिइन्
लिंदै हातमा रयाकेट र कर्क
पर्खिरहेकीथिइन् उनी
कोहि साथी
ब्याडमिन्टन खेल्न !
थुनिएर दिनभरी घरमा
ईच्छा मारेर आफ्नो
कति बसिन उनी
त्यो अदृश्य ‘मृत्युको दुत”
कहिले पराजित होला भन्दै
तर कति थुनिनु
कति त्रासको शासनमा रहनु ?
उनी
स्वतन्त्रता चाहन्थिन
खुला आकाश चाहन्थिन
रमाउन चाहन्थिन
फूर्तिलो, जोशिलो, रमाइलो बन्न चाहन्थिन
प्राकृतिक स्वभाव अभिव्यक्त गर्न चाहन्थिन
हेरिरहें उनीलाई
अनि उनको आमन्त्रणलाई
घरको झ्यालबाट मैले
तर त्रासको घेरा र बन्धन
तोडन सकिन मैले
रहरै रहर बोकेर
मैले कोठाबाट हेरिरहें
उनी अर्की साथी संग
रमाई रमाई खेलिरहिन
आफ्नो शरीर र मनलाई
नयाँ उर्जा दिईरहिन
सोचेँ
मृत्युको भयले जिन्दगीलाई
कसरी लकडाउन गर्छ
भयमा बसिरहँदा
नयाँ उर्जा पनि पाइन्न
स्वतन्त्रता पनि पाइन्न
खुशी पनि पाईन्न
प्रगति पनि गरिन्न
शान्ति पनि पाइन्न
अनि फर्केर हेरें जिन्दगी धेरै टाढै सम्म
आफुले आफैंलाई गरेको
कति कति लकडाउन देखें
कति कति गुमाएको अवसर देखें
आफ्नो भयले आफैलाई शासन गरेको देखें
अनि भय व्यवस्थापन गर्न जान्नेहरुले
बिताएको रमाइलो जिन्दगी पनि देखेँ
(नेपालमा लकडाउन भएको ८० दिन भएको अवस्थामा लेखिएको कविता )
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...