बिगत केही समय देखी देश तथा बिदेशमा कोरोना भाइरस (कोभिड -19)को महामारीले सबैलाई दुखित र त्रासित बनाएको छ। यो महामारीले मानवीय र आर्थिक हिसाबले धेरै ठुलो क्षति पुगेको छ। करोडौं मानिस यो भाइरस बाट संक्रमीत भएका छन् । लाखौ मानिसको मृत्युु भइसकेको छ। लाखौं लाख ले रोजगार गुमाएका छन् भने रोजगारको लागि बिदेश पुगेका हजारौं नेपालीहरु बिदेशी भुमिमा अलपत्र परेका छन् , कति ले दुख पाएका छन् । अहिलेसम्म पनि ति अलपत्र नेपाली हरुको नेपाल सरकारले उचित उद्धार गर्न सकेको छैन । सवै भन्दा बढी असर खाडी मुलुकमा बस्ने नेपाली हरुलाई परेको छ । लगभग चार महिना देखि लक डाउन ले गर्दा खाडी मुलुक मा कतिपय नेपाली दाजु भाइ दिदी बहिनिहरुले धेरै दुख पिडा भोग्न परेको छ । चार महिना देखि कम्पनी बन्द हुदा कतिपयले रोजगार गुमाए का छन् भने कतिपय भिसा सकेर घर फर्किन अवस्था मा लक डाउन भइदिदा न यता न उता भएर बिदेशी भुमि मा छतपतिरहेका छन् । खान, बस्न र नेपाल फर्किन पाउ भनि पीडितहरु चारै तिर हार गुहार गरिरहेका छन् । यसको पछिल्लो उदाहरण मजदुरका लागी मजदुर अभियान संचालन गरिरहेको नेपाली मजदुर एकता समाजको प्रवास ब्यूरोमा आएका समस्या हरु नै काफी छन् । राजदुतावास हरुले सक्ने पहल त गरेको छ तर भने जस्तै उद्धार गर्न सकेको छैन । लक डाउनले अझै सम्म पनि कतिपय ठाँउ का एअरपोर्ट बन्द छ ।

भर्खर मात्र नेपाल सरकारले बिदेश भुमिमा भएका हरुलाई स्वदेश फर्काउने काम गरिरहेको छ । नेपाल सरकारले दुई महिना अघि नै नेपाल फर्किन चाहाने हरुलाई अन्लाईन मार्फत फारम भर्ना लगाएको थियो । हजारौं को संख्या मा विभिन्न देशहरु बाट फारम भरिएको थियो । पहिलो प्राथमिकता वृद्ध, अशक्त, रोगी, गर्भवती, सुत्केरी आदि लाई दिइएको थियो । दुबइ, कतार, माल्दिप्स, कुवेत, साउदी अरब, बहराइन, ओमान, मलेसिया, गरि थुप्रै देशहरूमा नेपाली कामदार हरु घर फर्किन नपाएर अलपत्र परेका थिए । उनीहरु चार महिना देखि घर फर्किन को लागि सरकार सँग हार गुहार गरिरहेका थिए । अहिले उनीहरु बिस्तारै स्वदेश फर्किदै छन् । हरेक देश मा हजारौं को संख्या मा नेपाली हरु अलपत्र परेका थिए । खान बस्न को समस्या पनि त्यतिकै थियो । कम्पनी बन्द भएसि कतिपय कम्पनीले कामदारहरु लाई निकालिदिएका छन् भने कतिपय कम्पनीले तलब बिना काम पनि गराइरहेका पनि छन् । हजारौं को संख्यामा अलपत्र परेका नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई गैर आवसिय नेपाली संस्था, नेपाल मजदुर एकता समाज तथा अन्य विभिन्न संस्थाहरुले सक्दो सहयोग गरिरहेका छन् । तर हजारौं संख्या मा पीडितहरु भएकाले भने जस्तो प्रवाभकारी सहयोग र उद्धार हुन सकेको छैन। कुनै देशका राजदुतावास ले पीडित लाई केही राहत दिएका छन् भने कतिपय ले वास्ता नगरेको पनि सुन्न आएको छ । यस्ता हजारौको मात्रामा समस्या र पीडितहरु छन् बिदेशी मरभुमिमा तर सरकारले उनीहरुको लागी प्रभावकारी हिसाबले केही गर्न सकिरहेको छैन।

नेपाल सरकारले विशेष गरि खाडी मुलुक मा बसेका नेपाली हरुको उद्धार गर्न नेपाल बाट हवाइ चार्टर्ड गरि नेपाल ल्याउन भने पनि भाडा दर एकदम महँगो तिर्नु पर्ने भएको भन्दै सबैभन्दा पहिला नेपाली मजदुर एकता समाजको प्रवास ब्यूरोले प्रेस विज्ञाप्ति मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन सुरु गरे सँगै अहिले अन्य ठाँउमा पनि थुप्रै संघ संस्था हरुले पनि भाडादर महँगो भएको भन्दै कतै एक्लाएक्लै त कतै सामुहिक रूपमा विरोध जनाएका छन् । कोहि बाध्यताले महङ्गो भाडा तिरेरे भएनी घर फर्किने आस गरेका छन् । कोहि ले नेपाल बाट पैसा मगाएर पनि फर्किने तयारी गरेका छन् । पैसा नहुनेहरु अलि दिन कुर्ने र भाडा दर घटसी फर्किने भनेर बसिरहेका छन्। अहिले कतिपय नेपालीहरु खान बस्न समस्या भएर अरुको सहयोग र आश्रित मा बसिरहेका छन् । यस्तो अवस्थामा उनीहरु कसरी त्यति धेरै मूल्य तिरेर नेपाल फर्किन सक्छन् ? नेपाल सरकारले यस्ता पिडा बुझ्न अति आवश्यक छ ।

उता नेपाल सरकारले केहिलाई बिदेश बाट उद्धार गरेर नेपाल पुराए पनि उनीहरुलाई नेपाल मा १५ दिने क्वारेन्टाइन बस्न अनिवार्य गरेका छन् । तर बस्ने ठाँउको उचित व्यवस्थापन नहुदा उनीहरुलाई थप पिडा परिरहेको छ । मानिसहरू धेरै भएको, बस्ने ठाँउ मा सरसफाइ को कमि, शौचालय देखि बिजुली पानीको अभाव, सबै जना एकै ठाँउ मा बस्नु पर्दा त्यस्ता ठाँउ मा बस्न गार्‍हो त भएको छ त्यस माथी बिरामी परिने हो कि भन्न्ने उनीहरुलाई थप चिन्ता को विषय बनेको छ। लामो समय पछि नेपाल फर्किएर पनि उनीहरुको त्यस्ता ठाँउमा बस्नु पर्दा पिडा छदै छ त्यस माथी त्यहाँका स्थानीयले गर्ने ब्यवहार नि राम्रो नभएको त्यहाँ पुग्ने नेपाली हरुले दुख पोखेका छन् । कतिपयको क्वारेन्टाइन बस्ने ठाँउमा खान र पानी को पनि बेवास्ता नगरेको गुनासो रहेको छ । सरकारले यसरी उचित व्यवस्थापन नगरिदिदा नेपालीहरु बिदेशमा त दुख पाए नै स्वदेश फर्कि सकेर पनि नि उस्तै पिडा भोग्न परेको छ । सरकारले यो सम्बन्धि ध्यान पुर्याउन र बिदेश बाट फर्किएका लाई उचित व्यवस्थापन र घर सम्म पुग्न को लागि उचित ब्यवस्था गर्न अति आवश्यक छ । त्यस्तै यता बिदेश मा पनि अझै हजारौं नेपालीहरु स्वदेश फर्किन नपाएर अलपत्र परिरहेको छन् । त्यसैले सरकारले छिटो भन्दा छिटो सबैको सहज तरिकाले उद्धार गर्नु पर्ने देखिन्छ । यस तर्फ सरकार को ध्यान जानु अति आवश्यक मात्रै होइन अलपत्र कामदार लाइ रेस्क्यु फ्लाइट मार्फत नेपाल फर्काउन पनि हार्दिक अनुरोध छ ।K

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected