नेपाली छन्द साहित्यमा माधव वियोगी

–शम्भु गजुरेल “अज्ञानी “
नेपाली छन्द साहित्यमा एउटा सुपरिचित सम्मानित नाम हो माधव वियोगी । हाल वहाँका आठ वटा महाकाव्य ,पाँच वटा खण्डकाव्य र अन्य विधाका समेत गरी २७ वटा कृतिहरू प्रकाशित भएबाट नै वहाँको विद्वता र साहित्यिक योगदान छर्लङ्ग हुन्छ । हाल पोखराको बेलघारी भन्ने ठाउँमा स्थायीरूपमा बसोवास गर्नुहुने आदरणीय अग्रज व्यक्तित्व माधव वियोगीज्यूसँग नजिकबाट चिनजान नभएपनि
पिङ्गलको छन्द सूत्रलाई व्यापीकरण र जीवन्त राख्न लागि पर्ने एकजना धरोहर र आस्थाका पुञ्ज छन्द बचाऊँ अभियानका जनकका रूपमा चिन्दछु ,बुझ्दछु । उहाँलाई हार्दिक सम्मान गर्दै नेपाली छन्द साहित्यमा उहाँको योगदानको उच्च सम्मान हुनुपर्ने ठान्दछु ।छन्दमा कृतिकाे समालाेचना गर्ने, प्रत्येक वर्ष छन्दाेबध्द महाकाव्य रच्ने र अग्रजलाई सम्मान गर्ने जस्ता विशेष कार्य पनि वहाँले गर्दै अाउनु भएकाे छ । छन्दलाई हृदयले सम्मान गर्ने र छन्द बचाउन जीवन नै समर्पण गर्ने एक प्रबुध्द व्यक्तित्व माधव वियाेगीकै कारण अाज छन्दले विश्वभर माैलाउने अवसर पाएकाे छ । वास्तवमा याे हामी छन्दवादीका लागि गाैरवकाे विषय हाे ।
हिन्दु धर्मका सबै जसो धर्मग्रन्थहरू संस्कृत भाषामा लेखिएका पाइन्छन् । लयबध्द वाचन गर्न सकिने ग्रन्थहरू छन्दका जन्मदाता पिङ्गल मुनिद्वारा सृजना भएको छन्दका सूत्रमा सूत्रबद्ध छन् । अनेकन लोभको भुमरीमा रुमल्लिएर निधारको चन्दन पुछेर अनि मन्दिरको मुर्तिलाइ अनादर गरेपनी करिब ९८% नेपाली भाषी मानिस ॐ को ध्वनि सुनेर जन्मिएको हुन्छ भन्दा अन्यथा नहोला । मन्दिर वा गुम्बा चैत्य बज्ने घण्टा वा ढोल नगराहरू पनि छन्दमा आफ्नो स्वर बगाउँदै आस्थाको स्वर्गमा प्रार्थना पुर्याइरहेका हुन्छन् ।
अलिखित रूपमा वा सूत्रका जानकारी बिना नै हाम्रा चाडपर्व ,मेलापात,जात्रामात्रा,
विहेबटुल,रोधी, जुहारी जस्ता जमघटहरूमा अनेकन रूपमा छन्द गुन्जिरहेका हुन्छन् ।
भानुभक्तको रामायण नेपाली भाषाकाे अनुपम काव्य सृजना हाे ।भानुभक्तले छन्द प्रयोगको आधारशिला खडा गरे पश्चात अनेकौं समयमा महान कविज्यूहरूबाट छन्दको सुन्दर र अधिकतम् प्रयोग गर्दै बहुमुल्य काव्य दिनुभएको छ जुन हाम्रा अनमोल सम्पति हुन् , महाकवि देवकोटा,कविशिरोमणि लेखनाथज्यूहरूको काव्य सरोवरमा पौडिदै गरेका छन्दका बान्की सयौं आदरणीय कविज्यूका योगदानले सिगारिएको छन्द साहित्यमा हालसम्म आफ्ना कलमले श्रृङ्गार थपिरहनु भएका माधव घिमिरे गुरु रमेश खकुरेल गुरुको नेपाली साहित्यप्रेमीहरूले अर्चना गर्नै पर्छ।
छन्द विकास र संरक्षणको अभियानमा काठमाडौबाट बाहिर बसेर महत्वपूर्ण योगदान दिनु हुने आदरणीय कविवर माधव वियोगीज्यूले २०५३ सालमा छन्दलाई सूत्रबद्ध रूपमा व्यापीकरण गर्नका लागि छन्द बचाऊँ अभियानको संचालन गरेर निरन्तर लागिरहनु भएका माधव वियोगीज्यूको छन्दप्रेम कतिसम्म भने उहाँले आफ्ना सन्तान लगायत अन्यका नामकरण, सस्थाका नाम चौतारीका नामसम्म छन्द जाेडेर नामबाट राख्नु भएको छ। छन्द माथि चौतर्फबाट प्रहार भैरहेको अवस्थामा उहाँले गर्नुभएको कार्य विश्वका छन्द साहित्यप्रेमीले कदापि भुल्ने छैनन् । छन्द बचाऊँ अभियानका अभियन्ता र युगीन धरोहर माधव वियोगीज्यूले छन्दको बचाऊँ तथा श्री वृद्धि र समृद्धिको लागि आध्यात्मिक ज्ञानसम्मत प्रवचन गर्ने र अरूलाई पनि प्रोत्साहन गर्ने, पाठ्यक्रम तथा पाठ्यपुस्तकहरूमा छन्दसम्बन्धी पाठ्यसामग्री समावेश गर्न सम्बन्धित निकायलाई घच्घच्याउन, साथै वैशाख ८ लाई छन्ददिवस घाेषणा गराउनमा खेलेकाे भूमिका र गरेकाे संघर्ष अतुलनीय योगदान रहेको छ । अाफ्नाे लामाे सङ्घर्षपछि छन्ददिवस प्राप्त भएपछि वहाँले पन्चङ्ग निर्णायक समितिलाई लेख्नुभएकाे धन्यवादपत्र जाे सामाजिक सन्जालमा प्रकाशित भइसकेकाे छ ,त्यसमा उहाँले लेख्नुभएकाे वाणीकाे एक अंश यस्ताे छ -” वास्तवमा छन्द शुरूआतको दिन कहिले हो ? भन्ने सम्बन्धमा मैले धेरै सोचविचार गरें । छन्द प्रचारमा संलग्न हुने वा यसलाई प्रयोग गर्ने शिव, विष्णु र इन्द्र तथा ऋषिहरू वृहस्पति, माण्डव्य, सैतव, यास्क र पिङ्गल सक्रिय रहेका थिए । पिङ्गलले छन्दसूत्रको निर्माण गरेर छन्दलाई व्यापक पार्ने कार्य गरेका थिए । पछिल्लो समयमा वाल्मीकिले रामायण र व्यासले महाभारतको रचना गरी छन्दलाई प्रयोग गरेको पाइन्छ । छन्दमा सिर्जना गर्नेको जीवनशैली पनि छन्दमय नै हुनुपर्छ भन्ने मलाई लाग्दछ । भगवान र ऋषिहरू संलग्न भई प्रचारप्रसार र प्रयोग गरेको छन्दलाई आजको युगमा समेत स्थापित गराउन भूमिका खेल्न पाएकोमा म अत्यन्त गौरवान्वित भएको छु । यो गौरवमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले महत्वपूर्ण टेवा दियो जसले मलाई थप ऊर्जा प्रदान गरेको छ । समितिप्रति म नतमस्तक पनि छु ।
वास्तवमा छन्द सुरुआतको दिन कहिले हो ? भन्ने सम्बन्धमा मैले धेरै सोचविचार गरें । छन्द प्रचारमा संलग्न हुने वा यसलाई प्रयोग गर्ने शिव, विष्णु, इन्द्र, वृहस्पती, माण्डव्य, सैतव,यास्क, पिङ्गल, वाल्मीकि, व्यास आदिको बारेमा पनि सोचे तर निश्चित तिथि मिति फेला परेन । छन्दसूत्रको निर्माण गने पिङ्गल जयन्तीको दिन पनि खोजें । त्यो कतै भेटिनँ अनि पिङ्गल लगायत अन्य सबैको सामुहिक जयन्ती पनि हुने किसिमले ‘छन्द बचाऊँ अभियान–२०५३’ आरम्भ भएको दिनलाई नै छन्द दिवस मान्नु पर्ने मेरो जिकीर रह्यो र सोही अनुरुप मैले वैशाख ८ गतेलाई छन्ददिवको प्रस्ताव गरेको तथ्य जानकारी गराउँछु” ।
वहाँ अझ अगाडि लेख्नुहुन्छ “नेपाल पञ्चाङ्ग निर्णायक समिति नेपाली संस्कृतिको संरक्षण र उत्थानमा प्रतिबद्ध छ भन्ने तथ्यको भरपर्दो प्रमाण छन्ददिवसको स्वीकारोक्ति पनि हो । वर्तमानमा पनि छन्दको आवश्यकता र महत्व उत्तिकै छ भन्ने मान्यता पञ्चाङ्गले राखेको मैले पाएँ । आन्दोलनको क्रममा छन्दको दीगो विकासका निम्त थुप्रै प्राप्तिहरू भए होलान् तर छन्ददिवसको मान्यता सबभन्दा ठूलो प्राप्ति बनेको छ । काव्यसंस्कृतिको रूपमा रहेको छन्दलाई संरक्षण गर्ने, बचाउने र विकसित गर्ने कार्यमा छन्द बचाऊँ अभियानसँग हातेमालो गरेर नेपाल पञ्चाङ्ग निर्णायक समितिले महत्वपूर्ण कार्य गरेको छ । नेपाली संस्कृति आफ्नै मौलिक पाराका छन् । नेपाली नागरिकलाई सभ्य र सुव्यवस्थित पार्नका निम्ति नेपाली संस्कृति सक्षम छ । नेपाल पञ्चाङ्ग निर्णायक समिति केबल पात्रो निर्माण गर्ने समिति मात्र नभएर संस्कार र संस्कृतिको संरक्षण गर्ने प्रतिनिधिमूलक संस्था हो भन्ने यतिबेला पुष्टि भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले गरेको छन्ददिवस घोषणाको महत्वपूर्ण कार्यबाट नेपाली काव्यसंस्कृतिप्रेमी सम्पूर्ण जनसमूदाय खुशी भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिप्रति आस्था र विश्वासको वातावरण सिर्जना भएको छ । भावी दिनमा पनि ‘छन्द बचाऊँ अभियान– २०५३’ नेपाल पञ्चाङ्ग निर्णायक समितिसँग सँगै रहेर आफ्ना कार्यक्रम सञ्चालन गर्न आतुर रहेको जानकारी गराउन चाहान्छु । धर्म, संस्कृतिको जगेर्ना गर्न, तिथिमितिको तय गर्न, घटना–दुर्घटना आदिको संभावना जनाई सर्वसाधारणलाई सचेतताका साथ कार्यसम्पादन गर्न प्रेरित गर्न र ग्रहदशा आदिका बारेमा बोध गराई जीवनलाई यथार्थरूपमा बुझ्ने बनाउनका निम्ति नेपाल पञ्चाङ्ग निर्णयक समितिले गरेको कसरत र जनसमक्ष पारेको प्रभावको म हार्दिक प्रशंसा गर्दछु । यतिबेला मैले आफूलाई पञ्चाङ्ग निर्णायक समितिकै एक जिम्मेबार सदस्यको रूपमा मूल्याङ्कन गरेको छु । किनभने जुन तथ्य र विषयलाई उठाएर मैले ‘छन्द बचाऊँ अभियान– २०५३’ को सञ्चालन गरें त्यो पञ्चाङ्गको पनि दायित्व र कार्य भएको मैले पाएँ । देशमा अग्रगामी परिवर्तन ल्याउन र त्यसलाई संस्थागत गर्नका निम्ति पनि राष्ट्रले नेपाल पञ्चाङ्ग निर्णायक समितिसँग सहकार्य गर्नुपर्ने महसुस मैले गरेको छु । अग्रगामी परिवर्तनको तात्पर्य परम्पराप्रतिको विद्रोह नभएर असल परम्पराको संरक्षण र प्रयोग गर्दै आधुनिकताको उपभोग गर्नु हो । ज्योतिष क्षेत्रसँग बढी सम्बन्धित भएपनि नेपाल पञ्चाङ्ग निर्णायक समिति हाम्रै वैदिक परम्परा र संस्कृतिकै संरक्षणकै निम्ति हो भन्ने मैले बुझेको छु । ज्योतिषको मूल कार्य धर्मको मार्गलाई सरलीकृत गर्दै सद्भावका निम्ति प्रेरित गर्नु हो । धर्मले नै समाजलाई सदाचारप्रति उन्मुख गराउँछ । सदाचार शान्ति र प्रगतिको निम्ति अपरिहार्य हुन्छ । वास्तवमा पञ्चाङ्गले यस्तो महत्वपूर्ण विषयलाई ग्रहण गरेको छ जसले सम्पूर्ण मानव समुदायलाई गतिशील र अग्रगामी बनाउँछ ।”
वहाँ स्वयम्ले अभियान घाेषणापूर्व स्याङ्जाकाे वालिङमा छन्द विकासका निम्ति युवा साहित्य सदन पाेखराकाे शाखा खाेलेर अभियान घाेषणापूर्व र पछि पनि तथा अभियान घाेषणासँगै कास्कीकाे अर्घाैंमा कविशिराेणि साहित्य परिषद स्थापना गरी छन्द प्रशिक्षण चलाएकाे पाइन्छ । समयको वहावसँगै प्रतिभा निकुञ्ज , छन्द चौतारी , छन्द तरङ्ग, छन्दवादी समाज, छन्द प्रतिष्ठान,पल्लव साहित्य प्रतिष्ठान जस्ता संस्थाहरूले छन्दलाई गोडमेल र मलजल गर्दै फुलाउने कार्य भैरहेको छ ! वर्तमानमा सामाजिक सञ्जालको सुविधाले धेरै संस्थालाई जागरुक पारेको छ सबै संस्थाका अभियन्ताहरूले छन्दलाई स्वर्णिम युगमा प्रवेश गराएको अनुभूति हुन्छ । यो अवस्थासम्म छन्द बचाऊँ अभियानलाई निरन्तर साझा अभियान बनाई कविवर माधव वियोगीज्यूकाे नै महत्त्वपूर्ण समर्पण रहेको सर्व स्वीकार्य विषय बनेकाे छ ।
जय छन्द साहित्य !!