आहिले अमिरिकी बजारमा अमेरिकाको सबै भन्दा ठुलो खाद्य उधोग मध्यको एक तथा आफुलाई हिस्पानिक द्वारा स्थापित अमेरिकाको सबिभंदा ठुलो कम्पनि दाबी गर्ने गोया फूड्स कम्पनि विवादको केन्द्रबिन्दुमा छ । न्युजर्सी राज्यको जर्सी सिटि मा मुख्यालय रहेको उक्त्त कम्पनिका प्रमुख कार्यकारी अधिकृत रोबर्ट उनान्यूको ट्रंप समर्थित बिबादास्पद अभिव्यक्ति पश्चात कम्पनि बिबादमा तानिएको हो । कम्पनिको लक्षित ठुलो ग्राहक समुहले कम्पनि लाई बहिस्कार गर्ने चेतावनी दिएका छन् भने ट्रंप लगायत उनका सहयोगी हरुले लगातार कम्पनीको समर्थन गर्दै आइरहेका छन् । राष्ट्रपति ट्रंपले गत बुधबार व्हाइट हाउस स्थित आफ्नो कार्यलयमा खिचिएको गोया फूड्स का खाध्य सामग्रीहरु सहितको फोटो आफ्नो ट्वीटर एकाउन्ट बाट सार्बजनिक गरेका थिए । त्यस लगत्तै उनकी छोरि इभांका ट्रंपले समेत गोया फूड्स को एक उत्पादन साथ “यदी गोया हो भने त्यो पक्कै राम्रो छ ” भन्ने कम्पनिको सोलोगन सहित फोटो सार्बजनिक गरेकी थिइन् । उनीहरुको यस्तो कार्यलाई कतिपयले पदको मर्यादा बिपरितको कार्य भनि आलोचना गरेका छन् ।

के हो गोया फूड्स
गोया फुड्स कम्पनि हिस्पानिक तथा ल्याटिनो समुदायलाइ लक्षित गरि सन् १९३६ मा अमेरिकाको न्युयोर्क राज्यमा स्पेनी मुलका प्रुडेन्सियो उनान्यू द्वारा स्थापित खाध्य सामग्री उत्पादन गर्ने कम्पनी हो । हाल यसको मुख्यालय अमेरिकाको न्यु जर्सी राज्यको जर्सी सिटि मा रहेको छ । गोयाले हाल हिस्पानिक तथा ल्याटिनोका साथै, क्यारिबियन, मेक्सिकन, क्युबाली ,मध्य र दक्षिण अमेरिकी खाद्य सामग्रीहरु उत्पादन तथा वितरण गर्ने गर्दछ । गोया द्वारा उत्पादित सामग्री अमेरिकाका प्राय सबै जसो पसल हरुमा पाउन सकिन्छ साथै यसका उत्पादन हरु अन्तराष्ट्रिय बजारमा समेत प्रख्यात छन् । हाल कम्पनिमा करिब ४००० मानिस कार्यरत छन् भने कम्पनिले २५०० भन्दा धेरै थरिका खाद्य सामग्री हरु उत्पादन गर्दछ ।

बिबादको सुरुवात
विवादको शुरुवात गत बिहिबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रमका दौरान गोया फूड्स कम्पनिका प्रमुख कार्यकारी अधिकृत रोबर्ट उनान्यूले दिएको एक अभिव्यक्ति बाट भएको थियो । हिस्पानिक समुदाय लक्षित उक्त्त कार्यक्रममा उनले मुलुकले ट्रंप जस्तो नेता पाएकोमा ” अमेरिका साँच्चिकै धन्य भएको विचार ब्यक्त गरेका थिय । साथै कार्यक्रममा उनले ट्रम्पलाई उसको आफ्नै हजुरबुबासँग दाज्दै तिनीहरू दुबै निर्माणकर्ता भएको र दुई परिवारका बीच एउटा उल्लेखनीय समानता रहेको समेत बताएका थिए । तर तत्कालै विभिन्न आप्रबासी समुदाय हरुले यस अभिव्यक्ति प्रति कडा बिरोध जनाए । उनीहरुका अनुसार ट्रंपका गतिबिधि तथा अभिव्यक्तिहरु आप्रबासीहरु अनुकुल नहुने तथा उनले आप्रबासी हरुको सधै बिरोध गर्ने भएकाले आप्रबासी हरु लक्षित कम्पनिका प्रमुख कार्यकारी अधिकृतको यस्तो अभिव्यक्ति खेद जनक छ । बिशेष गरि हिस्पानिक तथा ल्याटिनो समुदायले यसको खुलेर बिरोध गरे उनीहरुले गोया तथा यसका उत्पादन हरुलाई बहिस्कार गर्न समुदायका मानिस हरुलाई आव्हान समेत गरेका छन् । तर यस बिपरित राष्ट्रपति समर्थित समुहले भने यस अभिव्यक्तिको खुलेर प्रशंसा तथा स्वागत गरेका छन् भने कम्पनीको समर्थनमा यसका उत्पादन हरुको व्यापक प्रचार प्रसार समेत गरि रहेका छन् ।

­

डगोया फूड्स कम्पनि विवाद र यसको आप्रबासी संगको सम्बन्ध
गोया फूड्स कम्पनि आप्रबासी द्वारा स्थापित सबै भन्दा पुरानो र ठुलो मध्यको एक कम्पनि हो । कम्पनि आफ्नो वेबसाइटको मुख्य पेजमा नै आफुलाई हिस्पानिक द्वारा स्थापित अमेरिकाकै सबै भन्दा ठुलो कम्पनि दाबी गरेको छ । यसका सस्थापक स्पेनी मुलका प्रुडेन्सियो उनान्यू हुन् उनि १८ बर्ष को उमेरमा स्पेन बाट पोर्टो रिको बसाई सरेका थिए भने सन् १९१८ मा पोर्टो रिको बाट न्युयोर्क आएका थिए । कम्पनिका वर्तमान प्रमुख कार्यकारी अधिकृत रोबर्ट उनान्यू उनै प्रुडेन्सियो उनान्यूका तेस्रो पुस्ताका सदस्य हुन् । अमेरिकामा आप्रबासी हरुका लागि पनि हो र आप्रबासी हरुले पनि अमेरिकामा आएर आफ्नो बुद्धि र क्षमताले जुन सुकै उचाई हासिल गर्न सक्छन भन्ने उदाहरण हो उनान्यू परिवार ।

त्यसैले रोबर्ट उनान्यूको अभिव्यक्ति लाइ अन्य अमेरिकन कम्पनिका सस्थापक /प्रमुख कार्यकारी अधिकृत हरुले दिएको अभिव्यक्ति भन्दा पृथक ढंगले हेरिएको छ । उनि गोया फूड्सका प्रमुख कार्यकारी अधिकृत मात्रै होइनन उनि समग्र सफल आप्रबासी तथा तिनका पुस्ताका प्रतिनिधि पनि हुन् । रोबर्ट उनान्यूको समर्थन लाइ ट्रंप क्याम्पले आफुहरुलाई आप्रबासी हरुको समेत समर्थन रहेको भन्ने कुरा संग लगेर जोडेका छन् भने गैर ट्रंप समर्थकहरु यसलाई एक ब्यापारी तथा मालिकको अभिव्यक्तिका रुपमा मात्र बुझेका छन् । तर जसलाई लक्षित गरेर कम्पनिले आफ्नो अधिकांस उत्पादन गर्दछ उनान्यूको अभिव्यक्तिले उनीहरुको चित्त दुखाएको प्रष्ट छ । करिब ६ करोड हिस्पानिक तथा ल्याटिन अमेरिकी मानिस हरुको बसोबास रहेको अमेरिकी बजारमा यदी उनीहरुले साच्चिकै गोया उत्पादनलाई बहिस्कार गरे भने कम्पनिले ठुलो मुल्य चुकाउनु पर्ने निश्चित छ ।

इति ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected