-शिव शर्मा
सुनिता बस्नेत थापा अमेरिकाको टेक्ससमा बसेर साहित्य सृजनामा कृयाशिल नारी हस्ताक्षर हुन । अमेरिकामा कामको व्यस्ततालाई पन्छाउदै उनी साहित्य लेखनमा लागीरहेकी छिन् । मूलतः उनी साहित्यको पनि कवितामा विद्यामा आफनो कलम दौडाई रहेकी छिन् ।
नेपालको नारेश्वर गोरखामा जन्मिएकी थापा पछिल्लो समय कर्म गर्ने क्रममा अमेरिकाको टेक्सस स्थित ड्यालसमा सपरिवार बस्दै आएकी छिन् ।
हुन त उनी पेशाले बिरामीको सेवामा अहोरात्र खटिने नर्स हुन । यो व्यस्त पेशाको बाबजुत पनि उनी लेखनमा आफुलाई अग्रसर गराइरहेकी छिन् । सुनिताका सृजनाहरु पत्रपत्रिका देखि अनलाइन मिडियाहरुमा बारम्बार पढन पाइन्छ । उनी समसामयिक विषयमा केन्द्रित रहेर आलेखहरु पनि लेख्दै आएकी छिन् । टेक्ससमा हुने साहित्य वाचन श्रृखलाहरुमा पनि उनको उपस्थिति बाक्लो हुने गरेको छ । केही साहित्यिक प्रतियोगिताहरुमा सहभागी भएर उनले पुरस्कार पनि हात पारेकी छिन् ।
आफना फुटकर रचनाहरुलाई संगालेर सुनिताले एउटा पुस्तकको आकार दिएकी छिन् । नेपालमा गएको बेला उनले विम्ब नामक कविता संग्रह पुस्तक प्रकाशन गरेर लोर्कापण पनि गरेकी थिइन । याे संगै उनले सुरवी नामक गीति एल्बम पनि निकालिन ।
मैले पनि अध्ययनका लागी उनले प्रकाशन गरेको पुस्तक विम्ब उपहारको रुपमा पाएको थिए । नेपाली मन्दिरका गुरु कृष्ण भट्टराई मार्फत उक्त पुस्तक उनले मेरो हातमा थमाएकी थिइन । तर कोरोन महामारीको समय भएकाले मैले उक्त पुस्तक गुरु भट्टराई मार्फत झण्डै एक महिनापछि हात पारे । पुस्तक प्राप्त गरेपछि सरसर्ति अध्ययन गरे । गीत कविता र हाइकुहरु संग्रहमा रहेछन् । अधिकांश रचनाहरुले समसामयिक विषयलाई उठान गरेको पाए । पुस्तकमा वर्षो अघि कोरिएका रचना देखि हालसालै कोरिएका रचनाहरु पनि समावेश भएको पाए । पुस्तकका रचनाहरु पढेपछि मलाई पनि उनको पुस्तक बारे केही लेखौ भयो ।
बीस वर्ष भन्दा अघि लेखिएका विभिन्न रचनाहरुलाई उनले यो पुस्तकमा समावेश गरेकी छिन् । पढाई जागीर तथा परिवारको जिम्मेबारीले उनलाई केही समय त लेखनबाट ओझेल पनि पा¥यो । तर केही वर्ष देखि भने उनले सबै तारतम्य मिलाएर आफनो लेखनको यात्रालाई अगाडी बढाएकी छिन् । उनले वर्षो देखि खुम्चिएको साहित्यिक पखेटा फडफडाउन थाल्नु तथा स्थापित साहित्कि व्यक्तित्वहरु संगको निकटता बढदै जानुकै कारण लेखनको हुटहुटीले पुस्तकको आकार लिएको बताइन ।

विद्यार्थी अवस्था देखि नै साहित्यमा रुची भएकी सुनिताले लामो समयको अन्तरालपछि आफना रचनाहरुलाई पुस्तकको आकार दिन पुगेकी छिन् । यही मेसोमा जन्मिएको उनको सृजना विम्ब कविता संग्रहले मायाप्रेम, समाज, परदेश, देशप्रेम, नारी समानता लगायत अन्य विसंगतिहरुलाई केस्रा केस्रा केलाउने काम गरेको छ ।
घरदेश छाडेर आफन्त र त्यो आफनो परिवेश सम्झदा परदेशमा कस्तो न्यास्रो हुन्छ । यो सब परदेशमा बस्नेहरुलाई थाहा छ । आफनो परदेश मनको न्यास्रोपनलाई नभन परदेशी शीर्षकको कवितामा यसरी पोखेकी छिन्–
नभन मलाई त्यो परदेशी भनी
सन्तान तिम्रैं हु“ जहा गए पनि
नभन मलाई त्यो निष्ठुरी भनी
भषा तिम्रै बोल्छु जहा भए पनि

उनले कवितामा यसरी बस्तु यथार्थतलाई सरल भाषामा अभिव्यक्त गरेकी छिन् । विभिन्न विषयमा कोरिएका कविता तथा गीतमा उनले युगिन परिवेशलाई उठान गरेकी छिन् ।
सुनिताले यहा“ सामाजिक यथार्थता संगै प्रेमका कुरा पनि गरेकी छिन् । प्रेममा पनि चोट र घाउको कुरा गरेकी छिन् । प्रेममा पीडा दिनेहरुले रुवाएका पलहरु कस्तो हुन्छ त्यो चोटको पीडा लगात्तर अचानो माथि चोट बर्षाउने खुकुरीलाई के थाहा होस । भोग्नेलाई कति पीडा हुन्छ चोट दिनेलाई के थाहा ? अचानो शीषर्कमा उनी यसो भन्छिन्–
अचानो जति नै छियाछिया भए पनि
रोकिने होइन दाउका प्रहारहरु
ऋचानो आफै सिध्दिदै जा“दा पनि
दबाईरहेकै हुन्छ आत्मका पुकारहरु ।

कतै उनले मायामा आशाका कुरा पनि गरेकी छिन् । संभावनाका कुरा पनि गरेकी छिन् । कतिपय सृजनामा उनले अभिव्यक्ति स्वतन्त्रताको आवाज पनि मुखरित गरेकी छिन् ।
नारीको बेदना, पीडा र समस्यालाई पनि उनल कवितामा उनेकी छिन् । कतै नारी पिसिएको कुरा गरेकी छिन् । कतै नारीको आवाजलाई माथि पु¥याएकी छिन् । मेरो सेता सारी शीर्षकको कवितामा उनले सानैमा बिहे गरेर विधवा बन्न पुगेकी नारीको आवाजलाई बुलन्द गरेकी छिन् । मेरो सेतो सारी शीर्षकको कविताम उनले १६–१७ वर्षमा सेता विधवा बनेर सेता बस्त्र पहिरिएको महिलाको पीडा बोलेकी छिन् ।
यस्तै धेरै विषयमा उनको संग्रहमा कविताहरु पोखिएका छन् । उनले आमाको गीत गाएकी छिन । देशेको गीत गाएकी छिन् । विभिन्न विषयमा कोरिएका ७३ विभिन्न शीषर्कका कविता, हाइक र गीत विद्याका रचनाहरुले नेपाली समाजको विभिन्न विषयलाई उठान गरेको छ ।
पहिलो संग्रहमा कही कतै केही त्रुटी देखिए पनि समग्रमा पुस्तकमा समावेश रचनाहरु पठनिय नै छन् ।

यो सग्रहविम्बमा कविता संगै गीत र केही हाइकु पनि समावेश रहेका छन् । पुस्तकमा समावेश रचनाहरुले नेपाल समाजलाई खबरदारी समेत गरेको छ । बिकृति र बिंसगति विरुद्ध आवाज बुलन्द गरेको छ ।
स्वयं महिला भएकाले उनले कवितामा महिला मुक्तिका कुरा पनि उठाएकी छिन् । घरदेश छाडेर परदेशी हुदाको पीडालाई पनि उनले कवितामा पोखेकी छिन् । कवितामा पीडा दर्द देखी खुशी र सुखका अनुभुतिहरु पोखिएका छन् । कवितामा उनले निराशावादी भन्दा धेरैलाई आशावादी हुन सिकाएकी छिन् । सायद बिरामी सेवा खटिएकी नर्स भएकाले पनि होला उनमा मानवीय भावनाका धर्साहरु कवितामा छरपष्ट भएका छन् ।
विदेशको व्यस्त समयलाई समेत थाती राखेर साहित्य सृजनामा अनवरत लागीरहेकी स्रष्टा सुनिता बस्नेत थापाका अन्य विषयका कृतिहरु पनि भविष्यमा आउदै जाउन । उनको साहित्य यात्राको लागी सतत शुभकामना ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected