अमेरिकाकी यी एक्ली आमाको व्यथा
धेरै पछ्यायो उसले मलाई । हरेक कुरा ख्याल गथ्र्यो उसले मेरो । मैन झै पग्लिए उसको प्रेममा । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमामा स्नातकोत्तर गरेपछि मैले काठमान्डोको भोटाहिटीमा प्राइभेट कलेज पढाउन थालेकी थिए ।
ठ्याक्कै भन्दा उसको र मेरो भेट त्यही कलेजमा भएको हो । ऊ अर्थात निमेश शर्मा । ऊ पनि त्यही कलेजमा पढाउथ्यो । ख्याल ठटैमा बस्यो पिरती । ऊ सुदुरपश्चिमको रैथाने थियो । म काठमान्डौ खाल्टोमा हुर्कि बढेकी केटी । लाड प्यारले हुर्किएकी एक्ली छोरी ।
आखिर सम्बन्ध जोडिन भुगोलले छेकबार गर्ने कुरा पनि थिएन । हाम्रो सम्बन्ध यति गाढा भइसकेको थियो कि ऊ मेरो घरमा आउने जाने भइसकेको थियो ।
सनिसा मेरो नाम भए पनि ऊ मलाई सानी भनेर बोलाउथ्यो । मेरो मैले केवल साथीको रुपमा उसलाई घरपरिवारमा परिचय गराएको थिए । तर झूठ धेरै टिक्न सकेन । घरमा गाइगाई चल्न थाल्यो । मैले घरपरिवारमा सबै कुरा खोलीदिए । तर बुबाआमालाई साथी भन्दा माथी प्रेमी प्रेमिका भएको फिटिक्कै मन परेन । साथी भन्दा माथि नउठन परिवारको दबाब आयो ।
घरपरिवार राम्रो संग नबुझेको र अन्जान व्यक्तिसंगको सम्बन्ध परिवारलाई स्वीकार्य भएन । आखिर सम्बन्ध प्रेम भन्ने कुरा अन्जान व्यक्तिसंग चिनजान हुदै न बस्ने हो । प्रेम स्वीकार नगरेको परिवारलाई विवाह गर्ने कुरा त झन धेरै परको कुरा थियो । घरपरिवारमा थाहा भएपछि उसको आउने जाने क्रम पातलो भयो । तर पनि हामी बाहिर पार्क , रेष्टुरा र फिल्महलमा भेटन थाल्यौ । झनै हाम्रो सम्बन्ध प्रगाढ बन्दै गयो । एक अर्कालाई राम्रोसंग बुझेका थियो । मैले उसलाई एउटा कुरा लुकाएको थिए डिभी लोटरी परेको । अन्तवार्ता सकिएर भिसा लागेपछि बल्ल उसलाई भनेकी थिए । भिसा लागेको कुरा सुनेपछि ऊ जंगीयो । पहिला किन नभनेको भन्दै आक्रोस पोख्न थाल्यो ।
भिसा लागेको थाहा पाएपछि उसले विवाह गर्न दबाब दियो । संगै अमेरिका जाने प्रकृयाका लागी दबाब दियो । कि मछुृ कि मार्छु भन्दै मलाई धम्काउन थाल्यो । अमेरिका जाने तय भइसकेको मिति सार्न भन्यो । अमेरिकी राजदुताबास गएर मिति सारे बल्लतल्ल । धेरैल झमेलाले कागजपत्र मिल्यो घरपरिवारको सर्पोट नहुदा नहुदै पनि विहे गरेर कागजात मिलाएर ऊ संगै अमेरिका उडे । कता कता मनमा न्यास्रो भने लागीरह्यो । जन्मदिने बाबाआमालाई बेबास्ता गरेर आफै निर्णय गरे । जिन्दगीमा साथीको आवश्यक त थियो । सधै एक्लै बाच्न संभव पनि थिएन ।
अमेरिका आएपछि सपनाका मालाहरु बुनियो । विशाल महासागर जस्तै अमेरिकामा थोपा झै हराइयो । पहाड जस्तै चुनौतीहरु सुरुमा खडा भए । पन्छाउदै दुबै जना हातेमालो गदै अघि बढ्यौ । एक अर्काको माया र साथले सबै दुखहरु बिर्सायो । एउटालाई चोट पर्दा अर्कालाई दुखेको महसुस गथ्र्यो
दुवै मिलेर दिनरात नभई हाड घोटेर काम गरियो । केही वर्षमा राम्रो पैसा जम्मा गरियो । घर किनियो अमेरिकाको टेक्ससमा । नया गाडी किनियो । संधै अरुको काम गर्नु भनेर एउटा ग्रोसरी स्टोर किनियो । दुबैको मिहिनेतले कामदारबाट व्यवसायीको बाटोमा लम्कियौ । लामो संघर्षपछि आत्मसन्तुष्टि पनि दिएको आभास दिलायो ।
स्टोररबाट व्यापार राम्रो हुदै गयो ।
आम्दानी पनि सोच भन्दा राम्रो भयो । यसले थप व्यवसाय बिस्तार गर्ने महत्वकांक्षा बढायो । सैलुन व्यवसायको बढ्दो प्रभावले मलाई पनि त्यतातिर आकर्षित गरायो । उसले स्टोरको व्यापार हे¥यो । मैले थ्र्ेडिङ लगायत हेयर स्टाइलको कोर्स पुरा गरेर हेयर सैलुन सुरु गरे । ऊ स्टोरतिर व्यस्त रह्यो । त्यताको बिजनेस उसले समाल्यो । मैले सैलुनको बिजनेस समाल्नेतिर लागे । सैलुन पनि बिस्तार राम्रै चल्न थाल्यो ।
बिजनेस पछि हाम्रो जिन्दगी सहज रुपमा चल्दै थियो । एक अर्कामा विश्वासको कुनै कमी थिएन ।
हाम्रो चिनोको रुपमा छोरा पनि जन्मिएको थियो । उज्यालो दिन आएको महसुस गरेकी थिए । मनभरी खुशी भरिएर पोखिन आँ
टेको थियो । घरपरिवारलाई समेत बेबास्ता गरेर ऊसको मायालाई सबै ठानेर अमेरिका आएकी मात्र थिइन उसलाई संगै ल्याउन कम्ति पापड बेल्नु परेको थिएन । यही भएर त उसको हुन पाएकी थिए ।
आखिर जिन्दगी संधै एकैनास नहुदो रहेछ । आकाशमा कालो बादल मडारिन थाल्यो । सबै धुमिल देखिए जस्तै हुन लाथ्यो । जुनतारा त्यही कालो बादलले डाक्दै गयो । यही सिलसिला हाम्रो जिन्दगीमा पनि अनायासै त्यही परिस्थिति आइपुग्यो । कालो बादल मात्र फाटेन चटयाङनै परे जस्तो भो हाम्रो जीवनमा । सानोतिनो कुरालाई लिएर ऊ झगडा गर्न तम्सिन थाल्यो ।उसको व्यवहारमा आएको एकाएकको परिवर्तनले आकाश खसेर आफैलाई थिचे जस्तो भयो । एउटै घरमा लोग्ने स्वास्नी बिपरीत दिशातिर मोडियौ । पराय जस्तै भईयो । हाम्रो सुत्ने बिस्तारा नै फरक भयो । खै किन हो ऊ आफै टाढिए जस्तो अनुभव गरे । श्रीमतिले श्रीमानबाट पाउने माया घट्दै गयो । हामीबीच ठुलै दरार उत्पन्न भयो । मत रतिभर पनि उसलाई घृणा गर्न चाहिन । माया गरिरहे । उसको माया पाउन धेरै प्रयासहरु गरिरहे । ऊसंग नजिक हुन हर प्रयत्नहरु गरे । तर अह ऊ फेरिन । झनै कठोर बन्दै गयो ।
जिन्दगीमा यो परिस्थिति सृजित होला भनेर कहिल्यै सोचिन । मिलेर बस्न उ संग कयौ बिलौना गरे । रोए कराए । झुक्ने प्रयासहरु धेरै गरे । तर अह उसले कुनै प्रतिकृया जनाएन । उसको व्यवहारले म किंकर्तव्यविमुढ बने । ऊ मा अनायसै आएको परिवर्तन देखेर आफै छक्क परे । ऊ केवल छुटिने कुरा मात्रै गर्न थाल्यो । स्वतन्त्र बस्ने चाहना भयो रे उसलाई । उसको कुराले मनमा ठेस लाग्यो । आखिर उसले आफनो हठ छाडेन । छोरा र मलाई छाडे ऊ घर छाडेर हिड्यो । कति खोजे उसलाई भेटिन । हरप्रयास गरे उससंग झुक्न । कता गयो अत्तापत्तो भएन । घर छाडेर हिडेपछि ऊ सम्पर्कबिहीन भयो ।
फेसबुकबाट समेत मलाई ब्लक गरेछ । । झन्डै दुई वर्ष भइसक्यो ऊ मदेखि छुटिएर गएको । अदालतमा छुटिएर बस्न पाउ भन्दै मुद्धा दर्ता गराएको छ भन्ने सुनेकी थिए । हो रहेछ पछि थाहा पाए । स्वतन्त्र उसको जीवनमा अब बाधक बन्ने प्रयास गरिन । चाहेको त संगै बस्ने थियो तर उसले लत्याएर गयो ।
स्वतन्त्र बस्ने भन्दै हिडेको ऊ अरु कोही महिला संग लिभ इन रिलेसनसिपमा मा बसको रहेछ । सुनेर आफैलाई धिक्कार्न मन लाग्यो । बस यही उसले छाडेको चिनो छोरोको अनुहार हेरेर अमेरिकाको व्यस्त दैनिकमा आफुलाई समाहित गराउने प्रयासमा लागी रहेकी छु । संधै रोएर पनि जिन्दगी नचल्ने रहेछ । ‘कहा“को मान्छेलाई विश्वास गरेर हेर, भोली धोका दिदा थाहा पाउली, आमाले त्यो बेला भनेको बाक्य अहिले झलझली सम्झेकी छु । आखिर यो सब मेरो कर्म र भाग्यकै खेल हो भन्ने ठानेकी छु । दोष अरुलाई दिएर पनि केही फाईदा छैन । जे छ त्यसैमा चित्त बुझाउने प्रयास गरेकी छु ।
सनिसाको यो कथाले मलाई पनि छोयो । नागिराफल्स घुम्न गएको बेला साथी मनिषले मलाई उसको कथा सुनाएको थियो । आज त्यसलाई हुबहु शब्दमा उतारेर सकाए । बाकी उनिहरुको कथा फेरी लेख्न तयारीमा छु । राती एघार बजे सुरु गरेको कथा झन्डै दुई घन्टामा सकाएर कथा संगै हराउदै निद्रामा बिलय भए ।