घरदेशदेखि परदेशको गुड्डीसॅगै उॅड्ने र बुड्ने अनि हिंड्नेको परिकारहरुलाई चियर्स र चुस्कीले बिर्को लाएर भाले बास्ने बेलातिर घर फर्केको थिएं। गराज खोलेर भित्र पस्ने बित्तिकै उस्को तिखो रोषपुर्ण आवाज कानमा गुन्जायमान भो।मलाइ किन ढिलो आइस् भनेर गालि गरेको होला या ॲध्यारेमा बस्न परेर होला। निस्पट्ट ॲध्यारोमा पनि म छिर्ने ढोकामा मलाई कुरेरबसि राखेको थियो उ।
साथीसॅगीसॅगको जमघटमा पुग्न अवेर होला र उनीहरु रिसाउलान् भनेर बत्ती नै नबाली उस्लाई ॲन्धकारमा पो छोडेर गएको रहेछु। मलाइ देख्ने बित्तिकै सबै बिर्सिएर निर्दोष बच्चा जस्तै फुरुक्क परेर आफ्नो ओच्छ्यानमा सुत्न गयो।
कहिले उस्लाई खाना राखिदिन बिर्सन्थें त कहिले दिसापिसाब गराउन …सधैंको हतार र होड नै थियो नि मलाई।आफन्त बनाउने होड। जमघटमा आकर्षणको केन्द्विन्दु बन्ने होड..अनि जीवनभरको नाता गांस्ने होड!
आज समय परिश्थितिले कोल्टो फेरेकोछ। चियर्स र चुस्कीका आवाजहरु मलिन् छन्।सॅसारमा पीडा र शोक छाएको छ।वरपर कोहि छ त उहि छ।
बोल्न सक्दैन तर भाव सबै बुज्छ। रिसाउंदा पनि खुशी हुंदा पनि वरिपरि नै डुल्छ। खान पावस् न पावस् टुलु टुलु मैलाई हेरिरहन्छ।पुच्छर हल्लाउंदै भन्छ ‘म छु नि’ । उस्लाई मुसारौं या नमुसीरौं केहि फरक पर्दैन तर एकै छिन छुन पायो भने निलौंला जस्तो गरेर चाट्छ।बस् माया दिन्छ निस्फिक्री।धन्य छौ तिमी मेरो निश्वार्थी चारखुट्टे साथी!
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...