यस्ताे छ पाँच पटक विश्वकप जित्ने पर्यटकीय मुलुक ब्राजिल

ब्राजिल एक पर्यटकिय देश हो, यो दक्षिण अमेरिकामा पर्दछ । ब्राजिल बिश्वको पाचौं र दक्षिण अमेरिकाको सबै भन्दा ठुलो देश हो । यहाँको जनसंख्या लगभग साढे २१ करोड रहेको छ । ब्राजिल बिश्वकै ठुलो जलस्रोतको धनी देश हो साथै बिश्वको दोस्रो ठुलो नदि अमेजन नदि र बिश्वको सबैभन्दा ठुलो जङ्गल अमेजन जङ्गलका धेरै हिस्साहरु ब्राजिल भित्रै पर्छ । ब्राजिल दक्षिण अमेरिका भित्र पर्ने इक्वेडर र चिली बाहेक सबै देश सँग जोडिएको छ । ब्राजिलको राजधानी ब्रासिलिया हो । पहिला रियो द जेनेरोयो थियो भने १९६० मा राजधानी ब्रासिलिया सारिएको थियो । यहाँको देशका मानिसहरू ५०% गोरा रङ र ५०% अन्य रङका छन् । यो देशको सबै भन्दा ठुलो शहर र ठुलो ब्यापारिक केन्द्र स्थल साउ पाउलो हो । पर्यटकिय स्थलको रुपमा रियो द जेनेरियो एक महत्त्वपूर्ण ठाउँ हो जहाँ बिश्वको सातौ आश्यर्यजनक अजुबा मध्य एक यहाँ पर्छ । जुन बिशाल मुर्ति क्राइस्त द रीडिमर हो । यो मुर्ति हेर्न बिश्वका धेरै देशका पर्यटकहरु यहाँ आउने गर्छन् ।
ब्राजिलको मुख्य आयस्रोत पर्यटन र कृषि हो । संसारको सबै भन्दा बढी कफि उत्पादन हुने देश पनि ब्राजिल हो । यहाँको राष्ट्रिय भाषा पोर्तुगल हो । ब्राजिल सन् १८२२ मा स्वतन्त्र घोषणा भएपनि १८२५ मा मान्यता पाएको यो देशमा १८८९ मा गणराज्य स्थापना भएको थियो । यो देशमा रास्ट्रपतिको लागि चार बर्षमा एक पटक चुनाव लड्छन् । यहाँको राष्ट्रिय खेल फुटबल हो । विश्वकप फुटबल ५ पटक सम्म यो देशले जित हासिल गरीसकेकाे छ । ब्राजिलियनहरुको हरेकको मुटुमा फुटबल प्रती मोह हुने गर्दछ । यहाँ हरेक शहरमा एउटा सुबिधा सम्पन्न स्टेडियम हुने गर्छ । ओलम्पिक गेम गर्ने पहिलो साउथ अमेरिका पनि ब्राजिलनै पर्दछ । विश्वको धनी र चर्चित फुटबल खेलाडी पेले, रोनाल्डो, नेयमार पनि यहि देशका हुन् ।विश्वको सबै भन्दा बढी प्रजातिका सर्प र बादर पनि यसै देशमा पाइन्छ ।
ब्राजिल एक स्वतन्त्र देश हो । यस देशका महिलाहरू बिश्वको सुन्दर महिला भित्र पर्छ । यो देशमा छोरीलाई प्राथमिकता दिइन्छ । छोरा भन्दा बढी छोरीको मात्रा बढी भएको यो देशमा छोरीको बढी चहाना गर्छन् । प्राय मानिसहरू सधै मोज मस्तिमा रमाइरहेको पाइन्छ । भोलिको लागि भन्दा आज रमाइलो गरौ खुसी हौ भन्ने चाहान्छन् । सबै जना आ-आफ्नै दुनियाँमा ब्यस्त हुने यो देश नागरिक सबै जना हसिला, फरासिला र मिलनसार हुन्छन् । यहाँका नागरिकले साना ठुलो काम र भेदभाव राख्दैनन्, सबैलाई समान ब्यवहारले हेर्ने गर्छन् । यो देशको कमजोरी यहाँ विभिन्न किसिमको लागु औषध सेवनले युवाहरू फसेका छन् । चोरी, लुटपाट, हत्या, हिंसा पनि उत्तिकै हुने गर्दछ । यहाँ दिनकै हत्या हुने गर्दछ । यहाँ लागू औषध खानको लागि आयस्रोतले नपुगेर लुटपाट र चोरी गर्ने गर्दछ्न् यदि उनिहरु सँग प्रतिबाद गर्यो भने सिधै गोली चलाउँछन् । यस्ता कार्यहरु रोक्नको लागि पुलिसले कण्ट्रोल गर्न सकेको छैन, प्राय बिदेशीहरु यस्ता ब्याक्तीहरु सँग लुटिने गरेका छन् । प्राय लुटपात गर्नेहरु सँग पेस्तोल, चक्कु हुने गर्छ, यिनीहरुको आफ्नै समूह हुने गर्छ । त्यसै कारण यहाँ मान्छेहरु एक्लै हिड्दा महत्त्वपूर्ण समान साथमा बोकेर हिंड्न डराउछन् ।
ब्राजिल स्वतन्त्र देश भएकोले खुलेर आफ्नो तरिकाले रमाउदै हिड्न पाइन्छ, कसैको रोकतोक हुदैन । यो देशको आफ्नै छुट्टै संस्कृति छ । धेरै किसिमको चाडबाड र उत्सब मनाउने यो देशमा क्रिसमस, नयाँ बर्ष महत्त्वपूर्ण चाड हो । कार्नबल एक महिना सम्म चल्ने सबै भन्दा ठुलो र प्रख्यात उत्सब हो । यो उत्सब हेर्न पर्यटकहरु अन्य देश देखि यहाँ आउने गर्छन् । कार्नबलमा देशका सुन्दर युवतीहरु सडक र समुन्द्री किनारमा आएर आफ्नो सुन्दरता प्रर्दशन गरि सबैको मन लोभ्याउछन् । साम्बा डान्स यहाँको सबै भन्दा लोक प्रिय डान्स हो भने यो देश सेक्स टुरिजम देश भएकोले स्वतन्त्र रुपमा आफुले पर्यटकको सेवा दिन सक्छन् । यो देशमा रेड लाइट एरिया छुट्टाइएको छ । यहाँ धेरै समलिङ्गीहरु हुन्छन् साथै यो यस्तो देश हो जहाँ स्वतन्त्र रूपमा आफ्नो अङ्ग साट्न पाउछन् । स्वतन्त्र तथा खुल्ला देश भएपनि आम्दानी चाहिँ खासै हुँदैन ।
साओ पाउलो ब्राजिलको सबभन्दा ठुलो सिटि र व्यापारिक केन्द्र स्थल हो । समुन्द्र नजिकै भएकोले विभिन्न देशबाट समान ल्याउन सजिलो हुनाले यो ठाउँ मानिसहरु आउ जाउ गर्ने र ब्यापार गर्ने स्थल हो । विभिन्न देशको मानिसहरु यो देशमा आएर ब्यापार बिजनेस गरेर बसेका छन् । नेपाल, चाइना, कोरिया, जापान, भारत, पाकिस्तान, बङ्गलादेश, अरबिक देशहरुका मानिसहरु बिजनेश गरेर राम्रो आम्दानी गरी बसेका पनि छन् । प्राकृतिक सुन्दरताले भरिपुण तथा आकर्षक पर्यटकिय देश ब्राजिल बास्तबमा अति सुन्दर छ, यहाँ आउने जो कोहि पर्यटकहरु आनन्दताका साथ रमाउन सक्नेछन् ।