जमघटै हो, कहिले को सँग कहिले को संग भेटघाट भईरहन्छ । पुरानाचिनेजानेकाहरु संग भलाकुसारीका साथै स्थिति हेरि लामै कुराकानी हुन्छ ।नयाँ संग सामान्य परिचयबाट कुराकानी हुँदा  कोहि नातेदार पर्न आउँछन, कोहि आफ्नै जिल्ला गाउँका पर्न आउँछन, कोहि समान राजनीतिकआस्थाका पर्न आउँछन, कोहि आफ्नो रुची संग मेल खाने हुन्छन। अनि “भेडाभेडा संग, बाख्रा बाख्रा संग” हुन्छ ।  तर कहिलेकाँहि “चिन्नु न जान्नु घचेडीमाग्नु” स्थितिमा परिन्छ । जरुरत भन्दा ज्यादा खोजीनीति हुन्छ । आफ्नोव्यक्तिगत जानकारी सवै पेश गर्नु पर्ने हुन्छ । अझै, भन्नु पर्दा प्रहरीकोकेरकारमा वा अदालतमा वकिललाई बयान दिए जस्तो स्थितिमा परिन्छ ।

कथा दश बर्ष पुरानो घटनामा  आधारित छ । स्थान अमेरिका हो । कुनशहरमा भनेर नसोध्नु होला । त्यसले कथामा कुनै बिशेष योगदान गर्दैन ।पात्रको धेरै परिचय पनि त्यति आवस्यक नपर्ने हुनाले संकेतात्मक रुपमाउल्लेख गरेको छु । अर्थात् त्यस्तै ४०–४५ बर्षको, नेपाल बाट अमेरिका आएरकुनै व्यवसाय गरिरहेको,  नेपालमा अर्ध–सामन्ती परिवेशमा हुर्केको रअमेरिकामा भए पनि त्यो संस्कार नगएको, अथवा त्यो बिकृतिको बारेमाअनभिज्ञ रहेको । “बर्मा गएपनि कर्मा (सोचाई) सँगै ” भने जस्तै स्थितिमारहेको  । अव धेरै पृष्ठभूमि नबाँधि सिधै कथामा प्रवेश गरेँ -“बुझ्नेलाई ईशारैकाफी” ।

एउटा बिहाको जमघटमा उहाँ भेटिनु भयो । उहाँ संग मेरो पहिले कुनै परिचयथिएन । देखेको पनि थिइन। म बसेकै टेबलमा आएर बस्नु भयो । केहि सोध्नुपनि भएन – अरु कोहि छ भनेर । मलाई खासै फरक त परेन किनभने म एक्लैत्यो बिहाभोजमा आएको थिएँ । मैले चिनेजानेका थुप्रै आउँदै हुनुहुन्थ्यो ।फेरि के बुझिरहेको थिएँ भने हामी दुवैले चिनेकाहरु पनि त्यहाँ थुप्रै थिए ।उहाँले पहिले मेरो नाम, यहाँ के गरिरहेकोछु र कहाँ बस्छु भन्ने जानकारी लिनुभयो । तर आफ्नो बारेमा केहि भन्नु भएन । ठिकै छ मलाई किन सोधिरहनुपर्यो र भन्ठानें। बास्तवमा म अरुहरुलाई  पर्खिरहेको थिएँ । हाम्रो त्योटेबलमा सवै जम्मा भएर एउटा सामाजिक कार्यक्रम गर्ने बिषयमा छलफलगर्ने कुरो थियो । भनौं -“पशुपतिनाथको यात्रा, सिद्राको व्यापार” जस्तो कुरोथियो । अरु बेला यसरि प्रतक्ष्य भेटघाट  जुर्न पनि गार्है हुन्थ्यो । उहाँ पनिकतै न कतैबाट हामी संगै आवद्ध हुनुहुन्छ भन्ने लागिरहेको थियो । त्यसैलेमैले उहाँको उपस्थितिलाई त्यति अप्ठ्यारो मानिरहेको थिइन् ।

 

उहाँले सोध्नु भयो – ” नेपालमा तपाईंको घर कहाँ हो ?”

” काठमाडौँ” मैले भनेँ ।

” काठमाडौँ कहाँ?”

“ठमेल”

“तपाईंको जन्म कहाँ भएको ?”

” त्यहि ठमेलमा”

“बुवा कताबाट आउनु भएको?”

” उहाँ पनि त्यहिँ हो।“

” अनि हजुरबुवा ?”

“उहाँ पनि त्यहिँको  हो ।“

” कति पुस्ता भयो काठमाडौँमा ?”

मलाई उहाँको मद्यम रवाफिलो बोलीचालीले अलिकता दिक्क लागिरहेकोथियो । त्यसैले मैले नजिकै हिँडिरहेको अतिथी सत्कारकर्मीलाई बोलाएरपानी ल्याउन भनेँ ।

कुरो एकछिनलाई पर सर्यो । मैले पानी खाँदै थिएँ, उहाँले सोध्ने क्रम जारिराख्नु भयो ।

“कुन स्कूलमा पढ्नु भयो ?”

“जे.पि. हाईस्कूल“

“अनि कलेज ?”

“त्रि–चन्द्र“

” के पढ्नु भयो ?”

“आर्ट्स “

“आर्ट्समा के ?”

“इकोनोमिक्स“

“युनिभर्सिटी जानु भयो?”

“अँ, किर्तिपुर दुई बर्ष धाएँ नि त ”

मैले यो निरस वार्तालापमा अलिकता सास फुक्ने हिसावले कुरा गरेँ । तरउहाँलाई मैले रमाइलो पाराले कुरा गर्न खोजेको मन परेको छैन भन्ने गन्ध मैलेथाहा पाएको थिएँ ।

” कति बर्ष भयो अमेरिका आउनु भएको ?”

” पाँच बर्ष “

” ए धेरै भएको रहेनछ । म आएको त दश बर्ष भईसक्यो ।“

“अनि कता बिबाह गर्नु भयो?”

“नक्साल, चारढुंगे “

“ए, कुन घरमा ?”

” राम प्रसाद मेरा ससुरा हुन् ।“

” ए, के उहाँ प्रहरीमा हुनुहुन्थ्यो?”

” हो “

” मेरो बुवा प्रहरीमा डिआईजी हुनुहुन्थ्यो । उहाँले नक्साल, राम प्रसाद भनेकोसुनेको थिएँ ।“

“उहाँका तीन जना छोरीहरु थिए, हैन? कुन संग बिहा भयो ?”

“हो, जेठी संग“

” उहाँ पी.के मा पढाउनु हुन्थ्यो, हैन ?”

“हो “

मलाई लागिरहेको थियो – उहाँ संग मलाई सोध्नु पर्ने धेरै प्रश्नहरु बाँकी नैछन् । मैले उहाँका हरेक प्रश्नहरुको आज्ञाकारी बिद्यार्थीलेझैं जवाफ दिनु पर्छ। अनि, उहाँले मेरो मुल्यांकन गर्नुहुन्छ । म पास भएँ भने कुन श्रेणीको संगतगर्ने निर्णय गर्नुहुनेछ । तर उहाँलाई थाहा थिएन– म पनि उहाँको मुल्यांकनगरिरहेको थिएँ |

त्यहि बेलामा मलाई खोज्दै मित्रहरुको टोली आइपुग्यो ।

” कहाँ दाइ त यहाँ कुनामा बस्नु भएको रहेछ । यहाँ काली प्रसादजीसंग पोहुनुहुँदोरहेछ । हामी त दाइलाई बाहिर बगैंचामा खोजिरहेका थियौं।” भन्दैसवै त्यहिं टेबलको वरिपरी राखेका कुर्सीहरुमा बसे । एक छिन यता उताकाकुराहरु गरिसकेपछि नेपालमा अझै अरु प्रोजेक्टहरु संचालन गर्ने कुराहरुभए ।  कालीप्रसादजीले कुरा सुनिरहनु भयो । उहाँलाई असजिलो महसुसभैरहेको पनि बुझ्न सकिन्थ्यो । एक जना मित्रले भन्नुभयो -” दाइ त नेपालमा… हुनुहुन्थ्यो । संसार भरका बिस्वबिद्यालयहरुमा हुने गोष्ठी, अन्तर्ररास्ट्रियसम्मेलनहरुमा भागलिनुहुन्थ्यो । प्रोजेक्टहरु हेर्नुहुन्थ्यो |” कालिप्रसादजीले तराम्ररि चिन्नु भएकै होला |”  

कालीप्रसादजीले केहि बोल्नु भएन । उहाँ आफ्नो मुखाकृतिमा आएकोपरिवर्तनलाई लुकाउने असफल प्रयास गरिरहनु भएको थियो। हामीहरुआपसी छलफलमा लाग्यौ । कुन्नि कति बेला कालीप्रसादजी त्यहाँबाटगायब भईसक्नुभएको रहेछ ।

तीन महिना पछि कालीप्रसादजी फेरि एक अर्को जमघटमा भेटिनु भयो ।मलाई उहाँले देख्नु भयो, भएन या चिन्नु भयो भएन मैले ठम्याउन सकिन ।पछि यसो हेर्दा एउटा कुनामा उहाँ कसैसंग ‘कुराकानी‘ गरिरहनु भएको रहेछ ।मैले परैबाट त्यो अर्को मान्छेको मनस्थिति भाँपिरहेको थिएँ | अनुहारमा देखापरेका भाव–भंगीमाबाट  लाग्यो उ पनि मलाई गरेको जस्तै ‘केरकार‘कोसामना गर्दैछ ।

बेडफोर्ड, टेक्सास

(यो कथाको सानो अंश सत्यघटनामा आधारित भएपनि अरु बनोटकाल्पनिक हुन् । कसैसंग मेल खान गएमा संजोग मानिनेछ  सम्पादक।)

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected