बादलका टुक्राहरू (लघुकथा)

मोबाइल खोलेँ। काठमाडौँमा अपार्टमेन्ट बिक्रि भैरहेको बिज्ञापन देखेँ । कतिराम्रो फोटो राखेको रहेछ । लोभै लाग्यो । अनि काठमाडौँमा एउटा गतिलोओत लाग्ने छानोको पुरानो रहर फेरि जागेर आयो । कति अर्काको देशमाभौतारिरहनु ! अव त उतै तिर जोगाड गर्नु पर्यो भनेर विज्ञापनलाई फेरि हेरें ।१६०० बर्गफिट, ४ कोठा, ४ बाथरूम, सम्पूर्ण फर्निस्ड, दक्षिण मोहडा, दिनभरि घाम आउने, पिच गरेको २५ फिटे बाटोमा सटेको, अमेरिकी दुतावासनजिक ! अव के चाहियो ? बत्तीसै लक्षणयुक्त अपार्टमेन्ट रहेछ – मनमनै सोचें। मूल्य कति रहेछ भन्ने खुल्दुली भयो । एउटा कुनामा अंकमा मूल्य लेखेकोरहेछ । मुल्यमा लेखिएको शुन्य अंकहरु गनेँ, अनि अगाडिको ४५ पनि गनेँ ।हिसावले मूल्य आयो ४५ लाख ! लोकेसन, साइज, मूल्य सवै मन पर्यो ।मौका छोड्नु हुन्न । के थाहा कोभिड –१९ को औषधि आए पछि फेरि मूल्यआकाशियो भने ? फेरि मनमा आयो – के गर्नु आफु बिदेशमा छु, तुरुन्तै त्यहाँगएर किन्ने अवस्था पनि छैन । हातबाट फुत्किने भो त? झल्यास्स सम्झे – भाइ त काठमाडौँमा नै छ नि। उ २०२० मा धेरै बर्ष पछि फ्रान्सबाट काठमाडौँआएको थियो । लकडाउनमा फसेंकोफँस्यै छ ।
“गोठ भए गोरस, भाइ भए भरोस” उखान सम्झेँ । ठूलो आँट आयो । भाइसंगकुरा गर्ने सोचें | उसलाई ” बाबु, अहिले ऋण लिएर भए पनि त्यो अपार्टमेन्टलिई राख । म स्थिति अनुकुल हुने बित्तिकै तुरुन्तै नेपाल आउँछु र ऋणतिरिदिन्छु” भन्छु भनेर फोन गर्नै लागेको थिएँ, आँखा त्यो विज्ञापनको बारेमागरेको “कमेन्ट” मा पर्यो । कसैको “कमेन्ट” थियो -” को मूर्ख छ र, चारकरोड पचास लाखमा त्यस्तो अपार्टमेन्ट किन्ने । त्यति पैसामा त आफ्नैलालपुर्जा भएको राम्रै घर पाइन्छ नि !”
म त झसंग भएँ । फेरि एकचोटी त्यो अपार्टमेन्टको मुल्यमा राखिएको शुन्यगनेँ । ४ करोड ५० लाख पो रहेछ ! एउटा मीठो सपना एकै चोटी झर्यामझुरुमभयो । फेरि उखान सम्झेँ -“आकाशको फल आँखा तरि मर !” मन अमिलोभयो –‘यत्रो बर्ष बाहिर बसियो तर अझै काठमाडौँमा अपार्टमेन्ट किन्नेहैशियत भएको रहेनछ।‘
फेरि केटाकेटीमा स्कूलमा पढेको ” फ्याउरो र अमिलो अंगुर“को कथाकोप्रभावले हो कि के ले हो मनमा आयो – “त्यत्रो पैसामा त यहाँ अलिकता‘सवअर्व‘मा राम्रै घर पाइन्छ । त्यसको आधा पैसामा पनि राम्रा राम्राअपार्टमेन्ट पाईन्छन । यहाँको भौतिक सुबिधा त्यहाँ कहाँ पाइन्छ र !”
मनमा कुरा खेलिरहे । कोठामा एक दुई चक्कर लगाएँ । पर्दा खोलेर बाहिरहेरें – आकाशमा काला बादलका टुक्राहरू देखिए । मनमा आयो – ‘यीबादलहरुका पनि कहाँ निश्चित वासस्थान हुन्छ र ! हावाले जहाँ पुर्यायोत्यहि वासस्थान, त्यहि गर्जिन्छन, त्यहि बर्सिन्छन, त्यहि सकिन्छन ।”
–बेड फोर्ड , टेक्सास