मान्छे चिन्नु, खशी किन्नु ! (हास्य-ब्यङ्ग)

अरव तिर पहिले पहिले सुतेको उँट कता कोल्टे फेर्छ भन्ने कुरालाई लिएरबाजी थाप्ने गरेको सुनिएको हो । एउटा धेरै प्रयोग गरिने हिन्दी उखान छ -“अव उँट किस करवट लेगा ।” यो उखानको स्रोत पनि उतै अरव तिर हो भन्नसकिन्छ । भारतको राजनितीमा कुन व्यक्ति वा कुन पार्टी कता ढल्किन्छ यापल्टिन्छ सत्ता समीकरण त्यसै अनुरुप फेरिन्छ । नेपालमा पनि पटक पटकयो कुरा हामीले देखिआएको, भोगिआएको कुरा हो । त्यसैले भारत, पाकिस्तान र नेपालमा यो उखानले महत्वपूर्ण हैसियत राख्दछ ।
एउटा उखानले एउटा कितावमा लेखि नभ्याउने कुराहरुलाई बडो चुस्त, सटिकतथा मार्मिक तरिकाले ब्यक्त गर्दछ । कुराकानी, छलफलमा कुनै सटिकउखान मिलाउँदा दाल, भात, तरकारी खाईरहँदा गुन्द्रुक, लप्सी वा आँपकोअचार पाउँदा पाइने आनन्द जस्तै आनन्द पाइन्छ । शायद यहि बुझेर होलाआजकल हाम्रा नेताहरुले भाषणमा उखान–टुक्काहरु खुवै मिसाउने गर्नलागेका छन् । भलै कहिलेकाँहि “अर्थ न वर्थ गोबिन्द गाई, टाउकाको औषधिनाइटामा लाइ ” भने जस्तो भइरहेको हुन्छ ।
केहि बर्ष अगाडी मलाई एउटा ठुलै लहड चल्यो – भारत, पाकिस्तान, नेपालका प्रचलित उखानहरु जम्मा गरेर एउटा पुस्तक निकाल्ने । तीन चारमहिना त्यसमा पुरै तन–मनले लागेँ पनि । पछि के भएर हो कुन्नी, त्यो कुरोत्यसै सेलायो –अर्थात् “मच्चियो मच्चियो, थच्चियो“।
जिन्दगीमा “कुकुरले नपाउने दु:ख ” पाए पछि म धेरै घोतलिएँ । किन यस्तोहुन्छ मलाई भनेर त्यसको कारणको जरोनै खोतल्न लागेँ । म त स्कूलमा“नैतिक शिक्षा” मा धेरै नम्बर ल्याउने बिद्यार्थी भनेर नैतिक शिक्षा पढाउनेशिक्षकले पिठ्यूँमा दिएको धापको दिर्घगामी असरको शिकार पो भएकोरहेछु । उनले सत्ययुग, तेत्रायुग वा द्वापर युगलाई मिल्दोजुदो नैतिक ज्ञानप्रदान गरेका रहेछन । मलाई त कलियुगमा बाच्नु थियो । त्यो कुराकोउनलाई हेक्का भएन कि या उनी त्यहि युगमा थिए र सवैलाई त्यसतै सोच्दथे। तर दु:ख त मैले धेरै पाएँ । “गुरु गुड, चेला चिनी” भने जस्तो छट्टु साथीहरुचिनी बनेर देशका सवै पाँच तारे होटल, संसद भवन भनौं मान र माल पाइनेसवै ठाउँमा रजाइ गर्न लागेछन । म चाँहि ” जस्तो गुरु उस्तै चेला” अर्थात् गुरुपनि गुड, चेला पनि गुड बनेर गाउँ घरमा भेली / सक्खरको हैसियतमा पुगेकोरहेछु ।
आफ्नो बिद्यमान हैशियतको बोध भए पछि “समय के साथ चलो” भन्ने मन्त्रसम्झेर समयका साथ चलेका सुकिला–मुकिलाहरुको संगतमा आएँ ।शालीन, मृदुभाषी, भद्र, आदर्शवादी, न्यायप्रेमी देखिने “व्यक्तित्व“हरु संगबढी नै झुम्मिन लागेँ । संगत गर्दै जाँदा भित्री कुरो अर्कै पाएँ । “अनुहार राम्रोभएर के गर्नु, व्यवहार राम्रो हुनु पर्यो ” भने जस्तै उनीहरुको स्वार्थी, दम्भी, कपटी , मैमत्ता व्यवहार देख्दा ज्यादै दिक्क लाग्यो । “हात्तीको देखाउने रखाने दाँत बेग्लै हुन्छन” त्यसै भनेको रहेनछ भन्ने तत्व–बोध भयो ।
एक ताका नेपालमा “खसिको टाउको राखेर कुकुरको मासु बेच्नेहरु” भन्नेभाषण खुबै चल्यो । मलाई त्यहि बेला धेरै बर्ष पहिले टोलमा खुवै चलेकोएउटा मासु पसल र त्यसैको छेउमा नचलेको मासु पसलको झ्वाट्ट सम्झनाआएको थियो । पछि त्यो चलेको मासु पसल एकाएक हरायो । कुनकारणले त्यो बन्द भयो त्यो त मैले थाहा पाइन । तर मनमा कुरा खेलिरह्योकतै … । हुन सक्छ -“स्याल कराउनु र बाख्रा हराउनु” भनेको जस्तै भयो कि।
मलाई जिन्दगीमा धेरैले जिप्ट्याएका छन् । छट्टुहरुको हजारौं रुप हुँदा रहेछन। कहिले बिरालो, कहिले कुकुर, कहिले मुसो, कहिले ब्वाँसोका अवतारलिएर आउँदा रहेछन। आफु सोझो भएर हो कि सवैलाई सोझै देख्ने –छट्टुहरुलाई त “खुँदो पल्टिदो” रहेछ ! “
“आकाशको राहु, पातालको केतु, एक चोटी नपरी कसरि चेतुँ ?” तर मलाईदश चोटी पर्दा पनि चेत आएन । मान्छेहरु अरुलाई परेको देखेर कुरोबुझ्दछन । आफु भने सँधै उस्तै । मेरो यो ताल देखेर बूढी आमा मलाईबिभिन्न किसिमले अर्ती–उपदेश दिइरहनुहुन्थ्यो । एक दिन भन्नु भयो -” बाबु, मान्छे चिन्नु, खशी किन्नु ” ।
धेरै चोटी सुनिरहेको उखान थियो यो । तर म कहिले पनि यसको अर्थ बुझ्नतिर लागिन –तुकबन्दी जस्तो लाग्दथ्यो मलाई यो । यसपाली त आमालाईअर्थ्याउन भन्नु पर्यो भन्ठाने । फेरि आमाले के भन्ने हो भन्ने डर पनि थियो –आमाको नजरमा धेरै पढेलेखेको छोरो म ! फेरि “नबुझेको कुरो सोध्दा एकचोटी मूर्ख भइन्छ, नसोधे जिन्दगी भरि मूर्ख भईन्छ ” भन्ने कुनै विद्वानको भनाईमनमा आयो ।
अनि सोधेँ -” आमा, यो उखानको अर्थ के ?” आमाले आश्चर्यमिश्रित नजरलेमलाई हेर्नु भयो ।
अनि भन्नुभयो -” त्यत्रो पढेको छोरोले पनि यति कुरा बुझ्दैन कतै ? मन चोर्नसोधेको मलाई ?”
” आमाको अगाडि म के जान्ने ?” मैले मस्का लगाएँ ।
” के नि, खसीको जिऊडाल मात्रै हेरेर किन्न हुँदैन , धोका हुन्छ । बेच्नेमान्छेलाई राम्ररि चिनेको हुनुपर्छ । चोर, फटाहा हो कि ? कसैको खसी चोरेरल्याएको हो कि ? त्यसो हो भने झन्झट पर्छ । बिरामी खसी भिडाउँदैछ कि ? सवै कुराको विचार पुर्याउनु पर्छ ।“ लाग्यो – मेरी आमा चानचुने मान्छे होइन ।
मनमनै सोचें -“ओहो ! एउटा उखानमा ज्ञानको ब्रम्हाण्डनै अटेको रहेछ ।”
अनि त्यहि तर्जमा बिभिन्न परिस्थिति लक्षित गरि अरु पनि “उखान” बनाउनमन लाग्यो ।
जस्तै–
जनताहरुलाई लक्षित गरि “मान्छे चिन्नु, भोट हाल्नु“
चेलीबेटीहरुलाई लक्षित गरि ” मान्छे चिन्नु, इन्डिया जानु“
ठिटा–ठिटीहरुलाई लक्षित गरि “मान्छे चिन्नु, प्रेम गर्नु “
यस्ता हजारौं “उखान“हरु बनाउन सकिने कुरा पनि थाहा पाएँ ।
अनि, “जाते जाते” हालसालै देशमा चलिरहेको परिस्थिति लक्षित गर्दै“उखान” बनाउन मन लाग्यो –
“मान्छे चिन्नु, जुलुसमा जानु !”
“मान्छे चिन्नु, भेडो नबन्नु “
२३ जनवरी, २०२१