कुरा ——(कविता)

कुरा यति मात्र हो कुरा,
कति सानो सानो हो कुरा,
कुनै कपास जस्तो कुरा,
कुनै सियो जस्तो कुरा!
कति मामुली हो कुरा,
एक,अनेक नबनाउ कुरा
सम्बन्ध नमिठाे पार्ने कुरा,
खिचातानी गर्ने कुरा,
कस्तो अचम्मको कुरा,
अमिलो मन बनाउने कुरा
किन हो र यति धेरै कुरा
नलिनु छ नदिनुको छ को कुरा
बिचरा कपासलाई पनि
वज़नदार छ भन्ने कुरा
कपासलाई हल्का बनाएर
हावामा उड़ाउने कुरा ,
यति मात्र हो खासै कुरा ,
सियोले दुबै पट्टी घोचने कुरा
तिखा तिखा दिल छूने कुरा
मन नै दुखाउने दुःखी कुरा
आँखाबाट भित्र पसेछन कुरा
मनमा डाहा चल्छन कुरा
जता देख्यो उतै जाने कुरा
बिस्तारै अमिला भए कुरा
अब त घाइते भइसके कुरा
सियो बनेर घोच्न थाले कुरा
बिस्तारै प्राण त्यागछन कुरा
बस यति मात्र हो त हो नी कुरा
कपास बनेर उड़ने नबनून कुरा
कपासको न्यानो बनुन कुरा
सियो बनी जोड़ने बनुन कुरा
लिनु न दिनु किन घोच्नु कुरा
अब माया प्रीति बनोस कुरा,
शीतल छहारी बनोस कुरा
उकालीमा प्यास मेटाउने
मुलको पानी बनोस कुरा
भगवान यति मात्र त हो कुरा
माया र सम्मान बनोस कुरा
चहराइरहेकाे घाउ को मलम कुरा
बिरामी को औषधि बनोस कुरा
नगरौ भयो अब डाहाको कुरा
शान्त शीतल छायाको कुरा
सहयोग अनी सान्तवनाकाे कुरा
बस यति मात्र हो नि कुरा
बस यति मात्र बनोस कुरा
सेलम,अमेरिका