कवि वैकुण्ठराज आचार्यको कृति ‘आज फेरि’ लाई नियाल्दा

शिव शर्मा
टेक्सस– साहित्यकार बैकुण्ठराज आचार्य प्रवासमा बसेर पनि अविराम साहित्य सृजनामा लागिरहने सक्रिय साहित्य स्रष्टा हुन ।
अमेरिकाको मिनी नेपाल भनेर चिनिने टेक्ससमा बसेर उनी यतिबेला आफनो साहित्य कर्मलाई अगाडी बढाइरहेका छन् । यहा“को साहित्य गतिविधीमा उनको उपस्थिति बाक्लो छ । केही समय अघि पत्नी बियोग खेपेका आचार्यले अहिले सबै काम छाडेर लेखनमा मात्रै घोत्लिएका छ्न । उनले उपन्यास तथा कथा लेखनमा पनि आफुलाई सिद्धहस्त बनाउदैछन् । पछिल्लो समय अमेरिकाबाट संचालित लोकप्रिय युएसनेपाल पोष्टमा साहित्य संयोजकको भुमिका समेत निर्वाह गरेका उनी नियमित रुपमा साहित्य स्तम्भ समेत लेख्दै आएका छन् ।
साहित्यकार आचार्यले पहिलो पटक अमेरिकामा बसेर २०१८ मा न्यास्रो जन्मभुमिको कविता संग्रह निकालेका थिए । परदेशमा बस्नेहरुले जन्मुमिप्रति गर्ने अगाध स्नेह र सम्झनालाई उनले कविता सग्रहमा मुखरित गरेका थिए ।साहित्य आचार्यले सृजना गर्ने साहित्य लेखनमा अधिकांश सामाजिक चेत तथा जन्मभुमि प्रति परदेशीको आगाध स्नेहलाई दर्शाउने गरेका छन् ।
उनले पछिल्लो क्रममा फेरि अर्को नया कविता कृति प्रकाशित गरेका छन् । आज फेरि नामक कविता कृति पाठक सामु पस्केका छन् । यो कविता कृति केही पृथक छ ।
आज फेरि कविता सग्रह पनि साहित्यकार आचार्यले अघिल्लो कृति जस्तै मलाई उपहारको रुपमा टकराए । कविता कृतिको सांङ्गोपाङ्गो अध्ययन पनि गरे । केही नलेखी रहन सकिन । आफुले कविता कृति पढेपछि मनमा लागेको हुटहुटीलाई पाठक सामु पस्कने सोच बनाए । पछिल्लो समय नेपाली डायास्पोरामा साहित्यकार आचार्यको नाम छुटाइयो भने नुन नहाल्दा तरकारी जसरी खल्लो हुन्छ त्यस्ते महसुस हुन्छ ।
उनको कविता पढ्दा पट्यार लाग्दैन । अति नै सरल र सरस भाषमा उनले कवितामा भावहरु पस्कने गरेका छन् । उनको पछिल्लो कविता संग्रहमा प्रेमिल भाव छन् । मानवीय समवेदनाका उच्छ्वासहरु छताछुल्ल पोखिएका छन् । जीवनको तरंगहरुलाई प्रष्फुटित गरेका छन् । समाजलाई प्रेमको भावलाई अभिव्यक्त गरेका छन् ।
जीवनका आयमहरुलाई सरल ढगले प्रस्तुत गरेर कवि आचार्यले कविताको मर्मलाई कति पनि खुम्चिन दिएका छैनन ।
उनले आज फेरि कविता सग्रहका कविताहरु आफनै जीवनसंगीनी जीवितै छदा रचना गरेका हुन । साहित्य लेखनमा ढाडस दिने व्यक्तिको खाचो पर्छ । उनलाई साहित्य लेखनमा सधै साथ र सहयोग गरिन दिवंगत भएकी पत्नी इरा आचार्यले । यो पुस्तक उनले पत्नी इरालाई साथमा लगेर नेपालमा प्रकाशित गर्ने सोच बनाएका थिए । तर सोचेको सबै नहुने रहेछ । पुस्तक प्रकाशन गर्नु अघि नै जीवनसंगीनी इरा आचार्यले उनलाई सधैका लागी छाडेर टाढा भइन । प्रेम तथा रति रागका यी कविता अहिले उनलाई असहज महसुस हुने गरेको छ पत्नी वियोगका कारण । तर शोकलाई शक्तिमा बदलिदै उनले यो कविता प्रकाशन गरेर छाडे पत्नी इरालाई समर्पण गदै ।
आज फेरि कविता सग्रहको सुरुवातमा उनले प्रतिकात्मक रुपमा जीवनसंगीनका सम्झना गदै यसरी अभिव्यक्त गरेका छन्–
सोझो मन
थिए ति दिनहरु
तिम्रो र मेरो जमाना
तिम्रो सम्झना..
कवि आचार्यले कतै प्रेममा निराशाका कुरा गरेका छन् भने कतै आशाका कुरा गरेका छन् । कति उनी रोमान्टिक भाव पनि पस्केका छन् ।यस सग्रहमा उनले अधिकांश प्रेमिल भावहरु पस्केका छन् ।
यस्तै उनी यहा“ मायालाई फकाउने काम पनि गरेका छन् । मायाको मनमा बस्ने भाव कवितामा व्यक्त गरेका छन् । आखिर हो पनि माया विनाको संसार कल्पना पनि त गर्न सकिदैन । यही भएर होला कविले मायाको महत्व राम्रोसंग बुझेका छन् । माया प्रेमको कल्पनालाई उनले यथार्थ तवरले पस्केका छन् । यसैले त रिसाउने मायालाई उनले यसो भनेका छन् –
बुझेको छु
तिम्रो रिसाउनु पनि
माया नै हो
अनि मुस्कुराउनु पनि
माया नै हो ।
यसरी उनी रिसाए पनि खुशाए पनि आखिर माया माया नै हो भनेका छन् उनले । कवि आचार्यले यस पुस्तकमा सग्रहित अधिकांश कविताहरु विभिन्न समयमा अनलाइन मिडियामा प्रकाशित भएका रचनाहरुलाई समाविष्ट गरेका छन् ।
यस कवितामा उनले प्रतिक र भावलाई सशक्त ढगले पस्केका छन् । उनले आफनो कवि भावलाई अत्यन्तै सरस ढगले राखेका छन् । कविता बुझनलार्इृ पाठकलाई कुनै समस्या हुदैन । यस संग्रहमा उनले विभिन्न समयमा कोरेका ४७ भन्दा बढी कविताहरु रहेका छन् ।
कविले यहा“ संयोग कुरा मात्र हैन चोट र व्यथाको कुरा पनि कवितामा गरेका छन् । प्रेमको चोट बल्झिदा मनमा उत्पन्न हुने कम्पनलाई उनले पोखेका छन् । अतितका प्रेमका मिठा कल्पना सम्झदै चोटको महसुस गरेका छन् । प्रेमीले छाडेर अर्के बाटो हिडेपछि उत्पन्न परिस्थितिलाई उनले यहा“ भरोसा तोडेको कुरा गरेका छन् । प्रेमिकाले नचिनेको कुरा गरेका छन ।
यस अघिको कविता न्यास्रो जन्मुभुमिको कविता सग्रहमा भने उनले देश र समाजको कुरा मुखरित गरेका थिए । परदेश जीवनको यथार्थ पस्केका थिए । समाजका वेथितिलाई प्रहार गरेका थिए । तर अहिलेको पुस्तकमा भने उनले प्रेमको कुरा गरेका छन् । जुन मार्मिक र यथार्थले घटीत भएका छ्न । बिम्ब र प्रतिकको माध्यमबाट उनले कवितलाई मार्धुयता प्रदान गरेका छ्न ।
उनका कविताहरु सरसरर्ति पढ्दा मलाई खारिएको प्रतित भयो । एउटा शशक्त कविमा हुनुपर्ने क्षमता उनमा पनि पाए । कही कतै भाषागत त्रुटीहरु भए पनि कवितामा अभिव्यक्त भएका भावहरुले त्यसलाई छोप्ने काम गरेको छ ।
उनले निराशा, दुख हमेशालाई बलियो मनले समाल्नुपर्ने कुरा कवितामा पोख्छन् । जे जसरी हुन्छ आफनो मनलाई काबुमा राख्नुपर्छ । धैर्यतालाई अगिकार गर्नुपर्छ । समाल्नु छ आफैलाई शीर्षकको कवितामा उनी यस्तै भाव व्यक्त गर्छन र भन्छन्–
समाल्नु छ आफैलाई
आजकल
बचाउनु छ आफैलाई आजकल
छ मेरो अगाडीको बगैचामा
एउटा सुनको हरिण आजकल
कवि आचार्यका सुरु देखि अन्त सम्मका सबै कविता पढदा पट्यार लाग्दैन । कविताका भावले निरन्तर तानिरहन्छन् । पाठकको मनलाई प्रेमिल बनाउछ । प्रेमको भावलाई ताजा बनाउछ ।
मायाप्रेमका कुरालाई कवितामा जीवन्त दिन सफल कवि आचार्यका भावी दिनमा पनि अझै शसक्त कविताहरु निरन्तर आइरहन सकुन । उनको साहित्य यात्राको सफलताको शुभकामना व्यक्त गदै आज फेरि कविता सग्रह पाठकको मनमा बस्न सकोस , शुभेच्छा ।