त्याे दिन काममा ढिलाे जाँदा भयानक दुर्घटनामा भाग्यले परिन!
बिहीवार ११ फरवरी २०२१ मा भएको फोर्ट वोर्थ टेक्सासमा भएको भयानक सवारी दुर्घट्ना हाे ।
अमेरिकाको बिशेष गरी टेक्सासको इतिहासमा यति ठूलो दुर्घट्ना विरलै भएको थियो जुन हिँजो बिहीवार, फरवरी ११ २०२१ मा फोर्ट वोर्थ टेक्सासमा भयो l मेरो घरदेखि झन्डै ४ माईलमा इन्टरईस्टेट ३५ साउथमा यो दुर्घट्ना भएको थियो l कहिलेकाहीँ काममा ढीलो जाँदा भाग्यले साथ दिँदो रहेछ l म सधैं घरबाट बिहानै ६ बजे निस्कने हिँजो ६:२० मा निस्के l दुर्घट्ना ६ बजेको आसपासमा भयो l दुर्घट्नास्थल पुग्न मलाई घरबाट धेरैमा ५ मिनेट लाग्छ l यदि म ६ बजे निस्केको भए … सोच्न पनि सक्दिनँ l हिँजो टेक्सासमा यो बर्षकै चीसो र चीसोको कारणले आईस जमेर सडक साह्रै चिप्लो थियो l मैले दुर्घट्नाको जुन भिडियो फुटेज देखेँ त्यो म यहाँ राख्न सक्दिनँ यसले यहाँहरूलाई अति विचलित बनाउन सक्छ l मैले पनि पूरै हेर्न सकिनँ l फेडेक्सको ठूलो ट्रेलर आकाशमा उडेको देखिन्थ्यो l त्यो सडकमा झरेपछि जेभी हन्टको ट्रेलरलाई हान्यो l त्यसपछि ती ठूला ट्रेलरलाई अरू साना ठूला सवारी साधनले ठोकाउँदै गाडीहरू आकाशमा उडेका देखिन्थे l सडक आईस बनेको कारण कुनैपनि सवारी साधनहरुको ब्रेक लाग्न सकेन जस्तो देखिन्छ l उक्त दुर्घट्नामा सयौं गाडी परेका थिए l दुई ट्रेलरबीच र ट्रेलरमुनि अनगिन्ति गाडी टुक्रा टुक्रा र कच्याककुचुक परेका देखिन्थे l यहाँसम्मकी आई ३५ साउथमा भएको दुर्घट्ना गाडी उफ्रिएर बीचको टोल रोडसम्म पुगेको थियो र गाडीका टुक्राहरू आई ३५ नर्थसम्म पुगेको थियो l औपचारिक रूपमा अहिलेसम्म ६ जनाको ज्यान गएको भनिएको छ l धेरैले दर्जनौंको निधन भएको भन्छन् l ५० -६० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ l दुर्घट्ना भएको खवर सुनेर तत्काल आएको एम्बुलेन्स पनि त्यहाँ दुर्घट्नामा परेको थियो l दुर्घट्नामा परेका केही मानिसहरुलाई सवारी साधनबाट निकाल्न घण्टौं लागेको थियो र क्रेनद्वारा निकालिएको थियो l दुर्घट्नामा फ्रन्ट लाइनमा काम गर्ने मेडिकल प्रोफेसनलहरू पनि परेका सुनिन्छन् l म कामबाट अपरान्ह ४ बजे फर्किंदा अझै कयौँ दुर्घट्नाग्रस्त गाडीहरू त्यहाँ अद्धपि थिए l आई ३५ साउथ र नर्थ केही समयलाई बन्द गरिएको थियो र म ६:२० बिहान काममा निस्केको मान्छे सामान्यत: २० मिनेट लाग्थ्यो मलाई साढे ३ घण्टा लागेको थियो l ट्राफिक जाम त्यस्तो थियो l ड्यालास, फोर्ट वोर्थ क्षेत्रमा लगातार मौसम अत्याधिक चीसो भएको छ l टेक्सासमा चीसोमा ब्ल्याक आईस हुने भएकोले अन्य क्षेत्रमा पर्ने हिऊँ भन्दा खतरनाक हुन्छ गाडी चलाउन l अर्को टेक्सासमा धेरै फ्री वे, हाई वे छन् र स्पीड् लिमिट अरू राज्यहरूमा भन्दा धेरै छ l तेश्रो मेक्सिकोको बोर्डर भएकोले दुर्घट्ना पछि दुर्घट्ना गर्ने सिमापारी जाने देखिन्छ l टेक्सास व्यापारिक राज्य भएकोले ठूला सवारी साधनहरू धेरै देखिन्छन् र भारी बोकिएका ट्रेलरहरू तीव्र गतिमा चलाउँछन् l मादक पदार्थ यहाँ लिकर स्टोरमा मात्रै हैन ग्रोसरी स्टोरमा समेत किन्न पाईन्छ l कोभिडका कारण, मान्छे मानसिक, आर्थिक, शारीरिक, सामाजिक, धार्मिक पर्वको तनाव, दवाव, प्रभाव र अभावमा गुज्रिरहेका छन् l यी यस्ता र अरू कारणले दुर्घट्ना बढेको छ l फेरि दुर्घट्ना सधैं आफ्नै कारणले मात्रै हुँदैन धेरै अरूको लापरवाहीले पनि हुन्छ l जन्म निश्चित छ तर मृत्यु अनिश्चित छ यो तीतो सत्य हो l दुई बर्ष अघि म पनि गम्भीर दुर्घट्नाबाट बालबाल बचेको छु l सावधानी, सजग, सतर्क रहनु पर्छ नै दु:ख, दीन, दुर्घट्ना, दुर्दिन बाजा बजाएर, थाहा दिएर आउँदैन र अरूलाई परेको विपत आफूलाई नपर्ने हुँदैन ख्याल गर्नु होला र यदि यस्ता आपतविपत परी आफूलाई केही भए आफ्नो र आफ्नाको हेरविचारका लागि आजै आर्थिक उपायहरु सोच्नु होला l जसले गर्दा आफू नरहे आफ्ना परिवारको लालनपालन र आफू दुर्घट्नाले अशक्त, अपांग वा काम गर्न नसक्ने भए आफू सहित सम्पूर्ण परिवारको देखभालका लागि आर्थिक बचतका विधिहरू र आम्दानीका आयस्रोतहरू अहिले खोज्न थाल्नु होला l जसले गर्दा गो फण्डको मुख ताक्नु नपरोस l मृतकहरूमा हार्दिक श्रद्धान्जली र मृतक परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाईतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्छु l
फेसबुकबाट साभार