फेसबुकको प्रयोगकर्ताको रुपमा मैले भोगेका थुप्रै अनुभवहरु मध्ये केहीकोबारेमा मैले यहाँहरु संगसेयरगर्न चाहेँ हुन हामी एउटै फेसबुके  पानीजहाजका यात्री हौँ तर मान्छेको आफ्नो हेराइबुझाईले गर्दा  एउटैसमुन्द्र पनि फरक फरक देखिन्छ मान्छे पिच्छे धेरै भूमिका नबाँधी सिधैबिषयबस्तुमा आउन चाहेँ मैले एक दिन मैले आफ्नो दुई बर्षे पुरानो फेसबुकेमित्रको धम्कीपूर्णपोस्टिङ्गदेखेँ – “मेरोपोस्टिङ्गमा लाइक,(सकारात्मक) ‘कमेन्टनगर्नेहरुकोसफायाअभियान शुरु गर्न लागेँ त्यस पछि डराएर मैले लेखेँ -“सर, मेरो केपोजिसन ?” उहाँले बडोस्नेहपूर्वक लेख्नु भयो -” सरको कुरै भएन नि !” उहाँबाट दुई बर्षमा बल्लएउटा त्यस्तो मायालु जवाफ पाउँदा गदगद भएँ हुँ पनि कसरि? मैले  दुईबर्ष देखि उहाँको आफ्नो लागि  “ओजपूर्णप्रवचन तर अरुको लागि “झारपातपोस्टिङ्गमा एकोहोरो प्रशंसा गरिरहेको थिएँ पुरस्कार स्वरुपयो मृदुल बाणी पाएको थिएँ

यो घटनाको केहि महिना पछि मैले कति दु: गरेर एउटा किताव निकालें अनि सगौरव कितावको फोटो फेसबुकमा राखें धेरै सहृदयी, शुभचिन्तकमित्रहरुले बधाई दिनु भयो तर ती फेसबुके मित्रको कुनै बधाई / शुभकामनापाइन् कता कता मेरो विलुप्त भैसकेको स्वाभिमान जागेको जस्तो लाग्यो मनले  -” अव तैंले पनिसफायाअभियान शुरु गर्नु पर्छ भावुक भएर हुँदैन यीझारपातहरुले के सम्झ्या हुन् कुन्नि आफुलाई ?” भन्यो  तर त्यतिहुँदा पनि सार्वजनिक रुपमासफायाको सूचना जारी गर्न मन लागेन कताकताभै गो ! त्यस्तै होकुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धिभन्ने लाग्यो कमलो मनको परेँ नि !”

फेसबुकमा हेर्दै जाँदा यस्ता पीडाहरु मेरा मात्रै रहेनछन यस्तो पीडाकाभुक्तभोगीहरुको ठूलै जमात रहेछ भन्ने थाहा पाउँदा अलिकतातसल्लीभयो एकजनाले फेसबुकमा बडो सटिक रुपले लेख्नु भएकोस्टाटसलेमेरो मन छोयो उहाँको बिवरण मैले त्यो बेला राख्न बिर्सेछु जसले लेख्नुभएको हो उहाँलाईसलामगर्दै मैले यहाँ उद्धृत गरेँ उहाँले यो रचनापढिरहनु भएको भनेयो मेरो स्टाटस होभनेर जानकारी दिनु भए कृतज्ञहुने थिएँ

स्टाटसको भाव यस्तो थियो

मेरा ५०००फ्रेन्डस छन् मैले अति मिठो कथापोस्टगरेको थिएँ बिसजनालेलाइकगर्नुभयो कसैले पनिकमेन्टगर्नु भएन मेरीश्रीमतिजीका ५००फ्रेन्ड्सछन् उनले एउटा भन्टाको फोटो राखेरआफ्नैबारीमा फलेको भन्टाभनेरपोस्टगरिन ३०० जनाकोलाइक“, ५०जनाको बिभिन्न प्रशंसाले भरिएकाकमेन्टआयो आफ्नो कथा त्योभन्टालाई एउटै मानसिक तराजुमा राख्दाफ्रस्टेसननै भयो तर आफुलाईसान्त्वना दिंदै भने – ” गलत ठाउँमा राखेछु भन्टा बजारमा किताव / कथाराखेर हुन्छ, कतै ?”

अस्ति तिरकै कुरा हो अर्को एकजनाको एकदमै मार्मिकस्टाटसपढन पुगेँ त्यसको भाव यस्तो थियो

सानातिना केटाकेटीकोबर्थडेमा शुभकामना दिन्छु बूढाबूढाकोबर्थडेमा मलाई केहि भन्नु छैन मलाई चाकडी गर्नु छैन उहाँको योउदगार मलाई एकदमै कडा लाग्यो आफ्नो विचार हो भनेर सोचेँ तरउहाँले लेख्नु भएकोचाकडीभन्ने शव्दले मलाई सोच्न बाध्य बनायो

नभन्दै एउटाभ्रातृ संगठनका विवादित व्यक्तिकोजन्म दिनभन्दैएकजनाले  अलंकार मिश्रित अर्थात आम नेपालीले बुझ्ने भाषामा भन्दा ‘फूलबुट्टाभरेर पोस्ट राख्यो त्यो हेर्दा  लाग्यो यहाँ परदेशमा उहाँ जस्तोपरदेशीको पीडा बुझ्ने मान्छे अरु  कोहि छैन  बित्थामा मैले उहाँ प्रतिनकारात्मक भावना राखिरहेको रहेछु भनेर पश्चाताप होला जस्तो भयो त्यसपछि हजारौंलाइककमेन्टको वर्षा भयो फेसबुकमा मनको एककुनामा चाँहि आक्रोस उब्जिरहेको थियो -“चाकडीबाज हो ! सात समुन्द्र तरेपनि चाकडी गर्ने मनोवृति गएन फेरि मनमा आयो – ” यत्रा मान्छेहरुलेबधाई दिएको ठाउँमा  किनएक्ला बृहस्पती झुट्टा हुनेकतै साथीहरुरिसाए भने ! ” अनि मैले पनि फूलबुट्टा भरेर लेखिदिएँ -“… हार्दिकशुभकामना !” फेरि मनले भन्यो -” आखिर तँ पनि ठूलो कुरो मात्रै गर्दोरहिछस ! तँ पनि कम्ता चाकडी गर्छस !”फेरि मनमा कुरा आयो -” अरेयार, बाँच्न परेन परदेशमा भोली आपदविपद परेमा तिनैलाई गुहार्नु पर्छ  भ्रातृ संगठन   एउटा दरवार हो, दरवारसंग टक्कर लिएर हुन्छ  परदेशमा ! आफु संग पनि संगठन भए पोह्याउआउँछ एक्लै भए पछि बलियाको  “जीहजुरीगर्नु परेन ? ” ज्यान बचे लाख उपायभनेकै नि !” सोच्दै जाँदा पोमलाई परदेशमा नेपालका  बिभिन्न जिल्लाका व्यक्तिहरुका, जात, बर्ग, क्षेत्र, पेशागत, लिङ्ग आदिका कोठे संगठन खोल्नुका मनोबैज्ञानिक कारण थाहाभयो के गरुन दरवार कि तरवार भन्छन दरवारको भर पर्दा बिल्लीबाठभइयो भने के गर्ने ? बरु यो कोठेरुपी संगठन भए छाप्रो नै सहि आफ्नो घरभन्ने कुरो हुन्छ

जति बुझ्यो उति गहिरोभने जस्तै भैरहेको मलाई फेसबुकसंगको बर्षेलामो सहयात्रा थुप्रै तीतामीठा अनुभवहरु संगालेको छु मैले यो सहयात्रामा कहिलेकाँहि झोंक पनि चल्छएउटा अर्को कितावै लेखिदिउँ कि भनेर फेरि मनले सम्झाउँछ – “सित्तैमा शत्रु कमाउनु ! अव त्यहि काम मात्रै गर्नबाँकी ! ” अनि मनको आदेशलाई शीरोधार्य गरेर चुप लाग्छु बरुफेसबुकको अकाउन्टनै बन्द गरिदिन्छु -” रहे बाँस, बजे बाँसुरीभन्ने पनिलाग्दछ तर खै के मोहिनी यसमाजति   हेरुँ भन्यो, झनै हेर्न मन लाग्नेपहिलो प्रेमिका जस्तै

हेर्दै जाँदा, बुझ्दै जाँदा फेसबुकमालाइककमेन्टको अन्तर्रास्ट्रियव्यापार चलिरहेको महसुस गरेँ तर यसमा अझै व्यापारशास्त्रका आधुनिकसिद्धान्तहरु, प्रबिधिहरु भित्रिन बाँकिनै पाएँ कुन जुगमा चलेकोबार्टरप्रणालीनै प्रचलित रहेछअर्थात् एककमेन्टको लागि एककमेन्ट“. एकलाइकको लागि एकलाइक आफुले केहि नदिई अरुबाट केहिआश गर्नु बेकारै कुरा हो तर एउटा सुनको डल्ला दिएर एउटा गोलभेंडालिन पर्दा चाँहि मनै रुने ! हेर्दा उस्तै भएर के गर्नु | अर्को किसिमले भन्दा कहाँ राजा भोज, कहाँ गंगु तेलीभने जस्तै लाग्ने कुरो अझै प्रस्ट संग भन्नुपर्दा आफ्नो अति मीठो कवितामा एकलाइकपाउन (‘कमेन्ट‘, अझैसेयरको कुरै नगरौं, ती अमूल्य भै हाले !) अर्काको कुकुरले पुच्छरहल्लाएकोपोस्टमालाइकगर्नु पर्ने अवस्था पर्दछ मनले मान्दै मान्दैन तर व्यापार होक्रयबिक्री हो, त्यो पनिबार्टरप्रणालीमा भनेकै नि-” भाइ, व्यापार कि दुनियाँ अलग है, यहाँ भावना नहीँ चलता है अनिआँखा चिम्लेरलाइकगर्नु परेन ! धेरै मित्रहरुले यस्तो खालको व्यापारपहिलेनै बुझेर हो कि फेसबुकबाटपलायनभैसक्नु भएको शायदअर्कोपसलसंग जोडिनु भएको

आफु चाँहि एक चोटी मायामोह बसिसके पछि छोडन नसक्ने मान्छेमापर्दोरहेछु यसैमा  चित्त बुझाएर बसेको छु | तर यो चित्त बुझाउन पनि अनेककुराको सहारा लिनु पर्ने रहेछ फेसबुकमा हुने त्यस्तो ब्यापारिक असमानता / बर्गीय असमानता देखे पछि गुनासो पोख्न कुनै निकाय कि भनेर खोजिपनि गरियो कतै देखिएन अनि कता कता किशोरावस्थामा पढेकोकथाको लाइन याद आयो – ” टका सेर सोना, टका सेर भाजी, घोर अँधेरनगरी, चौपट राजा तर जे जस्तो भए पनि आफ्नै बजार, आफ्नै राजाछोडेर कहाँ जानु ? भन्ने लाग्यो अनि आफैं देखि हाँसो उठ्यो – ” आफ्नोचित्त बुझाउन, कति जान्या छस हँ तैले?”

ती मित्रहरुलाई हृदय देखिनै धन्यवाद दिन्छु जसले आफुलेलाइकपाएपछि सके जति फिर्ता गरिदिनु हुन्छ हिसाव हो कहिलेकाँहितलबितलहुन्छ तर केहि छैनसवै कुरामा हिसावकिताव गरिदैन ठूलो कुरो मन  हो, विचार हो अहिलेको घोर व्यक्तिवादी, भौतिकवादी सोचाईले ग्रसितसामाजिक परिवेसमा  अर्कालेलाइकगरेर गुन लगाए पछि आफुले पनित्यस्तै गर्नु पर्छ भनेरलाइकगरिदिनु ठूलो कुरो हो  !

नभनुँ भन्दा पनि भन्न पर्ने बाध्यता मेरोअर्का खालका मित्रहरुको बारेमा ती मित्रहरु टि.भी मा एउटा दाढीवालसन्तले  ” खाली लेना, लेना, लेनाजानते हैदेना नहीं जानते हैभने जस्तै हुनुहुन्छ अर्थात् उहाँहरु अरुकोलाइक“, “कमेन्टलिनभरमग्दुरप्रयास गर्नुहुन्छ आफ्नापोस्टहरु‘  फेसबुकको अलावा  टेक्स्ट, इमेल, म्यासेन्जरमा पनि पठाउनु हुन्छ तरअरुलाईलाइकदिनु चाँहि नास्ती ! खै, के भन्ने उहाँहरुलाई तर चाँहिधन्यवाद दिन्छु मैले हाँहरुबाट घुमाउरो पाराबाटलाइकपाइसकेकोकुरो बुझ्दछु भलै त्यो अदृश्य होस्

मित्रहरु, फेसबुक त्यसै फेसबुक भएको होइन यसले आफ्ना  शारीरिक, मानसिक, सामाजिक, बौद्धिक आदि पक्षका मन पर्ने कुराहरु अरुलाई प्रदर्शन गर्ने  मानवीय मनोविज्ञानको नसा ट्याप्पै समातेर आफ्नो बजारबनाएको यस बिषयमा अझै सुक्ष्म अध्ययन गरेर कतिपय कुराहरुथपिरहेको हाल लोकप्रियस्टोरीआइटमलाइकनपाएररन्थनिएकाहरुलाई सान्त्वना स्वरुप आएको कुरो छर्लंङ्गै फेसबुकले केकुरो बुझ्यो भने मान्छेहरु हत्पति अरुलाईलाइकगर्न चाहँदैनन तरअरुकोतमासाहेर्न चाहन्छन यति कुरो बुझे पछि के थियो , खटिहाले निप्राबिधिकहरुस्टोरीआइटम थप्न ! कसैलेस्टोरीमापोस्ट गरे पछिकति जनाले हेरे भन्ने थाहा हुन्छ, अनिलाइकनगरे पनि थाहा पाईहालियोनि दर्शक संख्या ! त्यहि कुरोटाइमलाइनमा राख्दा १० जनाले पनिलाइकनगर्न सक्छन अनि तपाईंस्टोरीराख्न हतारिनु परेन? तपाईं बाठो किफेसबुक बाठो !

छैन अपरम्पार फेसबुकको संसार! हाम्रा पुराणहरुमाहजार टाउका भएकाशेषनागले बर्णन गर्न सक्दैननभने जस्तै मैले फेसबुकको बर्णन गर्न कहाँसकुँला ? यस्ता मायावीजिनिसलाई मेरो सलाम!

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected