चौकीदार
एकाबिहानै नेपालटारको चौकमा हाम्रा गाउँका धेरै सफल, नाम चलेका“अङ्कल” देखिए । साधारण कपडाको जुत्ता, साधारण पाइन्ट, कमिज, इस्टकोट र टोपीको पहिरनमा! हेर्दा एकदमै सिधा–साधा –त्यो त उनकोखाशियतनै थियो । भद्र, शालीन व्यक्तित्व नचिन्नेको लागि । मेरो बुवा र उनि दौतरी ! बुवा गाउँकै स्कुलमा शिक्षक भै सेवानिवृत हुनुभयो । “अङ्कल” गाउँबाट काठमाडौँ तिर लागे । त्यस पछि गाउँ फर्केनन् ।बुबाको बिंडो थाम्दै मैले पनि त्यहि गाउँमा शिक्षक पेशा अँगालेँ । “अङ्कल” खरिदार, सुब्बा हुँदै प्रशासकीय सिंढीको माथिल्लै खुड्किलोमापुगेर सेवानिबृत भए।
गाउँमा उनको बारेमा धेरै कथा सुनिन्थ्यो । महिमा–गाथा हुन्थ्यो । मान्छे तत्यस्तो पो हुनुपर्छ –सर्वगुण सम्पन्न। पैसाको ठाउँमा पैसा, मानको ठाँउमामान, पहुँचको ठाउँमा पहुँच । नेपालका ठूला शहरहरुमा उनको घरजग्गा भएको त्यतिकै चर्चा थियो । जुनसुकै व्यवस्था होस् –पंचायत, प्रजातन्त्र, लोकतन्त्र या जुनसुकै नेता हुन् क्रान्तिकारी कि अर्कै उनलाई कुनै फरक परेन। “सवैको खाने मुख छ, पेट छ, परिवार छ । खानै पर्छ । खाली मिलाएरखानु पर्छ । माछाले पानी खाएको कसले देख्छ र ” भन्ने बिषयमा त उनलेविद्यावारिधिनै गरेको छ जस्तो लाग्दथ्यो । कसको मूल्य कति उनलाई राम्रैसंग थाहा थियो ।
पदमा छँदा त उनको रवाफ कसले हेरिदियोस । तर अहिले सेवानिवृत भएपछि एकदमै सहज र सरल देखिन्थे । छोरा, छोरी, श्रीमती सवैको बिदेशमानैबसाई भैसकेको थियो । सेवा निबृत भए पछि कुनै नाम चलेको देशकोराजदुत हुँदैछन् भन्ने हल्ला पनि सुनेको हो । कता कता तीन करोडमा कुरामिलेन भन्ने पनि सुनियो । “नदेखेको जस्तो त के गर्नु । एकचोटी भेटिहालौं ।के भन्दा रहेछन त बुढाले, सुनी पनि हालौं ” भन्ने सोचेर नजिकै गएर भनेँ – “नमस्ते अङ्कल !”
“नमस्ते बाबु, अनि कता बाट यता तिर त । कि यतै बस्ने गरेको छ ? ”
“अँ, अङ्कल । यतै फुपुको घरमा आएको थिएँ । केहि दिन बस्छु ।”
“बुवालाई कस्तो छ ?”
“उहाँलाई सन्चै छ ।” मैले भनेँ
“बाबु, म अहिले मन्दिर जान लागेको बेलुका मेरो घरमा आऊ है । घर देखेकोछ कि छैन ?”
“हस अङ्कल । घर देखेको छु ।” मैले भने
बेलुका ६ बजे म उनको घरमा पुगेँ । घर पुरानो र साधारण थियो । उनलेआफैंले भने – “बाबु, यो मेरो जीवनको पहिलो घर हो । त्यो बेला योनेपालटार गाउँनै थियो । सस्तोमा लिएको थिएँ जग्गा । पछि बिस्तारै अलिअलि गर्दै घर बनाएँ । ” घरमा केहि सहयोगीहरु देखिन्थे ।अङ्कल कुरा गर्नेमुडमा देखिन्थे । आखिर गाउँबाट आएर काठमाडौँमा आफुले गरेको सृष्टिगाउँकै मान्छेलाई सुनाउन पाउँदा छुट्टै आनन्द महसुस गरेको बुझिन्थ्यो । तरबुढोले भित्री कुरोहरु खोलिरहेका थिएनन आधा घण्टा कुरा गर्दा पनि ।मलाई लागिरहेको थियो उनी मलाई आफ्ना मनका गुम्स्याईहरु मात्रैतौलीतौली खन्याइरहेका थिए ।त्यसैले मैले उनलाई अलि तताउने किसिमलेकेहि सोध्ने विचार गरेँ ।
“अङ्कल, एउटा कुरा सोधुँ, रिसाउनु हुन्छ कि भन्ने डर पनि लाग्छ ।“
“सोध बाबु, त्यस्तो रिसाउनु पर्ने कुरा के छ र !”
” गाउँ तिर त मान्छेहरु हजुरको नाम लिएर दिग्विजयनै गर्नु भयो । मान, इज्जत, पैसा केहीको पनि कमी छैन भन्छन । तर हजुरलाई हेर्दा त्यस्तो तलाग्दैन ।” अलि कुटनीतिक भाषामा सोधेँ ।
” ठीक भन्यौ, बाबु । मलाई त्यस्तो “मैँ हुँ ” भन्ने तडकभडक गर्न मन लाग्दैन ।हामी त गाउँबाट आएका, सादा–सरल जिन्दगी, उच्च विचार ।“
उनको कुरा सुनेर मलाई अलि साहस आयो, अनि सोधेँ -” अङ्कल, हजुरकोत टोलै पिच्छे घर छ रे , के के छ रे भन्ने सुनेको थिएँ ।“
” भन्नेले के के भन्छन के के ? मेरो भनेको यहि घर हो । अरु भनेका श्रीमती, छोराछोरीका हुन् , उनीहरुले आफैं कमाए, आफैं बनाए । गाउँ तिरको खेतबेचेर बालुवाटारमा एउटा घर बनाएर बहालमा दिएको छु । त्यहि बहालले घरचलाउँछु । जागिर खाएर के हुन्छ, बाबु ? बरु श्रीमतीले किताव लेखेरचारवटा घर बनाइन । छोरा–छोरीले बिदेशमा काम गर्दै पढ्दै पैसा बचाएर दुईदुईटा घर बनाए । जिल्ला तिर मैले काम गर्दा कौडीको मूल्यमा जग्गापाइन्थ्यो । खाना खर्च घटाएर जग्गा किनेको थिएँ। आजकल भाऊ बढेकोछ रे , त्यो पनि त्यतिकै छ । सवै विदेश गइहाले । म बूढो घर कुरेर बसेको छु। तिनीहरुका सम्पति हेरिदिनु पर्छ । यहाँ बिरोधीहरु त्यतिकै छन् । लाउनु, खानु केहि छैन । सुगर, प्रेसर छ ।“अङ्कलले एकै सासमा सवै कुरा भने ।
“हैन, अङ्कल, छोराछोरी, श्रीमतीको सम्पति भन्ने कुरो के भयो र ! सवै तआफ्नै हो । चट्ट चाहिने जति मात्रै राखेर अरु बेचेर ठाँटबाँटले बस्ने, खाने, लाउने गरेर बुढेसकाल रमाइलो संग काट्न हुन्न र ? विदेश गएका फर्केरआऊँदैनन क्या र !”
” पहिलो कुरो अव के खानु, के लाउनु ? दोस्रो कुरो, अर्काको सम्पति कहाँचलाउनु , तेस्रो कुरो धेरै ठाँटबाँट गर्यो भने आँखा लाग्छ । समय पहिलाकोजस्तो छैन । त्यतिकै दुश्मन आईलाग्छन | आफु सानो भएर हिड्नु पर्ने जमानाआयो बाबु ।“
“कि तपाईं पनि विदेश तिरै लाग्नु पर्यो, अङ्कल !”
” म गए पछि यत्रो सम्पतिको रेखदेख कल्ले गर्छ ? म त जानै मिल्दैन, बाबु ।“
” अङ्कल, हजुरको कुरा सुन्दा मेरो मनमा के के आयो, भनुँ ? नरिसाउनु होलानि ।“
“भन बाबु, त्यस्तो रिसाउनु पर्ने के छ र ?”
” अङ्कल, हजुर चौकीदार पो हुनु भयो जस्तो लाग्यो । राम्रो संग खान पनिनपाउनु, राम्रो लगाउन पनि नपाउनु, कतै जान पनि नपाउनु, न सम्पतिभोगचलन गर्न पाउनु, एक्लो जिन्दगी बिताउनु ।“
अङ्कलले केहि बोल्नु भएन । सहयोगीलाई बोलाएर खाना तयार भयो भएनसोध्नु भयो । ” आज यतै खाउँ, बाबु” भन्दै हुनुहुन्थ्यो । मैले “कुनै दिनमिलाएर दिन भरि अङ्कल कहाँ बसौंला, खाना खाउँला, आज अनुकुल पर्दैनअङ्कल” भने ।
अङ्कलसंग अरु केहि बेर गाउँघरका कुरा गरेर म निस्किएँ । बाटो भरिआफ्नो बुवा र अङ्कललाई दाँजिरहेँ । बुवा गाउँमा आफ्नो सम्पूर्ण परिवारसहित बसिरहनु भएको छ । हट्टाकट्टा हुनुहुन्छ । गाउँका सवैले माया–स्नेह, इज्जत गर्छन । खेतीपाती, गाईवस्तु प्रशस्तै छन् । कसैले सम्पतिमा आँखालगाउलान भन्ने पिरलो पनि छैन । बारीमा आँप, सुन्तला,आरु, कागती, भोगटे, मेवा, नासपाती आदि लटरम्म फल्छन । लालुपाते, बोगनबेली, पलास, चमेली आदि फुलिरहन्छन । कहिलेकाँहि काठमाडौँ आउनु हुन्छ, अनि मनपरेन भनेर फर्किनुहुन्छ ।
तीन चार दिन पछि अङ्कललाई हवाई चप्पल पड्काउँदै महादेवखोलाकोकिनारमा एक्लै हिंडिरहेको देखेँ । ” राम नाम सत्य हो ” भन्दै संखध्वनि संगैपिताम्बरले ढाकेको शव बोक्दै एक हूल मान्छेहरु पनि महादेवखोलाकोकिनार तिरै गइरहेका थिए ।