ओली नेतृत्वको सरकार ढाल्न पौडेलको सुझाव
पोखरा-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली नेतृत्वको सरकार ढाल्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएको खुलासा गरेका छन् । यद्यपि पार्टी सभापति देउवाको ओली सरकार ढाल्ने निर्णय गर्न नक्सनु रमस्यमयी भएको बताएका छन् । वरिष्ठ नेता पौडेल मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पूर्णप्रसाद/मायादेवी बराल शान्ति पुरस्कार वितरण समारोहमा बोल्दै थिए ।
जनता समाजवादी दल लगायतले काँग्रेसले ठोस निर्णय दिन नसकेको आरोप लगाएकोप्र

ति संकेत गर्दै नेता पौडेलले भने –‘अहिलेको अवस्थामा काँग्रेसले ठोस कदम चाल्न ढिलाई गरे पार्टी र नेपाली राजनीति उल्टो दिशामामा जान सक्छ ।’ उनले अन्य दलको हातमा नेतृत्व जान नहुनेमा जोड दिंदै आफ्नो हातमा निर्णय शक्ति नभएको गुनासो गरे । ‘म संसदीय दलको नेता र पार्टी सभापति पनि होइन’ उनले भने–‘अहिलेको राजनीतिलाई दिशा दिने काम काग्रेसले गर्नुपर्छ । मैले यो कुरा देउवाजीलाई राख्छु।’
कार्यक्रममा नेता पौडेले पत्रकार हिमनिधि लौडारीलाई पूर्णप्रसाद÷मायादेवी बराल शान्ति पुरस्कारबाट सम्मान गरेका थिए । पुरस्कारको राशि रु. २५ हजार, सम्मानपत्र र दोसल्ला रहेको छ ।