पोखराःगण्डकी प्रदेशमा पर्ने लमजुङ जिल्लाको क्वहोलासोथार गाउँपालिका वडा नं. ४ मा रहेको त्रिभुवन विद्याआश्रम माध्यमिक विद्यालयमा मंगलबार दिउँसो चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु भएको छ । घटनामा अन्य ९ विद्यार्थी र दुई शिक्षक गरी ११ जना घाइते भएका छन् । विद्यालयमा पढाइ भइरहेको समयमा घटना भएको हो । घटनामा परी गम्भीर घाइते भएका १८ वर्षिय विनोद विकको उपचारका लागि हेलिकप्टरमार्फत् पोखरास्थित मणिपाल शिक्षण अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । गम्भीर घाइतेमध्ये छविन्द्र गुरुङको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले बताएको छ । अन्य घाइतेको अवस्था सामान्य छ ।
उता मौसम पूर्वानुमान महाशाखाले आगामी दिन दिनसम्म देशका विभिन्न स्थानमा हावा हुरी, मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने भन्दै सावधानीका लागि अनुरोध गरेको छ । अहिले देशमा स्थानीय र पश्चिमी वायुको पनि प्रभावका कारण मौसममा बदली आएको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार कर्णाली प्रदेशमा बुधबार दिउँसो र राति तथा गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा हुने सम्भावना छ । यो क्रम शुक्रबारसम्म रहने बताइएको छ ।
सम्बन्धित खवर
-
पोखरा ४ श्रावण । गण्डकी ...
-
नेपाल व्यूरो काठमाडौं । विघटित ...