ऐना (लघुकथा)

” तपाईंले के गर्नु भयो? त्यहि गाउँबाट काठमाडौँ आएर काँठमा एउटा घरबनाएको हैन? त्यो बेलामा त यो ठाउँ आलु– भन्टाबारी नै थियो नि | स्यालकराउँथ्यो । अहिले कत्रो शहर भयो । अलि बाठो भएर पैसा कमाएर धेरैजग्गा जोडेको भए आज के हुन्थ्यो? बेलामा आफ्नो छोरा–छोरीको बारेमासोच्न पर्दैन? …”
धर्मदत्त आफ्नो छोराको धम्की, घुर्की, घमण्ड, फाईंफुट्टी देख्दा अचम्मित भए। छोराको कर्कस आवाजले कान छेड्ला जस्तो भयो उनलाई । उनले“कमजोर भए पछि सबभन्दा पहिले आफ्नो सवभन्दा नजिककाले नै सवैभन्दाबढी चोट–पीडा दिन्छन” भन्ने बूढापाकाहरुको भनाई सम्झे। “कति दु:ख गरेरपढाइयो, बिहा गराइयो । यहि घरमा नाति–नातिना भए । अहिले हाकिम पनिभयो । राम्रै कमाउँछ रे । बुहारी पनि राम्रै कमाउँछिन् । नाति–नातिना हामीलेहेरिदिएकैछौं । भात पकाईदिएकैछौं । कति हाई–सन्चो छ – त्यसलाई । अवहाकिम भयो | यहाँ बस्न मन परेन । कता कता घर अनि जग्गा पनि किनेको छरे | अनि निहुँ खोज्दै अंश माग्न आयो । मान्छे कम्जोर हुन्जेल मात्रै संगै हुँदारहेछन । बलियो भए पछि त ओतलाई नै थर्काउँदा रहेछन ।“ धर्मदत्तकोमनमा कुरा खेलिरहे।
” मलाई अंश चाहियो – कसरि दिने हो? चाँडो जवाफ चाहियो । नत्र भोली नैम यो घर छोड्दैछु । त्यसपछि तपाईंसँग कुरा हुन्न । जे गर्न पर्छ, गरौंला ।”
धर्मदत्तले केहि बोलेनन | न्याउरो भएर छोराको अनुहार टुलुटुलु हेरिरहे । कताकता एउटा शैतान देखे । डरलाग्दो शैतान जो उनलाई पुरै निर्वस्त्र पारेरआफ्नो बहुमुल्य सामान लग्दैछ । । तर कताकता छोराको अनुहारमा ३० बर्षअगाडिको आफ्नै जल्दोबल्दो अनुहार पनि देखे । मानौं कसैले उनलाई ऐनादेखाइदिएको थियो । सुब्बाको जागिर थियो । काँठमै भए पनि काठमाडौँमाघर थियो । छोरा–छोरी सवै राम्रा स्कुलमा पढथे । कति फूर्तीफार्ती थियो ।गाउँमा जाँदा कति रवाफ थियो । गाउँमा बा–आमा, भाइ–बैनीहरु थिए । तरउसले बाबुलाई बाह्रैमास पानी लाग्ने पिपलटारीको चार रोपनी खेत दिनथर्काएको थियो । त्यो बेचेर काठमाडौँ पैसा ल्याउनु थियो । त्यो बेला बाबु–आमा, भाइ–बैनी कति निरिह भएर टुलुटुलु हेरिरहेका थिए ।
– बेडफोर्ड, टेक्सास
मार्च १८, २०२१