नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधन भएको छ। फागुन १४ गते मष्तिष्कघात भएका जोशीको काठमाडौंको नोर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। जोशीको शुक्रबार बेलुकी ८ बजेर २४ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

काठमाडौँ क्षेत्र नं. ८ बाट निर्वाचित भई उध्योग मन्त्री समेत भएका स्वर्गीय नवीन्द्रराज जोशी काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर समेत निर्वाचित भएका थिए। उनी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष समेत थिए।

नागरिक

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected