आमाको मन (कथा)

गत बर्ष नेपाल जाँदा काठमाडौँमा कोरोना लकडाउनले कोठामा थुनिएरबसिरहेको अवस्था थियो । लकडाउनको केहि महिना पछि आउँदो शनीबारदेखि जोर बिजोर लगाउने रे भन्ने सुनियो । टोलको सामाजिक कार्यकर्ताभाइको फोन आयो – ” दाइ, अव त जोर बिजोर हुने भैहाल्यो । दाइले हामीलेसंचालन गरेको बृद्धाश्रम हेर्ने भन्नुहुन्थ्यो । शनीवार बिहान १० बजे मतपाईंलाई लिन आउँछु, हुन्छ दाइ ?”
” भै हाल्छ नि, भाइ । म तयार भएर बस्छु ।” मैले भने ।
शनिवार बिहान ११ बजे तिर टोलको कुनाको एउटा बस्तीमा पुगियो । त्यहाँफोहोरका थुप्राहरु, दुर्गन्धित नालीहरु देखिन्थे । भाइसंग मेरो राम्रो आत्मीयसम्बन्ध थियो । त्यसैले उ मनमा आएका कुराहरु बिना हिचकिचावट मलाईभन्दथ्यो । त्यहि झाडीको छेउमा पार्किङ्ग गरेको एउटा गतिलो गाडी देखाउँदैभन्यो – ” दाइ, यो गाडी हेर्नोस त । पछि तपाईंलाई भन्छु । ” मैले गाडीलाई“नोटिस” गरेँ । गाडी पार्किङ्ग गरेको ठाउँबाट वृद्धाश्रम पुग्न पाँच मिनटलाग्यो ।
बृद्धाश्रम पुग्दा त्यहाँबाट एक जोडी फर्किरहेको भेटियो । भाइले फेरि मलाई‘नोटिस‘ गर्न संकेत गर्यो | उनीहरु र भाइ दुवैले एक अर्कालाई नचिनेकोजस्तो गरे । वृद्धाश्रममा दश जना बृद्ध–बृद्धाहरु रहेछन । एउटा कुनामाएकजना बृद्धा सयपत्रीको माला लगाएर बसेकी रहिछिन । उनको छेउमै दुइटासुन्तला, दुइटा केरा, दुइटा स्याउ थिए । बृद्धा खुशी देखिन्थिन । भाइलेनजिकै गएर भन्यो – ” आमा, जन्मदिनको शुभकामना । आरामै हुनुहुन्छ?”
“धन्यवाद, बाबु । छोरा, बुहारी आएका थिए । म एकदमै खुशी छु, बाबु ।” छोरा, बुहारी भेटन आएकोमा ती ७५ बर्षिया आमाको आँखामा, अनुहारमाछचल्किएको खुशी हेरिरहुँ जस्तो थियो ।
” छोरा, बुहारीले के भने आमा?” भाइले सोध्यो ।
” मेरो जन्मदिनको शुभकामना दिए । फलफूलहरु यिनै हुन् । एउटा कागजमा‘साइन‘ गरिदिनोस त आमा भने । गरिदिएँ ।”
“फेरि कहिले आउँछु भने त, आमा?”
“केहि भनेनन्, बाबु ।” आमाले भनिन ।
“हस त आमा, तल अलिकता काम छ। म जान्छु ।” भनेर भाइले मलाई उसको काम गर्ने कोठामा लग्यो । साधारण कोठा थियो । एक जना अधबैंसेमहिला फाइलहरु हेर्दै थिइन् । शायद लेखापाल / खरिदार हुनुपर्छ । चियाकोअर्डर भयो । कोरोनाको अवस्थामा बाहिर केहि पनि नखाउँ जस्तो लागेकोथियो । तर मुख खोल्न सकिन – भाइले चित्त दुखाउँछ कि भनेर ।
अनि भाइले भन्न लाग्यो -” दाइ, यहाँ त कस्ता कस्ता कथाहरु छन् । अघिभेटेको आमाको कथा सुनाउँछु ।”
“भन्नोस् भाइ, मलाई त छटपटी नै भैसक्यो – कथा सुन्न ।” मैले भने ।
“दाइ, हामीले केहि बेर अगाडी जुन जोडी देख्यौं नि, तिनै हुन् आमाका छोरा रबुहारी । दाइलाई मैले देखाएको गाडी तिनीहरुकै हो । छोरा चाँही कतासरकारी जागिरमा अधिकृत छ । बुहारी चाँहि कुनै ‘एनजीओ‘मा गतिलैपदमा छ । अनि स्वयम्भुमा राम्रै घर छ। त्यो घर आमाकै नाममा थियो । बुबाबितेको पाँच बर्ष भयो ।“भाइले छोटकरीमा भन्यो ।
“आमालाई ललाई–फकाई, धम्क्याई त्यो घर र सम्पती हात पारेछन । त्यसपछि आमालाई घरमा बसी नसक्नु स्थिती सिर्जना गरेछन् । त्यसपछि बाध्यभएर आमाले ‘मलाई कतै बुढाबुढीको राम्रो स्याहार–सुसार गर्ने ठाउँमालगिदेउ । यो दिनहुँको टोकसो म सहन सक्दिन” भन्नु भएछ । उनीहरुले त्यहिखोजेका थिए । आमाको सम्पती, हैसियत अनुसार राम्रै ठाउँमा व्यवस्था गर्नसकिन्थ्यो । तर यो टोलको पूर्व वडा अध्यक्षसँग मिलीमतो गरेर यहाँ ल्याए ।हामीले आमालाई यहीँ बस्ने बन्दोबस्त गर्यौं । आमा खुशी हुनुहुन्छ । बत्तीकातीरहनुहुन्छ । पशुपतीमा आफ्नो श्रीमानको नाममा लाख बत्ती बाल्ने धोकोछ उहाँको ।“ फाइल हेरिरहेकी महिलाले एकै सासमा भनिन ।
“हैन, नेपालमा त जेष्ठ नागरिकहरुका हक–हित, संरक्षण, सुरक्षा सम्बन्धीकानुनहरु बने रे भन्ने सुनेको थिएँ । के अझै पनि यस्ता घटनाहरु भइरहन्छन?” मैले ती महिला लाई सोधेँ ।
” यस्ता घटनाहरु त कति कति ! यो आश्रममा बस्नुहुने प्रत्येक आमा –बुवाकोआ–आफ्ना दु:ख, बेदना, पीडा छन्– आफ्ना सन्तानहरुले दिएका । यहाँबस्नको लागी कति निवेदन परेकाछन् । के गर्नु हामीसंग स्रोत–साधन सिमितछ । मैले पनि समाचारहरु पढेको थिएँ । समाचारहरुको पनि विश्वास गर्नसकिन्न । फेरि नेपालका कानुनहरुको पनि नौ सिङ्ग हुन्छ भन्छन ।वकिलहरुले आफुलाई जुन सिङ्ग समात्दा फाइदा हुन्छ त्यहि सिङ्ग समातेरब्याख्या गर्छन । सोझा–साझा, निमुखा, बृध्द–बृद्धाको पहुँच भन्दा बाहिर छकानुनी उपचार पनि ।” उनले थपिन ।
” हैन, सरकार, नागरिक समाज, गैरसरकारी संस्था, प्रबुद्ध बर्गहरु बोल्दैनन?” मैले जिज्ञासा राखेँ ।
“लथालिङ्ग देशको भताभुङ्ग चाला, जसले सक्छ उसैले खाला‘ भने जस्तोछ । आफ्नै सन्तान बैगुनी भए पछि के लाग्छ? हेर्नोस न, बिडम्बना ! तीआमाको छोरो कता महिला कल्याणमा काम गर्छन र बुहारी चाँहि महिलासशक्तिकरणमा । घरमा चाँहि आमालाई त्यस्तो व्यवहार! छर–छिमेक, नाता–पाता कोहि पनि अघि सरेर बोल्दैनन । अहिले पनि बृद्ध–भत्ता लिनकोलागि मंजुरिनामामा ‘साइन‘ गराउन आएका हुन् तिनीहरु– जन्मोत्सवकोबहाना गरेर । आमालाई यहाँ राखेर के जन्मोत्सव ? समस्या बिकराल छ ।“उनले भनिन ।
“दाइ , मैले साथी भाइहरुसंग सरसल्लाह पनि गरेको थिएँ – आमाको हक–अधिकार स्थापित गराउने बिषयमा । एक–दुइ जना वकिल साथीहरु पनितयार हुनुहुन्थ्यो कानुनी सहयोग दिन । तर आमाले मान्नु भएन ।” धेरै बेरपछि भाइ बोल्यो ।
“किन ?” मैले भनेँ
“आमाले आफ्नै छोरा–बुहारी, नाति–नातिनासंग लडेर मलाई सम्पती चाहिदैनभन्नुभयो ।” भाइले भन्यो ।
“अनि आफैंलाई लडाउन लागे पछि लडन पर्दैन आमाले ?” मैले भनेँ ।
“मैले पनि त्यहि कुरा गरेको थिएँ आमा सँग । मैले त महाभारतमा ‘आफ्नैलाईमारेर मलाई यो सत्ता चाहिँदैन‘ भनेर अर्जुनले कृष्णसंग भन्दा कृष्णले ‘तिमीलेउनीहरुलाई नमारे के उनीहरुले तिमीलाई जिउँदो छोड्छन र । त्यसैलेआत्मरक्षाको लागि पनि तिमीले लड़नै पर्छ‘ भनेको प्रसंग पनि सुनाएको थिएँ।” महिलाले म तर्फ हेर्दै भनिन ।
“अनि के भन्नु भयो त आमाले ?” मैले सोधेँ ।
” आमा संग त कहाँ कुरा गर्न सकिन्छ र । उहाँ धेरै गहिरो कुरा गर्नु हुन्छ ।उहाँले मलाई ‘भगवानको लीलाको कुरा नगर, नानी । तिम्रा केटाकेटी छ किछैनन्‘ भनेर सोध्नु भयो । मैले एउटा छोरी एउटा छोरा छ भनेँ । उहाँले भन्नुभयो – ‘थाहा पाउँछ्यौ नानी, छोराछोरी र आमाको माया । कुपुत्रो जायतेकुमाता नभवती । म बुढीलाई के चाहिन्छ र –बिहान–बेलुकाको जाउलो रदिउसोको खाजा । त्यति त तिमीहरुले दिएकै छौ । त्यस पछि छोरा–छोरी, बुहारी, नाति–नातिनाको माया, त्यति हो । घर, गाडी, सम्पती मलाई किनचाहियो ? ती कुराहरु पनि म पछि भोग गर्ने उनै हुन् । अहिलेनै लिए, ठिकै छ। छोरा–बुहारीले जे गरुन त्यो उनीहरुको कर्म हो । उनीहरुको सँधै भलो सोच्नुमेरो धर्म हो । म लडदिन नानी । यो आमाको मन सानो पार्दिन । म लडदिन, नानी भन्दै धोतीको सप्कोले आमाले आफ्नो आँशु पुछ्नु भयो ।“
यती भन्दै ती महिलाले बर्र आँशु झारिन । भाइको आँखा भिजेको देखेँ । मेराआँखा पनि रसाए । केहि बर्ष अघि दिबंगत भएकी ९२ बर्षिया आमाले ” भातखायौ, बाबु” भनेको सम्झिएँ । आमाको मन न हो, यो नातिको मुखहेरिसकेको छोरा भोकै छ कि भन्ने चिन्ता । आमालाई सम्झेर मन अझै भरंगभयो । खल्तीमा टिस्यु पेपर खोजें | तर राख्न बिर्सेको रहेछु । वृद्धाश्रमकोकार्यालयको भुइँमा मेरा आँशु तपतप झरिरहे ।