अमेरिका– संसार कै दोस्रो धनी व्यक्ति स्पेशएक्स कम्पनीका मालिक एलन मस्क कस्तो घरमा बस्लान त ?
धेरैले सोचेका होलान उनी बस्ने आलिसान बंगाला छ ।
तर उनी भने ५० हजार डलरको सानो घरमा बस्छन् । एलन मस्कले ट्वीट गदै भनेका छन् कि
उनले क्यालिफोर्नियामा आफनो अधिकांश रियल स्टेट बिक्री गरिसकेका छन् र
अहिले मुख्य रुपमा टेक्ससको स्पेशएक्सको स्टारबेसमा जम्मा ५० हजार डलरको घरमा रहदै आएका छन् ।
संसार कै दोस्रो धनी एलन मस्क संग अहिले १६६ अर्ब डलरको सम्पत्ति छ ।
टेस्लाका मालिक मस्कको यो घर २० फुट लम्बाई र २० फुट चौडाईको छ । उनको यो बनीबनाउ घर फोल्ड गर्न सकिन्छ ।
जुन जहा“ पनि सवारीमा बोकेर लान सकिन्छ । यो घर बक्साबल कम्पनीले बनाएको हो । एलन मस्कले अहिले आफनो
कम्पनी स्पेशएक्स मिसन मंगलग्रहमा बस्ती बसाउन अर्बो डलर खर्च गरिरहेका छन् । उनले सन् २०२६ सम्म मानिसलाई मंगलग्रहमा उतार्ने र बस्ती बसाल्ने लक्ष्य सहित अघि बढेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected