भारतीय मुलकी डा मिना शेषमणि ‘युएस सेन्टर फर मेडिकियर’को निर्देशकमा नियुक्त
अमेरिका– भारतीय मुलकी अमेरिकी स्वास्थय निति विशेषज्ञ ४३ वर्षिया डा मिना शेषमणि लाई युएस सेन्टर फर मेडिकियरको निर्देशकमा नियुक्त गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला हयारिसको नेतृत्वमा स्वास्थय
निति विशेषज्ञ डा मिना शेषमणिले सत्ता हस्तान्तणको दौरान स्वास्थय एव मानव सेवा एजेन्सी समिक्षा समितिमा पनि काम गरेकी थिइन ।
शेषमणिले मेडिकियरमा निर्भर ६५ वर्ष या त्यो भन्दा माथिका बिरामीको संस्थानको नेतृत्व समेत गर्नेछिन् । उनले स्वास्थय अर्थशास्त्री, चिकित्सक तथा स्वास्थ्य निति विशेषज्ञको रुपमा काम गर्नेछिन् ।
शेषमणिले ब्राउन युनिभर्सिटीबाट बिजनेस इकोनमिक्मा बिए, युनिभर्सिटी अफ पेन्सिलभेनिया स्कुल अफ मेडिसिनबाट एमडी र अक्सफोर्ड विश्वविद्यालयबाट स्वास्थय अर्थशास्त्रमा पिएचडी गरेकी हुन ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















