यु एस नेपाल पोस्ट सम्बाददाता
मे १९, बोस्टन
अमेरिकाकाे मासाचुसेट्स राज्यमा कोभिड १९ बाट मर्ने को संख्या ६,००० नाघेको छ। गत २४ घण्टामा मात्रै मर्ने को संख्या १२६ ले थपिएको मासाचुसेट्स राज्यका गभर्नर चार्ली बेकरले नियमित प्रेस ब्रिफिंगमा बताएका छन्। उनकाअनुसार आज नया संक्रमित को संख्या १०४५ ले थपिएर जम्मा संक्रमित को संख्या ८८,९७० पुगेको छ। मासाचुसेट्स अमेरिकामा कोभिड १९ बाट सबै भन्दा प्रभावित राज्यहरु मध्य चौथो नम्बरमा पर्दछ।
यस अघि मासाचुसेट्सलाइ विभिन्न्न चार चरणमा खोल्ने क्रममा गत सोमबार देखि म्यानुफ्याक्चर तथा कन्स्ट्रकसनका कार्यहरुलाई सुचारु गरिएको छ भने प्राथना गृह हरु पनि खोलिएका छन् त्यसै गरि आगामी सोमबार अर्थात् मे २५ देखि बोस्टन सहरबाहेक अन्य स्थानका कार्यलयहरु, सैलुन , कार वास तथा अन्य रिटेल बिजनेस हरुपनि खोलिने जनाइएको छ भने यसको असर लेखा जोखा गरि कम्तिमा तिन हप्ता पछि दोस्रो चरणमा होटल तथा रेस्टुरेन्ट लगायत अन्य खेल मैदान हरु खोल्ने गरि योजना आगाडी सारीएको छ। मासाचुसेट्स अमेरिकामा नेपाली हरुको बाक्लो बशोबास रहेको राज्य मध्य पर्दछ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















