अमेरिका– रक्तदान जीवनदान भन्ने मुल उद्घोष सहित आइतबार टेक्ससको अर्भिङमा रक्तदान सम्पन्न भएको छ ।
अर्भिङ एभरेष्ट सेन्टेनियल लाईन्स क्लब तथा ड्यालस एभरेष्ट लाइन्स क्लबको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा १२ जना क्लबका सदस्यहरुले स्वतःस्र्फुत रक्तदान गरेका थिए । कोरोना महामारीको यो विषम परिस्थ्तििमा पनि लायनका साथीहरु रक्तदान कार्यक्रममा सहभागी भएर पुण्य काम गरेको अर्भिङ एभरेस्ट सेन्टेनियल लाइन्स क्लबका अध्यक्ष सरोज सिग्देलले जानकारी दिए ।

टेक्ससको ड्यालस फोटवर्थ क्षेत्रमा कार्टर ब्लड सेन्टरको सहयोगमा ड्यालस एभरेष्ट लाइन्स क्लबले नियमित रुपमा यस क्षेत्रमा रक्तदान कार्यक्रम गदै आएको । पछिल्लो समय फैलिएको कोरोना महामारीमा पनि रक्तदान कार्यक्रम नियमित हुदै आएको रक्तदान कार्यक्रमका संयोजक शिव काफ्लले जानकारी दिए ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















