भारतिय मुलका अमेरिकन याैन अपराधकाे अभियाेगमा विमानस्थलबाट पक्राउ
अमेरिका– भारतीय मुलका एक अमेरिकी यौन अपराधको आरोपमा विमानस्थलबाट पक्राउ परेका छन् ।
आफनो साथीको पासपोर्ट प्रयोग गरेर भाग्न खोज्ने क्रममा ४१ वर्षिय दुरिकन्डन मुरुगन शिकागोको ओहारे अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन । उनले न्युजर्सिमा एक नाबालिका माथि यौन उत्पीडन गरेको आरोप छ । अमेरिकी सिमा शुल्क एवं सिमा सुरक्षा विभागका अधिकारीहरुले उनलाई बुधबार विमानस्थलबाट पक्राउ गरेका थिए । विमानस्थलमा जा“चका क्रममा उनले अर्के नाममा जारी गरिएको पासपोर्ट देखाएका थिए । तर आफना लगेज लगायतका सामान भने आफनै नाममा जारी गरेको दस्तावेज भेटिएको थियो ।
शंका लागेर सोधपुक्ष गर्ने क्रममा उनले आफनो सही पहिचान स्वीकार गरेका थिए । उनी भारतमा रहेका आफना बिरामी पितालाई भेटन र अमेरिकाबाट निस्कन साथीको पासपोर्ट प्रयोग गरेका थिए ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















