अमेरिका–संचार क्षेत्रको बायरलेस कम्पयुटर नेटवर्कका जन्मदाता मानिने नरमान अब्रामसन को ८८ वर्षको उमेरमा निधन भएको छ । उनको क्यानसरका कारण निधन भएको समाचार एजेन्सीहरुले जनाएका छन् । उनलाई प्रारम्भिक बायरलेस नेटवर्क एएलओएचनेट बनाउने श्रेय जान्छ । यसको निर्माण पछि नै पछिल्लो पुस्ताले आधुनिक सेटलाइट, फोन तथा कम्पयुटर नेटवर्क प्रयोग गर्न थालेका हुन ।
अब्रामसनले आफनो पहिलो परियोजना हवाइ विश्वविद्यालयमा तयार गरेका थिए । जहा“ उनले एउटा विद्यालयको भौगोलिक स्थितिबाट अमेरिका डाटा पठाउने र प्राप्त गर्ने मदत गर्ने एउटा रेडियो प्रविधि बिकसित गरेका थिए । अब्रामसनको जन्म १९३२ मा बोस्टनमा भएको थियो । १९९४ मा सेवानिवृत्त हुनु अघि उन िहवाई विश्वविद्यालयमा प्राध्यापकको रुपमा कार्यरत थिए ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















