टेक्सस– टेक्ससको एक चर्चमा भएको बन्दुक हमलामा एक पादरीको ज्यान गएको छ ।
आइतबार दिउसो टेक्ससको स्टारभिल मेथोडिस्ट चर्चमा भएको उक्त घटनामा अन्य दुई जना घाइते भएको टेक्ससका गर्भनर ग्रेक एबोटले एक विज्ञप्ती जारी गदै घटनाको निन्दा गरेका छन् ।
कतैबाट घटना घटाएर चर्चमा लुक्न आएको अपराधिक मनोवृत्तिको उक्त हमलाकारी बाथरुमा लुकेको थियो ।
हमलकारी पादरीको बन्दुक बन्दुक खोसेर आक्रमण गरेको अधिकारीहरुले बताएका छन् । आक्रमणकारीको आक्रमणबाट पादरीको घटनास्थलमै मुत्यु भएको प्रहरीले बताएको छ । घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । घटनामा मृत्यु भएका र हमलाकारीको नाम अहिलेसम्म प्रहरीले सार्वजनिक गरेको छैन । उक्त सन्दिगध व्यक्ति छिमेकी हयारिसन काउन्टीबाट पक्राउ परेको थियो । घटना घटाएपछि हमलाकारीले भाग्नका लागी पादरीको सवारी चोरेको थियो ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















