टेक्ससमा जमेको हिउमा सवारी चिप्लिएर दुर्घटना हुँदा ५ जनाको ज्यान गयो
टेक्सस– टेक्ससको फोटवर्थमा जमेको पातलो हिउ र पानीका कारण दर्जनौ सवारी साधन एक आपसमा ठोक्किदा बिहीबार बिहान ५ जनाको ज्यान गएको छ ।
प्रतिकुल मौसमका कारण भएको दुर्घटनामा कयौ घाइते भएको फोटवर्थ प्रहरीले संचारमाध्यमलाई जानकारी दिएको छ । बाटोमा हिउ जमेको कारण चिप्लो भएर सवारी साधन चिप्लिएर एक आपसमा ठोकिदा दुर्घटना भएको बताईन्छ । प्रहरीका अनुसार फोटवर्थ डाउनटाउन उत्तरी ३५ इन्टरस्टेट हाइवेमा ७५ देखि १०० वटा सवारी साधन सडकमा जमेको वरफमा चिप्लिएपछि एक आपसमा ठोक्एिका थिए । सवारी ठोक्दिा धेरै कार चालकहरु सवारी भित्र च्यापिएको बताइन्छ ।
दुर्घटनामा घाइते ३६ जनालाई अस्पताल पुरयाइएकोमा केहीको अवस्था गंभीर रहेको बताइएको छ ।
उता दक्षिण अस्टिनमा पनि बाक्लो वरफ जमेपछि सवारी साधन दुर्घटनामा परेको बताइएको छ ।
एजेन्सी
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















