अंग्रेजी गीतमा नेपाली

स्वतिक खड्का अमेरिकाको टेक्ससमा बसोबास गर्छन् । उनी म्युजिक भिडियो निर्देशन संगै अभिनयमा पनि सक्रिय छन् । चर्चामा रहने अंग्रेजी गीतमा नेपाली मोडलहरुलाई लिएर म्युजिक भिडियो बनाउने गर्छन् ।
प्राय टेन्डिङमा रहेका अंग्रेजी लोकप्रिय गीतलाई छनौट गरेर उनले भिडियोको निर्देशन गर्छन् । पछिल्लो समय चर्चामा रहेको सोन मेन्डेस र कमिला कबेलले गाएको सेनोरिटा…. बोलको गीतमालाई म्युजिक भिडियोमा उतारेका छन् ।
डान्समा समेत पोख्त खड्का भिडियो निर्देशन मात्र गदैनन् मोडलको रुपमा समेत आफै देखिन्छन् । सेनोरिटा गीतमा उनी संगै चर्चित नेपाली मोडल बिना श्रेष्ठले अभिनय गरेकी छिन् । भिडियोमा साल्सा डान्सलाई उनले प्रोमोसन गरेका छन् । किन अंग्रेजी गीतलाई म्युजिक भिडियोमा उतारेको भन्ने जिज्ञासामा उनले भने– ‘रुचीसंगै समयको माग अनुरुप चल्न यस्ता गीतलाई छनौट गरेको हुँ ।’ यस्ता गीतहरु नेपाली संगीत पारखीहरु मझ समेत लोकप्रिय भएकाले आफुले रोजेको बताए । त्यसो त उनले नेपाली गीतको समेत भिडियो निर्देशन गरेका छन् ।
झन्डै पाँच वर्ष देखि उनी यस्ता भिडियो निर्माण निर्देशन र अभिनयमा सक्रिय रहदै आएका छन् । त्यसो त उनले १६ वटो विभिन्न हिन्दी गीतको भिडियो निर्देशन र निर्माण पनि गरेको बताए । उनले क्लोजर, डान्स विथ द स्ट्ेरन्जर, ओल्ड टाउन रोड, आइ डन्ट केयर लगायत पछिल्ला समय चलेका अंग्र्जी गीतलाई भिडियोमा ढालेर लोकप्रिय भइरहेका छन् ।
यस्ता गीतमा अभिनय गर्ने नेपाली मोडलहरु पनि अग्रसर भइरहेका छन् । पश्चिमा संगीतको प्रभावले पनि यहाँ नेपाली युवायुवतिमा अग्रेजी गीतको मोह बढ्दै गएको छ । केही अंग्रेजी गीतमा मोडलिङ गरीसकेकी मोडल विना श्रेष्ठले यस्ता गीतमा अभिनय गदै विदेशी माझ समेत चिनिने अवसर मिलेको बताउछिन् । पछिल्लो समय चलेका अंग्रेजी गीतमा मोडलिङ गर्दा आफनो गीत प्रतिको मोह पनि पुरा भएको महसुस हुन्छ उनले भनिन–‘जमाना अहिले पश्चिमा संगीतकै छ ।’
नेपाली र ंअंग्रेजी शब्द मिसाएर गाइएको गीतमा र्याप गायक स्वामी डिले भने गीतमा विदेशी सहित नेपाली मोडललाई अभिनय गराएका छन् । उनि पछिल्लो समय अंग्रेजी भर्सनको गीतको तयारीमा रहेका छन् । टेक्ससमै नृत्यकार सर्वश्री अधिकारीले हिन्दी हिट नम्बरमा भिडियो बनाएको पाइन्छ । यसरी अमेरिकामा रहेका नेपाली युवायुवतिमा विदेशी संगीतको मोह संगै गीतको भिडियो बनाएर अभिनय गर्ने क्रम पछिल्लो क्रममा बढेर गएको छ ।