अमेरिका– रातमा राम्रो संग निदाउन सकिएन भने स्वास्थयका कति खतरा छ । यस सम्बन्धी एउटा खोजमुलक अनुसन्धान बाहिर आएको छ ।
राती जो ६ देखि सात घन्टा भन्दा कम सुत्ने गर्छन् उनिहरुमा हदयघात भई मुत्यु हुने खतरा बढदो छ । अमेरिकी कलेज अफ कार्डियोलजीको वार्षिक ७० औ सम्मेलनका क्रममा यो अध्ययन पेश गरिएको थियो ।
खानपीन, धु्मपान, तथा व्यायमले पनि यसमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने निष्कर्ष निकालिएको छ । अध्ययनले निकालेको निष्कर्षमा रातमा ६ देखि ७ घन्टा निदाउदा भने हदयघात भई मुत्यु हुने खतरा कम हुने बताइएको छ ।
अध्ययनकर्ताका अनुसार हदय रोगको बारेमा मानिसहरु अन्य कारक तत्वमा सचेत हुने गरेका छन् । तर निन्द्राको मामिलामा भने गंभीरता कम लिएको देखिन्छ ।
अनुसन्धानका लेखक कार्तिक गुप्ताका अनुसार रातमा ६ देखि ७ घन्टा सुत्दा पनि हदयघात हुनबाट बच्न सकिने बताएका छन् ।
यो २००५ देखि २०१० को बीचमा गरिएको सर्वेमा १४ हजार ७९ जनामा अध्ययन गरिएको थियो । यो अध्ययनपछि साढे सात वर्ष पत्ता लगाउने कोशिसमा बित्यो कति जनाको मुत्यु हदयघात, मुटु रोकिएर तथा स्ट्रोकबाट भयो भनेर । सर्बेमा सामेल हुनेहरुको उमेर औसत ४६ वर्षको थियो र यिनमा आधा महिला थिए । ६ घन्टा भन्दा कम सुत्नेहरुको मुत्यु हदयघाटबाट धेरै भएको निष्कर्ष अध्ययनले निकालेको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected