अमेरिका– कोरोनाभाइरस को चपेटामा पर्नेहरुमा यो घातक भाइरसको दीर्घकालिन प्रभाव पार्ने खतरा पनि पाइएको छ ।
एक नया शोध अनुसार सामान्य रुपले संक्रमीत हुने युवामा हदयको रक्न बाहिनीमा कोरोनाको दिर्घकालिन असर पर्न सकने बताइएको छ । भर्खर आएको अनुसन्धानको नतिजा अनुसार कोरोना संक्रमित भई ठिक भएको एक वर्ष पछि पनि फोक्सोलाई असर पार्न सक्ने देखिएको हो ।
अमेरिकाको एपलचियन स्टेट युनिभर्सिटीको शोधकर्ताका अनुसार ध्ययनबाट आएको नतिजा अनुसार कोरोनाको सामान्य लक्षण देखिएका युवाहरुमा मुटु सम्बन्धी जटिलताको खतरा बढन सक्नेछ । संक्रमण ठिक भएपछि पनि उनिहरुमा यो समस्या बन्न सक्ने बताइएको छ । यो अध्ययनका शोधकर्ता स्टीव रैचफोर्डले अध्ययनको नतिजाले युवा तथा खास गरी स्वास्थ्य मानिसमा पनि कोरोनाको दिर्घकालिन असर पर्न सक्ने बताइएको हो ।
अध्ययनमा कोरोना संक्रमणको तीन देखि चार साता पछि युवाहरुको रक्तबाहिनीमा परिवर्तन पाइएको थियो । शोधकर्ताको टिमले भाइरस मस्तिष्कको रगत पुराउने धमनी सहित पुरै शरीरमा असर पुराउन सक्ने बताएका छन् । शोधकर्ताले यो निष्कर्ष १५ युवामा गरिएको अध्ययनमा आधारित रहेर निकालेका हुन ।
कोरोना पोजेटिभ भएपछि तीन देखि चार हप्तापछि उनिहरुको जाच गरिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected