रिता राई टेक्ससको फोटवर्थमा बस्छिन् । उनी मोडलिङमा अधिक रुची राख्छिन् । उनले फोटोसेसन देखि म्युजिक भिडियो र केही ¥याम्पहरुमा पनि मोडलिङ गरिसकेकी छिन् । उनी भुटनिज नेपाली समुदायबाट प्रतिनिधित्व गर्छिन ।

पा“च वर्ष अघि टेक्ससमा आयोजीत एउटा कन्भेन्सबाट ¥याम्पमा क्याटवाक गदै उनी मोडलिङको दुनियामा आइपुगेकी हुन । पेशाले विद्यार्थी रहेकी रिता यात्रा गर्न गीत सुन्न र साथीसाभाई संग रमाउन मन पराउछिन् ।

२१ वर्षिया राईलाई मोडलिङमा लाग्न उचाई शारीरक बनोट र सुन्दरताले पनि साथ दिएको छ । १२ वर्ष अघि उनी परिवार सहित अमेरिका आएकी हुन । ५ फिट ६ इन्च अग्ली रिता फेसनेवल पहिरनकी सौखिन छिन् ।
उनले अध्ययन संगै आफनो मोडलिङ करिअरलाई पनि संग सगै लैजाने बताएकी छिन् । उनका आकर्षक पोज सहितका तस्विरहरु टेक्ससका फोटोग्राफर रुपेश न्यौपानेले कैद गरेका हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected