अमेरिकामा मोडलिङ अभिनय र फेसनमा जम्दै गरेकी प्रियंका
टेक्सस– प्रियंका ऐंर अमेरिकामा अभिनय र मोडलिङमा जम्दै गरेकी नेपाली चेली हुन । टेक्ससमा बसेर उनले आफनो कलाकारिता र अभिनयलाई अगाडी बढाइरहेकी छिन् ।
त्यसो त प्रियंका नेपाल हुदा देखि नै फेसन मोडलिङ र कला क्षेत्रमा लागेकी थिइन । उनले सन् २०१३ मा काठमान्डौमा भएको ब्युटी कन्टेष्ट मिस डिभा–२०१३ मा फस्ट रनर अपको टाइटल हात पारेकी थिइन । त्यसपछि उनलाई मोडलिङ र फेसन शोमा अफर आउने क्रम हवात्तै बढ्यो । उनी केही फेसन शोको ¥याम्पमा समेत उर्तिन । अहिले सम्म उनले ३४ भन्दा बढी फेसन शोहरुमा क्याटवाक गरिसकेकी छिन् । उनले नेपालका चर्चित मोडलिङ फोटोग्राफर संग पनि फोटोसुट गराइसकेकी छिन् ।
अमेरिकामा बनेकी नेपाली सिनेमा अमेरिकन बाबु मेड इन नेपाल मा उनको अभिनय रहेको छ । इश्वर थापाको उक्त सिनेमामा उनी संगै नन्दिता केसी इसान ढकाल र प्रवेश उप्रेतीको पनि अभिनय देख्न पाइन्छ । त्यस्तै अमेरिकाबाट बन्ने छोटा चलचित्रमा पनि उनले त्यतिकै अभिनय गरेकी छिन् । अभिनय मोडलिङ र फेसन शोमा भाग लिन उनी प्राय टेक्ससबाट न्युयोर्क पुगेकी छिन् ।
प्राय मलाई न्युयोर्कबाट नै अभिनय क्षेत्रमा बढी अफर आउने गरेको छ’ प्रियंकाले भनिन– मेरो फेसन मोडलिङ र अभिनयको कार्यक्षेत्र न्युयोर्क बनेको छ ।
उनले नेपाली तीज गीत तथा आधुनिक गीतमा पनि अभिनय गरेकी छिन् । रोचक कुरा के छ भने आउदा सेप्टेम्बर ११ मा उनी न्युयोर्क फेसन विकमा भाग लिदै छिन् ।
युनिभर्सिटी अफ टेक्सस एट आर्लिङटनबाट कम्पयुटर साइन्समा ब्याचलर गरेकी प्रियंका अहिले टेक्ससको अर्भिङमा रहेको सिटीके हेल्थ केयर एन्ड करिअर डेभलपमेन्टको फाइनेन सियल एड डाइरेक्टर पदमा कार्यरत छिन् ।