अमेरिका– अमेरिकामा नेपाली अनुसन्धानकर्तालाई विज्ञान तथा प्रविधीको क्षेत्रमा एक लाख ३० हजार अमेरिकी डलरको फेलोसिप अवार्ड प्रदान गरिएको छ ।
जोन्स हपकिन्स विश्वविद्यालयको स्कुल अफ मिडिसनमा पोस्टडक्टरल फेलोको रुपमा कार्यरत नेपाली अनुसन्धानकर्ता डा रमेश मरासिनीलाई अर्वाड प्रदान गरिएको हो । उनले एक विशेष प्रकारको स्नायुमा लाग्ने रोगको बारेमा अनुसन्धानका लागी यो फेलोसिप अर्वाड पाएका हुन ।
नेपालको गुल्मी रेसुंगा नगरपालिका ६ स्थायी घर भएका ३३ वर्षिय मरासिनीले दुई वर्ष भित्रमा अनुसन्धान पुरा गर्नुपर्नेछ । भर्खर मात्र पिएचडि पुरा गरेका मरासिनी जोन्स हपकिन्स विश्वविद्यालयमा अनुसन्धानकर्ताको रुपमा कार्यरत छन् ।
मरासिनीलाई मेरिल्यान्ड स्टेम सेल रिसर्च फाउण्डसेनले यो फेलोसिप प्रदान गरेको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected