टेक्सस– अमेरिका आएर अमेरिकाकै राजनिति गर्नुपर्छ भनेर नेपाली समुदायका केही अगुवाहरु अमेरिकाको राजनितिमा होमिएका छन् । विशेष गरी नेपाली समुदायहरु डेमोक्रेट पार्टिमा आवद्ध रहदै आएका छन् ।
टेक्ससमा पनि अमेरिकाको राजनितिमा लाग्ने नेपाली समुदायहरु बढीरहेका छन् ।
विशेष गरी डेमोक्रेट पार्टिमा आवद्ध भएका नेपालीहरुले टेक्ससमा हिमालयन डेमोक्रेट क्लब स्थापना गरि अमेरिकी राजनितिमा होमिएका छन् । हिमालयन डेमोक्रेट क्लब टेक्ससजे शनिवार युलेस स्थित गोरखा रेष्टुरेन्टमा अमेरिकाका लागी नेपाली राजदुत डा युवराज खतिवडा समक्ष एक अन्तक्रिया कार्यक्तम ग¥यो । टेक्ससको ड्यालस फोटवर्थ क्षेत्रमा डेमोक्रेट राजनिति र यसमा नेपालीहरु कसरी सहभागी भइरहेका छन् भन्ने बारेमा राजदुत खतिवडा सग अन्तक्रिया गरिएको थियो ।
कार्यक्रममा डेमोक्रेट राजनितिमा लागेका नेपाली अगुवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै राजदुत खतिवडाले आफु डेमोक्रेट पार्टिमा आवद्ध नभए पनि आफुले प्रजातन्त्रमा विश्वसा गर्ने बताए । उनले नेपाल र अमेरिका बीचको सम्बन्धको चर्चा गदै आफु अर्थमन्त्री हुदा समेत सम्बन्धलाई थप सुमत्रधुर बनाउने प्रयास गरेको बताए ।


कार्यक्रममा ट्यारेन्ट काउन्टी डेमोक्रेट पार्टिका अध्यक्ष डेब्रो पिपुल्सद्धारा टेरि मेजाले पठाएको पत्र राजदुत खतिवडालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा हिमालयन डेमोक्रेट पार्टि टेक्ससका संयोजक मोहन ज्ञवालीले डेमोक्रेट पार्टिमा किन र कसरी लागियो भन्ने बारेमा धारणा राखेका थिए ।
त्यसै गरी हिमालयन डेमोक्रेट क्लबकै प्राध्यापक प्रभात दिक्षितले पछिल्लो समय नेपाली समुदायहरु अमेरिकाको राजनितिमा होमिने क्रम बढदै गएको बताए । उनले आफु लगायत केही साथीहरु सन् २००८ देखि डेमोक्रेट पार्टिमा आवद्ध भएर यहा“को राजनितिमा होमिएको बताए ।
त्यसै गरी डेमोक्रेट पाटिकै  नेपाली अगुवा दिनेश शर्माले जाती लिंग र रंगका आधारमा कुनै भेदभाव नगर्ने पार्टिको सिद्धान्त अनुसार आफुहरु डेमोक्रेटमा लागेको बताए । आप्रवासीको सही आवाज बोल्ने पार्टि नै डेमोक्रृट हो’ शर्माले भने– यही भएर धेरै नेपाली मुलका अमेरिकनहरुले डेमोक्रेट पािर्टलाई अगाल्दै आएको प्रष्ट पारे ।
टेक्ससमा लामो समयदेखि राजेन्द्र बाग्ले, बेदराज बस्नेत, सुदिप अधिकारी लगायत डेमोक्रेट पार्टिको राजनितिमा होमिदै आएका छन् । पहिलो पटक टेक्ससमा डेमोक्रेट पार्टिको प्रतिनिधित्व गदै टिका पौडेलले युलेश सिटी काउन्सिल प्लेश–६ मा उम्मेदवार दिएका छन् ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected