अमेरिका– अमेरिकाको म्यासाच्युसेटसमा बसोबास गर्ने भारतीय मुलका एक परिवारले ठुलो इमान्दारिता देखाएका छन् । एक जना स्थानिय महिलाले भारतीय परिवारको स्टोरबाट एउटा लोटरी टिकट किनेकी थिइन । लोटरी टिकन उनले राम्रो संग नहेरी परेन भन्दै कच्याककुचक पारेर तेही स्टोर भित्र फालेर गएकी थिइन । त्यही लोटरी टिकटमा ति महिलालाई दस लाख डलर रहेछ । ति भारतीय परिवारले त्यसलाई फिर्ता गरेर इमान्दारिता देखाएका हुन ।
लि रोज फिएगा नाम की महिलाले लक्की स्टप नामको उक्त भारतीय पसलबाट सधै लोटरी टिकट किन्दै आएकी थिइन ।
न्युयोर्क पोष्टको रिपोर्ट अनुसार हतारमा फालेर गएको टिकट दस दिनसम्म स्टोरमै नपरेको टिकटहरुको खातमा रहेको थियो । स्टोर मालिकका छोरोको नजर उक्त टिकटमा पर्छ । एक टेलिभिजनमा उनले यसरी फेला परेको टिकटको नम्बर मिलेको पाए । रातारात लखपति भएको कल्पना स्टोर मालिकका छोरा अमित शाहले गरे । जब उनले यो कुरा परिवारलाई बताए । तव उनिहरुले नियमति आउने ग्राहक लि रोजको टिक भएको पत्ता लगाए । उक्त लोटरी टिकट भारतीय परिवारले उनलाई फिर्तादिए । यतिबेला अमेरिकामा इमाँदारिता देखाएको भन्दै भारतीय परिवारको प्रशंसा भएको छ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...