अमेरिका– अमेरिकाको ड्रग इन्फोर्समेन्ट एडमिनिस्टे«सन (डीइए) तथा सिआइए ले अन्डरबल्र्ड भगौडे डन दाउद इब्राहिमको ठेगानाको बारेमा लाहोरका सुन कारोबारी मुहमद आसिफ हाफिज संग पुछताछ गरेको थियो । दाउदलाई सयुक्त राष्ट्र संघले समेत आंतकवादी घोषित गरिसकेको छ ।
दाउदका वकीले बेलायतको हाइकोर्टमा पेश गरेको दस्तावेजका आधारमा डीइए तथा सिआइएका एजेन्ड २०१४ देखि २०१७ को बीचमा लाहोरका सुन कारोबारी हाफिज संग दुबईमा भेटेका थिए । उक्त दौरान दाउद इब्राहिम उनले १९९३ मा भएको मुक्बईमा गराएको बम धमाका, तालिबान तथा दाउदको तत्कालिन ठेगानाको बारेमा समेत सोधपुक्ष गरेको थियो ।
द न्युज इन्टनेशनलका अनुसार अमेरिकी एजेन्टले दाउद इब्राहिमको बारेमा पत्ता लगाउन पाकिस्तानी सुन कारोबारीको मदत लिइएको थियो । अमेरिकी एजेन्टको सवालको जवाफमा हाफिजले दाउदलाई तालिवान र अफगानिस्तानको बारेमा केही जानकारी नभएको बताएका थिए । हाफिजले दाउदसंग चिनजान भएको स्वीकार गरेका छन् । उनले कुनै समय आफु र दाउद दुबैले दुबईमा बसेर सुनको कारोबार गरेको समेत बताएका छन । दाउदले दुबई छाडेपछि उनिहरु दुबैको अहिले कुनै सम्पर्क छैन ।
अदालतमा भेटिएको दस्तावेजमा हाफिजले अमेरिकी एजेन्टलाई बताए अनुसार दुबईमा रहदा दाउदले बलिउडका अधिकांश कार्यक्रम समेत आयोजना गर्थे ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected